शुक्रबार, जेठ २९ गते २०८३    
शुक्रबार, जेठ २९ २०८३

परिसंघमा उद्योग, बैंक तथा वित्तीय संस्था समिति र रोजगारदाता परिषद गठन

बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, भदौ २७ २०७८
परिसंघमा उद्योग, बैंक तथा वित्तीय संस्था समिति र रोजगारदाता परिषद गठन

नेपाल उद्योग परिसंघमा उद्योग समिति, बैंक तथा वित्तीय संस्था समिति र रोजगादाता समिति गठन भएको छ।

काठमाडौं- नेपाल उद्योग परिसंघमा उद्योग समिति, बैंक तथा वित्तीय संस्था समिति र रोजगादाता समिति गठन भएको छ।

परिसंघका राष्ट्रिय परिषद समिति सदस्य गोकुल भण्डारीको अध्यक्षतामा उद्योग समिति गठन भएको छ। समितिको कोअर्डिनेटिङ उपाध्यक्षमा कृष्णप्रसाद अधिकारी छन्।

समितिको सह-अध्यक्षमा शरदकुमार तिवडेवाला छन्। यस्तै सदस्यमा अमिरप्रताप राणा, आयुषी केसी, अमितकुमार बेगानी, अमितकुमार मोर, अमुल श्रेष्ठ, गौरव गोयल, राहुलकुमार अग्रवाल, राजीवकुमार गुप्ता, रोहित लोहिया, शिलशिला आचार्य, सुरजभक्त पौडेल, ताराप्रसाद पौडेल, तेन्जिङ जोपा लामा, वरुणकुमार तोदी र विजय दुगड छन्।  

समितिले औद्योगिक वातावरण तयार गर्न सरोकारवालासँग सहकार्य गर्नेछ।

यस्तै परिसंघका राष्ट्रिय परिषद सदस्य अनलाज भट्टराईको सभापतित्वमा बैंक तथा वित्तीय संस्था समिति गठन भएको छ। समितिको कोअर्डिनेटिङ उपाध्यक्ष रोहित गुप्ता रहेका छन्।

परिषदका सदस्यहरूमा अमित मोर, अर्पित अग्रवाल, आशिष अग्रवाल, अशोक शेरचन, वर्षा श्रेष्ठ, भेषराज दवाडी, विनोद आत्रेय, गुरु न्यौपाने, मनिष खेमका, निकोलश पाण्डे, सौरभ दुगड, दिवस न्यौपाने, अनिल शर्मा, आनन्द शर्मा वाग्ले र हिमांशु गोल्छा छन्।

समितिले बैंकिङ क्षेत्र र लगानीकर्ताबीच सम्बन्ध विस्तार गर्ने काम गर्नेछ।

परिसंघका राष्ट्रिय षरिषद सदस्य अमित बेगानीको अध्यक्षतामा रोजगारदाता परिषद गठन भएको छ। परिषदको कोअर्डिनेटिङ उपाध्यक्षमा उपाध्यक्ष राजेशकुमार अग्रवाल छन्।

परिसंघको सदस्यहरूमा अजयराज जोशी, अमित मोर, अर्पित अग्रवाल, मनिष खेमका, राहुल अग्रवाल र रतनलाल केडिया रहनु भएको छ। यसैगरी परिसंघका कानुनी सल्लाहकार शैलनाथ गौतम समितिको आमन्त्रित सदस्य रहेका छन्।

परिषदले श्रम सम्बन्ध सुधारका लागि नेपाल सरकार र सरोकारवालासँग सहकार्यमा काम गर्नेछ।


प्रकाशित : आइतबार, भदौ २७ २०७८१२:५६
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend