मंगलबार, असार २३ गते २०८३    
मंगलबार, असार २३ २०८३

'क्यापिटल चार्ज' लाग्ने त्रासमा बैंकहरूले बढाउन सकेनन् कर्जा लगानी, धमाधम तरलता खिच्दै राष्ट्र बैंक

बुधबार, फागुन २१ २०८१
'क्यापिटल चार्ज' लाग्ने त्रासमा बैंकहरूले बढाउन सकेनन् कर्जा लगानी, धमाधम तरलता खिच्दै राष्ट्र बैंक

काठमाडौं- पुँजीकोषमा परेको दबाबका कारण क्यापिटल चार्ज लाग्ने भन्दै बैंकहरू यतिबेला कर्जा लगानीभन्दा पनि रिकभरीतिर लागेका छन्। खराब कर्जा बढेपछि बैंकहरूको सञ्चित घाटा बढेको छ।

सञ्चित घाटा बढेकाले बैंकहरूको प्राथमिक पुँजीकोष दबाबमा छ। अधिकांश बैंकहरूको खराब कर्जा ५ प्रतिशतनजिक पुगेको छ भने केही बैंकहरूको खराब कर्जा ७ प्रतिशतनजिक पुगेको छ।

कतिपय बैंकहरूको प्राथमिक पुँजीकोष राष्ट्र बैंकले तोकेको ८.५ प्रतिशतभन्दा तल आएको छ। पुँजीकोष राष्ट्र बैंकले तोकेको सीमाभन्दा तल आएमा लाभांश वितरणमा रोक्न लाग्नुका साथै कर्जा असुलीमा जोड दिनुपर्ने हुन्छ। 

अधिकांश बैंकहरूको कर्जा निक्षेप अनुपात (सीडी) सहज भएपनि पुँजीकोषमा परेको दबाबका कारण कर्जा प्रवाहभन्दा असुलीमा बैंकहरूले जोड दिइरहेका छन्।

निक्षेप तथा कर्जाको ब्याजदर घटेर न्यूनबिन्दुमा आएको र प्रणालीमा अधिक लगानीयोग्य रकम भएको समयमा समेत बैंकहरूको खराब कर्जामा वृद्धि र पुँजीकोषमा परेको दबाबका कारण कर्जा प्रवाहभन्दा पनि असुलीमा बढाउन बैंकहरू बाध्य भएका हुन्।

बैंकहरूले कर्जा लगानी बढाउन नसकेपछि राष्ट्र बैंकले प्रणालीबाट धमाधम तरलता खिचिरहेको छ। आज (बुधबार) पनि राष्ट्र बैंकले प्रणालीबाट ५० अर्ब रुपैयाँ २१ दिनका लागि खिच्नका लागि बोलपत्र आह्वान गरेको छ।

निक्षेप संकलन उपकरण र स्थायी निक्षेप सुविधामा गरि करिब २ खर्ब ३३ अर्ब रुपैयाँ बैंकहरूको तरलता राष्ट्र बैंकमा रहेको छ। यस्तै कर्जा निक्षेप अनुपातका आधारमा बैंकहरूसँग करिब ७ खर्ब ५ अर्ब रुपैयाँ लगानीयोग्य रकम रहेको छ।

बैंकहरूको औषत कर्जा निक्षेप अनुपात ७९.५३ प्रतिशत छ। यस अवधिमा बैंकहरूले ६७ खर्ब ३५ अर्ब रुपैयाँ निक्षेप संकलन गरेर ५४ खर्ब ४५ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन्। 

मौद्रिक कुप्रबन्धले बिग्रिएको बैंकिङ चक्र, अधिक तरलता र न्यून ब्याजदर भएपनि असुलीकै चटारो मौद्रिक कुप्रबन्धले बिग्रिएको बैंकिङ चक्र, अधिक तरलता र न्यून ब्याजदर भएपनि असुलीकै चटारो सीडी सहज भएपनि पुँजीकोषले कर्जामा अवरोध सृजना गर्दै, सरकारी बैंकसमेत 'क्यापिटल चार्ज' लाग्ने भन्दै त्रसित सीडी सहज भएपनि पुँजीकोषले कर्जामा अवरोध सृजना गर्दै, सरकारी बैंकसमेत 'क्यापिटल चार्ज' लाग्ने भन्दै त्रसित


प्रकाशित : बुधबार, फागुन २१ २०८११२:२१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend