शुक्रबार, जेठ ४ गते २०८१    
images
images

नेपालमा अब अटोमोबाइल उद्योगहरूको उदय हुन्छ : नाडा 

images
बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, भदौ २७ २०७८
images
images
नेपालमा अब अटोमोबाइल उद्योगहरूको उदय हुन्छ : नाडा 

सरकारले नेपालमै सवारी एसेम्बल गर्ने उद्योगहरुलाई दिएको थप अन्तःशुल्क छुटलाई नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले स्वागत गरेको छ।

images
images

काठमाडौं- सरकारले नेपालमै सवारी एसेम्बल गर्ने उद्योगहरुलाई दिएको थप अन्तःशुल्क छुटलाई नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले स्वागत गरेको छ।

images
images
images

नेपालमा सवारीसाधन उत्पदान गर्ने उद्योगले अनएसेम्बल अवस्थाका शीर्षक ८७.०२  ८७.०३ र ८७.११ मा पर्ने सवारीसाधन पैठारी गर्दा लाग्ने अन्तःशुल्क र त्यस्ता उद्योगले उत्पादन गरेको तयारी साधन विक्री गर्दा लाग्ने अन्तशुल्क महशुलमा ५० प्रतिशत छुट दिने स्पष्ट व्यवस्था गरिएकोमा नाडाले स्वागत गरेको हो

images

सो निर्णय नेपालमा सवारीसाधन एसेम्बलिङ उद्योग स्थापनाका लागि कोशेढुंगा सावित हुने अपेक्षा समेत नाडाले राखेको छ। 

images
images

नाडाले एक दशक अघिदेखि नै आफ्ना बजेट सम्बन्धी सुझावहरुमार्फत निरन्तर सरकारलाई नेपालमा सवारीसाधन उत्पादन गर्ने एसेम्बल उद्योग स्थापनाका लागि अन्तःशुल्क र भन्सार महशुल दुवैमा ५० प्रतिशत छुट दिन आग्रह गर्दै आएको थियो। 

images
images

वर्तमान सरकारका अर्थमन्त्री जनार्दन शर्माले ल्याएको प्रतिस्थापन बजेट मार्फत एसेम्बलगरी नेपालमा सवारीसाधन उत्पदान गर्ने उद्योगले अनएसेम्बल अवस्थाका शीर्षक ८७.०२  ८७.०३ र ८७.११ मा पर्ने सवारी साधन पैठारी गर्दा लाग्ने अन्तःशुल्क र त्यस्ता उद्योगले उत्पादन गरेको तयारी साधन विक्री गर्दा लाग्ने अन्तःशुल्क महशुलमा ५० प्रतिशत छुट दिने स्पष्ट व्यवस्था भएकोमा नाडाले स्वागत गरेको हो। 

तर त्यस्ता सवारीसाधनहररु उत्पादन गर्ने एसेम्बलिङ उद्योग सञ्चालन गर्नका लागि त्यससँग सम्बन्धित ऐन र नीति नियमहरुको स्थिरता पनि त्यतिकै महत्वपूर्ण हुने सन्दर्भमा सरकार परिवर्तन हुदैमा त्यस्ता उद्यागहरुलाई कुनै असर पर्न नहुने नाडाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। 

कोरोना महामारीको समयमा सार्वजनिक प्रयोजनका सवारी साधनहरु प्रायः प्रयोग नहुने सन्दर्भमा मोटरसाइकल जस्ता निजी सवारीसाधनहरुले आवश्यक उपभोग्य वस्तुहरु समेतको ओसार पसार गर्नु पर्ने अवस्थामा मोटरसाइकलको प्रयोगमा अत्यधिक वृद्धि भएको छ। 

सरकारले यसलाई अझै थप प्रोत्साहन गर्नु पर्ने नाडाको भनाइ छ। तर वर्तमान बजेटले मोटरसाइकलको सेगमेन्टमा परिवर्तन गर्दे सडक निर्माण दस्तुर र अन्तःशुल्क महशुल दुवैमा वृद्धि गरेको छ। 

मोटरसाइकलको सेगमेन्टमा भइरहने परिवर्तनले मोटरसाइकल प्रयोगकर्तालाई थप आर्थिक भार मात्र पर्ने नभई अलमलमा समेत पर्ने देखिएकोले सरकारले गत वर्ष कायम गरेको सेगमेन्टलाई नै निरन्तरता दिने व्यवस्थाका लागि नाडाले सरकारसँग अग्रह गरेको छ। 


प्रकाशित : आइतबार, भदौ २७ २०७८१२:३७
  • सम्बन्धित विषय:

  • # नाडा
  • # एसेम्बल उद्याेग
  • # अटाेमाेबाइल
  • प्रतिक्रिया दिनुहोस
    कार्यकारी सम्पादक

    केदार दाहाल

    सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

    २८३८/०७८-७९

    © 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend