शुक्रबार, असोज ४ गते २०८१    
images
images

४ दकशपछि सिंहदरबार गुरुयोजना परिमार्जन हुँदै

images
बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, भदौ २८ २०७८
images
images
४ दकशपछि सिंहदरबार गुरुयोजना परिमार्जन हुँदै

सरकारले ४ दशक अगाडि बनाएको सिंहदरबारको गुरुयोजना परिमार्जन गर्न खाजेको छ। गुरुयोजना निर्माणको विषयमा अहिले सहरी विकास मन्त्रालयले विभिन्न सरोकारवाला निकायसँगको छलफल गरिरहेको छ।

images
images

काठमाडौं- सरकारले ४ दशक अगाडि बनाएको सिंहदरबारको गुरुयोजना परिमार्जन गर्न खाजेको छ। गुरुयोजना निर्माणको विषयमा अहिले सहरी विकास मन्त्रालयले विभिन्न सरोकारवाला निकायसँगको छलफल गरिरहेको छ।

images
images
images

सिंहदबारको गुरुयोजना २०३७ सालमा तय भएको  थियो। तर, पुरानो गुरुयोजना अनुसार काम भएको थिएन।

अहिले सिंहदरबार भित्रको क्षेत्रलाई बढीभन्दा बढी प्रयोगमा ल्याउने गरी गुरुयोजनाको विषयमा छलफल भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता कृष्ण बहादुर राउत बताउँछन्। ‘गुरुयोजना अन्तिम चरणमा पुगेको छ,’ उनले भने, ‘ यसविषयमा शहरी विकास मन्त्रालयले तयारी गरिरहेको छ।’

मन्त्रालयले अहिले सम्रग गुरुयोजना विषयमा काम गरिरहेको छ। गुरुयोजनाभित्र सिंहदरबार भित्रको पुरातात्विक भवन तथा ओपन स्पेशको विषय पनि जोडिएको उनको भनाइ छ।

images

अहिले सबै मन्त्रालय सिंहदरबार भित्रै राख्ने गरी गुरुयोजवना बनाइएको छ। साथै गुरुयोजनामा सिंहदबार भित्र बढ्दो सवारी पार्किङलाई व्यवस्थित गर्न पार्किङ निर्माणदेखि पार्कसमेत बनाउने गरी काम अगाडि बढाइएको छ।

देशको प्रशासनिक केन्द्रमा आम जनतालाई समेत प्रवेश गराइ कुनै एक निश्चित ठाउँबाट अवलोकन गर्न दिने गरी गुरुयोजना बनाइएको छ। साथै सिंहदबार भित्र बन्दै गरेको संसद भवन, सर्वोच्च अदालत प्रवेशको व्यवस्था कसरी र कुन ठाउँबाट नगर्ने भन्ने विषय पनि गुरुयोनामा उल्लेख छ।

अहिले गुरुयोजना अनुसार काम गर्न सरोकारवाला निकायसँग पनि छलफल भइरहेको छ। तर, लगानीको विषयमा भने खुलाइएको छैन्।

सुरक्षाको हिसाबले बाहिर भन्दै गरेको भवनको विषयमा गुरुयोजनामा समावेश भएको छ।


प्रकाशित : सोमबार, भदौ २८ २०७८०५:४१
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend