काठमाडौं- सोमबार नेपाली बजारमा छापावाल सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले बढेको छ।
आइतबार ९० हजार ३ सय रुपैयाँ प्रतितोलमा कारोबार भएको सुनको मूल्य सोमबारका लागि ९० हजार ६ सय रुपैयाँ कायम भएको छ।
त्यस्तै चाँदीको मूल्य समेत केही बढेको छ। सोमबार चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँ बढेको हो।
आइतबार प्रतितोला ११ सय ९५ रुपैयाँमा कारोबार भएको चाँदी सोमबारका लागि १२ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।