बुधबार, माघ २३ गते २०८१    
बुधबार, माघ २३ २०८१
images
images

बहुमत पुर्‍याउन कुलमानले निमित्त निर्देशकलाई बनाए माथिल्लो तामाकोशी हाइड्रोपावरको सञ्चालक

images
बुधबार, माघ २३ २०८१
images
images
बहुमत पुर्‍याउन कुलमानले निमित्त निर्देशकलाई बनाए माथिल्लो तामाकोशी हाइड्रोपावरको सञ्चालक
images
images

काठमाडौं- नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले माथिल्लो तामाकोशी हाइड्रोपावर लिमिटेडमा आफूखुसी निमित्त निर्देशकलाई सञ्चालक समितिमा नियुक्त गरेका छन्।

images
images
images

यसअघि रामजी भण्डारी साथै प्राधिकरणका लोकहरि लुइँटेल अनिवार्य अवकाशमा गएपछि उनीहरूको ठाउँमा १२ औँ तहसमेत नभएका निमित्त निर्देशक मोतिलाल महतरा र राजनऋषी कँडेललाई नियुक्त गरेर आज बुधबारका लागि घिसिङले बैठक बोलाएका छन्। 

images
images

घिसिङले सदस्य नियुक्तिको प्रक्रियासमेत पूरा नगरी आजै बोर्ड बैठकमा दुईजना उपस्थित हुने जानकारी गराएको ऊर्जा मन्त्रालय स्रोतले जानकारी दिएको छ।

images
images
images

गत माघ ८ गते बोलाएको बैठकमा बहुमत नपुगेपछि बैठक स्थगित भएको थियो। सोही कारण घिसिङले आज निमित्त निर्देशकलाई सञ्चालकमा नियुक्त गरेका हुन्। जब कि १२ औँ तहका निर्देशकलाई मात्रै सञ्चालकमा नियुक्त गर्ने व्यवस्था छ। प्राधिकरणको आर्थिक विनियमावलीमा १२ औँ तहबाहेकलाई आर्थिक निर्णय गर्ने अधिकार छैन।

सरकारले स्पष्टीकरण सोधेपछि नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले गत माघ ८ गते हतारहतार माथिल्लो तामाकोशी हाइड्रोपावर लिमिटेडको बैठक बोलाए पनि बहुमत सदस्यले बहिस्कार गरेपछि स्थगित भएको थियो।

कम्पनीका अध्यक्ष रहेका घिसिङले बाढीका कारण बिग्रिएपछि मर्मत गरिएको माथिल्लो तामाकोशीमा भुक्तानीसहितका एजेन्डा राखेर आज पुनः बैठक बोलाएका छन्।

सरकारले यसअघि नै एक साता अवधि तोकेर घिसिङलाई स्पष्टीकरण सोधेको थियो। घिसिङले ऊर्जा मन्त्रालयले आफूलाई हटाउन नमिल्ने भन्दै गोलमटोल जवाफ दिएका थिए। मन्त्रालयले स्पष्टीकरणको अध्ययन जारी राखेको बेला घिसिङले बैठक राखेको भन्दै यसअघि बहुमत सदस्यले बहिष्कार गरेका थिए। यसअघि गएको मंसिर १७ गते बैठक बसेको थियो। त्यसयता बैठक बस्न सकेको छैन।

तामाकोशीमा बाढीपछि गरिएको मर्मतमा बिनाटेन्डर करोडौँ खर्च गरिएको छ। सोही खरिद बिक्री र भुक्तानीका निर्णय गराउन आज बैठक बोलाइएको छ। जनताको लगानी भएको कम्पनीमा मनपरी खर्च गरिएको आरोप लाग्दै आएको छ।

तामाकोशीको अध्यक्षमा घिसिङ छन् भने सदस्यहरूमा नेपाल टेलिकमकी प्रबन्ध निर्देशक संगिता पहाडी, कर्मचारी सञ्चय कोषबाट दर्शन भट्टराई, नेपाल विद्युत प्राधिकरणकै मदन तिमिल्सिना रहेका छन्। त्यस्तै सृजना सुवेदी, राजन श्रेष्ठ, हरिप्रसाद भुर्तेल र दीपक कार्की पनि सञ्चालक सदस्य रहेका छन्। हेमन्त पोखरेल र भोलानाथ घिमिरे पनि नागरिक लगानीकोष र बीमा संस्थानबाट सदस्य रहेका छन्।

कुलमानले बोलाएको माथिल्लो तामाकोशी हाइड्रोपावरको बैठक बहुमत सञ्चालकद्वारा बहिष्कार कुलमानले बोलाएको माथिल्लो तामाकोशी हाइड्रोपावरको बैठक बहुमत सञ्चालकद्वारा बहिष्कार

माथिल्लो तामाकोशीको सयौँ रोपनी जग्गा कुलमानले तामाकोशी पाँचौँ आयोजनालाई एकलौटी दिए माथिल्लो तामाकोशीको सयौँ रोपनी जग्गा कुलमानले तामाकोशी पाँचौँ आयोजनालाई एकलौटी दिए माथिल्लो तामाकोशीमा सञ्चालक समितिको अनुमतिबिनै सिनो हाइड्रोलाई ६ अर्ब रूपैयाँ भुक्तानी गरिएको खुलासा माथिल्लो तामाकोशीमा सञ्चालक समितिको अनुमतिबिनै सिनो हाइड्रोलाई ६ अर्ब रूपैयाँ भुक्तानी गरिएको खुलासा माथिल्लो तामाकोशीको बिजुली निजीमा भन्दा आधा सस्तो मूल्यमा किन्दै प्राधिकरण, वर्षौँदेखि पीपीए पुनरावलोकन रोक्दै कुलमान माथिल्लो तामाकोशीको बिजुली निजीमा भन्दा आधा सस्तो मूल्यमा किन्दै प्राधिकरण, वर्षौँदेखि पीपीए पुनरावलोकन रोक्दै कुलमान


प्रकाशित : बुधबार, माघ २३ २०८१११:०८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend