शनिबार, मंसिर ८ गते २०८१    
images
images

चुनावी सहमति बन्ने देखिँदा सेयर बजारमा उत्साह, एकैदिन १०५ अंकले बढ्दा उच्च बिन्दुमा पुग्ने संकेत

images
आइतबार, माघ १६ २०७८
images
images
चुनावी सहमति बन्ने देखिँदा सेयर बजारमा उत्साह, एकैदिन १०५ अंकले बढ्दा उच्च बिन्दुमा पुग्ने संकेत
images
images

काठमाडौं- चुनावका लागि सहमति बन्ने देखिँदा त्यसको प्रत्यक्ष प्रभाव सेयर बजारमा देखिएको छ। गएको साता १५१.३२ अंकले घटेको बजारमा यो साता आइतबार नै १०५.५५ अंकको वृद्धि भएको छ। 

images
images
images

आइतबार सेयर बजार १०५.५५अंकले बढेर २८८५.५३ बिन्दुमा पुगेको हो। आइतबार ६ अर्ब ३२ करोड रूपैयाँको कारोबार भएको छ। जसमा १ सय ९० कम्पनीको सेयर मूल्य बढेको छ भने एक कम्पनीको मूल्य घटेको छ। 

images

सत्तारुढ गठबन्धनमा रहेका दलहरू जेठ मसान्तभित्र स्थानीय तहको चुनाव गर्न तयार भएसँगै त्यसको प्रभाव सेयर बजारमा समेत देखिएको हो। शनिबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनका शीर्ष नेताहरूको बैठकले जेठभित्रमा स्थानीय तहको चुनाव गर्न सरकारलाई सुझाव दिने निर्णय गरेको थियो। त्यसअघि राष्ट्रपति विद्यादेवी भण्डारीले समेत प्रधानमन्त्री शेरबहादुर देउवालाई चुनाव नसार्न लिखित रुपमा नै आग्रह गरेकी थिइन्।  

images

चुनावी घोषणा कुरेर पर्ख र हेरको अवस्थामा रहेका लगानीकर्ता अब ढुक्क हुने वातावरण बनेको आइतबारको सेयर बजारले देखाएको विश्लेषकहरू बताउँछन्। अपवादबाहेक सेयर बजार चुनावका कारण बढ्दै आएको तथ्यांकले देखाउँछ। विश्लेषकहरू चुनावमा धेरै पैसा खर्च हुने र बजारमा पैसा आउने भएकोले सेयरमा लगानी बढ्ने गरेको बताउँछन्।

यसअघि पुस ५ गतेदेखि यता ५६२ अंकले बढेको बजारमा गएको साता आइतबारदेखि बिहीबारसम्मको कारोबारमा १५१.३२ अंकले गिरावट आएको थियो। साथै त्यसअघिको साता १ खर्ब ५ अर्ब ४१ करोड रूपैयाँले बढेको लगानीकर्ताको सम्पति गएको साता भने २ खर्ब १३ अर्ब ९० करोड रूपैयाँले गिरावट आएको थियो। यो साता आइतबारको बजारले भने सकारात्मक संकेत गरेको छ। 

विश्लेषक छोटेलाल रौनियारसमेत चुनावले सधैँजसो सेयर बजारमा उत्साह ल्याउने गरेको बताउँछन्। 'चुनावमा सरकारी र अनौपचरिक खर्च पनि धेरै हुने भएकोले बैंकमा तरलता अभावसमेत नहुने हुँदा लगानी बढ्ने गरेको देखिन्छ' उनले भने। 

गएको साता बजारमा गिरावट आइरहँदा पनि विश्लेषकहरूले मौसमी परिवर्तन देखिएको र बजार घट्ने ठाउँ नरहेको बताइरहेका थिए। आइतबार देखिएको वृद्धिले समेत सेयर बजारमा अहिले सबै सूचकहरू राम्रो हुँदै गएकोले २२ अर्ब कारोबार र ३२०० अंकलाई उछिनेर माथि जाने देखिएको विश्लेषक बताउँछन्। 

यो पनि- के चुनाव घोषणा हुँदैमा सेयर बजार बढ्छ?


प्रकाशित : आइतबार, माघ १६ २०७८०९:१९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend