शनिबार, मंसिर ८ गते २०८१    
images
images

१०५.५५ अंकले बढेको सेयर बजारमा यी हुन् सर्किट लाग्ने ५ कम्पनी

images
आइतबार, माघ १६ २०७८
images
images
१०५.५५ अंकले बढेको सेयर बजारमा यी हुन् सर्किट लाग्ने ५ कम्पनी
images
images

काठमाडौं- धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आइतबार एकैदिन १०५.५५ अंकले बढेर ८८५.५३ बिन्दुमा पुग्दा पाँच कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ। 

images
images
images

नेप्सेका अनुसार आइतबार विभिन्न पाँच कम्पनीको सेयर मूल्यमा १० प्रतिशतको वृद्धि भएपछि सकारात्मक सर्किट लागेको हो। त्यसमा विन नेपाल लघुवित्त, लिवर्टी इनर्जी, शिव श्री हाइड्रोपावर, नेपाल पूर्वाधार बैंक, बुद्धभूमि नेपाल हाइड्रोपावर रहेका छन्। 

images

यस्तै अरुण भ्याली हाइड्रोपावर ९.०२, हिमालयन ऊर्जा विकास कम्पनीका लगानीकर्ताले ८.८५ प्रतिशतले कमाए। जसमा १ सय ९० कम्पनीको सेयर मूल्य बढेको छ भने एक कम्पनीको मूल्य घटेको छ। 

images

त्यस्तै मञ्जुश्री फाइनान्सको ऋणपत्र ३.२३, एनआइसी एशिया सेलेक्ट फण्ड २.२३, मेगा म्युचुअल फण्ड एक १.९३, सानिमा लार्ज क्याप फण्ड १.९० र एनआइबिएल समृद्धि फण्ड दोस्रोका लगानीकर्ताले १.३६ प्रतिशतले गुमाएका छन्। 

ठूला कम्पनीको सेयर कारोबारमापन गर्ने सेन्सेटिभ परिसूचक १९.८१ अंकले बढेर ५३८.५३ मा पुगेको छ। नेप्सेमा उच्च अंकको वृद्धि भए पनि कारोबार रकम खासै वृद्धि भएको छैन। कूल २३१ कम्पनीको एक करोड २१ लाख ५५ हजार ४३२ कित्ता सेयर ६ अर्ब ३२ करोड ४२ लाख ७४ हजार ३९ हजार मूल्यमा कारोबार भएको छ।

नेप्सेका अनुसार कारोबार भएका १३ वटै उपसमूहको सेयर उकालो लागेको छ। बैंकिङ ४६.९९, व्यापार १४६.३३, होटल तथा पर्यटन १४१.४८, विकास बैंक ३१८.२२, जलविद्युत् १८२.९, वित्त १५२, निर्जीवन बीमा ४३१.६१, उत्पादन १९७.७५, अन्य ८३.६९, लघुवित्त १७३.४६, जीवन बीमा ५४८.०६, सामूहिक लगानी कोष ०.२८ र लगानी ५.६९ अंकले उकालो लागेको छ।

आजको कारोबारपछि बजार पूँजीकरण ४० खर्ब ७७ अर्ब ७९ करोड ४६ लाख ५३ हजार ६ सय रूपैयाँ बराबर पुगेको छ। कारोबारका आधारमा अपि पावर कम्पनी शीर्ष स्थानमा रहेको छ। अपीको २६ करोड १५ लाख ६१ हजार १ सय ३४ रूपैयाँ बराबरको कारोबार भयो।

यस्तै दूरसञ्चार कम्पनी २३ करोड ६२ लाख ९ हजार ३ सय ८, एचआइडिसिएल २३ करोड ३ लाख ९८ हजार ३ सय ७६, अरुण भ्याली हाइड्रोपावर २१ करोड ९६ लाख ३६ हजार ५ सय १ र माथिल्लो तामाकोशी १४ करोड ११ लाख ७० हजार ३ सय ४१ रूपैयाँ बराबरको कारोबार भइ शीर्ष पाँच भित्र पर्न सफल भए।

चुनावी सहमति बन्ने देखिँदा सेयर बजारमा उत्साह, एकैदिन १०५ अंकले बढ्दा उच्च बिन्दुमा पुग्ने संकेत

के चुनाव घोषणा हुँदैमा सेयर बढ्छ?


प्रकाशित : आइतबार, माघ १६ २०७८११:२६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend