मंगलबार, माघ २९ गते २०८१    
मंगलबार, माघ २९ २०८१
images
images

बम्पर कुच्चिएको बीवाईडी एटो थ्रीको ५० लाख मर्मत खर्च : बीमाबाट कमाउने दाउ कि ‘बिउल्ड क्लालिटी’मा प्रश्न?

७ प्राविधिकको एकै स्वर - यो असम्भव छ, बीवाईडीको यो हरकतले ईभी विरोधी माहोल बन्छ

images
मंगलबार, माघ २२ २०८१
images
images
बम्पर कुच्चिएको बीवाईडी एटो थ्रीको ५० लाख मर्मत खर्च : बीमाबाट कमाउने दाउ कि ‘बिउल्ड क्लालिटी’मा प्रश्न?

सामान्य ठोक्किएको गाडीमा यति ठूलो मर्मत खर्च लाग्ने आधिकारिक सर्भिस सेन्टरले नै कोटेसन दिँदा विद्युतीय कारको मर्मत र स्पेयर पार्टस महँगो हुने सन्देश जाने र यसप्रति उपभोक्तामा नकारात्मक भाव पैदा हुने उनीहरुको भनाइ छ।

images
images

काठमाडौं- सामान्यत: जोकोहीले हेर्दा सहजै देखिन्छ, दुर्घटनामा परेको बीवाईडी एटो थ्रीको मर्मत खर्च सामान्य नै आउनु पर्ने हो। ठोक्किएको एटो थ्रीको तस्बिर हेर्दा पनि प्रष्टरुपमा देखिन्छ गाडीको पछाडिको भागको बम्पर अलिक बढी कुच्चिएको छ भने अन्य भागमा सामान्य ठोक्किएको छ।  

images
images
images

गाडी दुर्घटनामा परेपछि त्यसको मर्मत खर्च सर्भिसका इन्जिनियरको रोहबरमा त्यसमा पुगेको क्षतिका आधारमा तय गरिन्छ। दुर्घटनामा परेको गाडीको बीमा गरिएको छ भने त्यसमा बीमा कम्पनीका प्रतिनिधि पनि हुन्छन्। 

images
images

ठूलै दुर्घटनामा परेको गाडीको मर्मत खर्च धेरै आउनु स्वभाविक हो। तर सामान्य ठोक्किएको गाडीको मर्मत खर्च नयाँ गाडीको मूल्य बराबर नै आउनु वा त्यस्तो देखाइनु गम्भीर विषय हो। त्यसमा पनि नयाँ सेगमेन्टका रुपमा उदाएको विद्युतीय कार र अझै संसारको सबैभन्दा धेरै विद्युतीय कार बिक्री गरेको दाबी गरिरहेको बीवाईडीमा यस्तो हुनु अनौठो हो। 

images
images
images

सामान्यरुपमा ठोक्किएको बीवाईडी एटो थ्रीको मर्मत खर्च ५० लाख ५८ हजार रुपैयाँभन्दा बढी लाग्नेगरी बीवाईडीको आधिकारिक सर्भिस सेन्टरले कोटेसन दिएको छ। बीवाईडीको विद्युतीय कार मर्मतमा आधिकारिक बिक्रेता र सर्भिस सेन्टरले मिलेर चर्को शुल्क असुल गर्ने धेयले सामान्य दुर्घटनामा परेको बीवाईडीको एटो थ्रीको मर्मत लागत ५० लाख ५८ हजार ८ सय २३ रुपैयाँ १० पैसा लगाइएको छ। 

acci byd.jpg
                   दुर्घटनामा परेको गाडी।

दुर्घटनामा परेको बागमती प्रदेश ०१-०३० च ०८४२ नम्बरमा दर्ता भएको बीवाईडी एटो थ्री सामान्य मर्मत गर्दा हुने देखिन्छ। प्रविधिक रुपमै पनि उक्त एटो थ्री बाउन धेरै रकम नलाग्ने मेकानिकल इन्जिनियरहरू बताउँछन्। 

विरागनटरमा गएको असोज ४ गते शुक्रबार दुर्घटनामा परेको बीवाईडी एटो थ्रीको मर्मत खर्चको कोटेसन दिइएको थियो। उक्त कोटेसनमा भ्याटसहित ५० लाख ५८ हजार ८ सय २३ रुपैयाँ १० पैसा मर्मत शुल्क बीवाईडीको आधिकारिक सर्भिस सेन्टर सुपेरियर मोटर्सले बनाएको हो। 

byd bill.jpg
दुर्घटनामा परेको गाडीको रातको समयमा लिइएको तस्बिर।

यसबारेमा बिजनेस न्युजले मेकानिकल इन्जिनियर र विद्युतीय सवारी मर्मत गर्ने सर्भिस सेन्टरका प्रमुखसहित ७ जनासँग सामान्य ठोक्किएको बीवाईडी एटो थ्रीको तस्बिर देखाएर यसको सम्भावित मर्मत खर्च तथा फेर्नुपर्ने पार्ट्सका बारेमा स्वतन्त्र राय लिएको थियो। त्यसपछि उनीहरूलाई बीवाईडीको आधिकारिक सर्भिस सेन्टरले दिएको कोटेसन देखाउँदा सबै चकित परे। उक्त कोटेसनमा विश्वास नै गर्न नसकिएको बताए। 

‘सामान्य बम्पर कुच्चिएको देखिन्छ। अलि ठूलो दुर्घटनामा परेको भए सो गाडीमा पक्कै धेरै इम्प्याक्ट देखिन्थ्यो,’ एक इन्जिनियरले भने, ‘सरसरती हेर्दा नै देखिन्छ कि त्यो गाडी सामान्य दुर्घटनामा परेकाले सामान्य खर्चमै मर्मत हुनुपर्छ। त्यसमाथि हाइभोल्टेज ब्याट्री सिस्टम नै फेर्नुपर्छ भनेर कोटेसन आउनु अचम्ममात्र होइन अकल्पनीय कुरा हो।’

सामान्य ठोक्किएको बीवाईडी एटो थ्रीको मर्मतमा नयाँ गाडी नै आउने मूल्य देखाउनुमा बीमा कम्पनी, गाडी धनी, सर्भिस सेन्टर र आधिकारिक बिक्रेता कम्पनीको फट्याइँबाहेक अर्को कुरा हुन नसक्ने ती इन्जिनियरको भनाइ छ। 

अर्का इन्जिनियरको पनि यस्तै राय छ। ‘कोटेसनमा दिइएको मूल्य देख्दा हरेक पार्ट्समा धेरै मूल्य लगाइएको छ। यसरी धेरै मूल्य लगाउँदा अहिले सामान्य लागे पनि कालान्तरमा यस्तै महँगो पर्ने भन्ने सबैलाई लाग्छ र कम्पनीले अहिले गाडी बिक्री गरेरभन्दा धेरै पैसा भविष्यमा गाडी मर्मतबाट बनाउने साजिस अहिलेदेखि नै गरेजस्तो देखिन्छ,’ इन्जिनियरले भने, ‘बम्पर कुच्चिएको एटो थ्रीको हाइभोल्टेज ब्याट्री नै फेर्न लगाउनु भनेको कि त बीमाबाट पैसा कमाउने ध्याउन्न हो, कि त गाडीको बिउल्ड क्वालिटीमै प्रश्न उब्जिनेछ।’

यसबारेमा बीवाईडी ओईएम र आधिकारिक बिक्रेता कम्पनीले तत्काल भएको के हो त्यसबारेमा जानकारी दिनु आवश्यक रहेको ती इन्जिनियरले बताए। 

अन्य तीन इन्जिनियरको राय पनि करिब यही नै छ। सामान्य ठोक्किएर बम्पर कुच्चिएको बीवाईडी एटो थ्रीको हाइभोल्टेज ब्याट्री फेर्न लगाउनुले धेरैलाई ईभीबारे सोच्नुपर्ने बनाएको उनीहरूको तर्क छ। हाइभोल्टेज ब्याट्री निकै सुरक्षित र बलियो गरेर प्याकिङ र प्रोटेक्सन गरिएको हुनाले सामान्य ठोक्किँदैमा साँच्चै फेर्नुपर्ने हुन्छ भने त्यो गाडी उत्पादनको गुणस्तरमै प्रश्न उब्जाएको उनीहरूको जिकिर छ। 

विद्युतीय कार बिक्री गर्ने कम्पनीको सर्भिस प्रमुखहरू पनि बीवाईडी एटो थ्रीको मर्मत खर्चबाट आश्चर्यचकितमात्र छैनन्, चिन्तित पनि छन्। सामान्य ठोक्किएको गाडीमा यति ठूलो मर्मत खर्च लाग्ने आधिकारिक सर्भिस सेन्टरले नै कोटेसन दिँदा विद्युतीय कारको मर्मत र स्पेयर पार्ट्स महँगो हुने सन्देश जाने र यसप्रति उपभोक्तामा नकारात्मक भाव पैदा हुने उनीहरूको भनाइ छ। 

‘पहिलो कुरा विद्युतीय सवारीको स्वीकार्यता बढ्दै गइरहेको अवस्थामा यसरी अचाक्ली मूल्य लगाएर पार्टपूर्जा बिक्री गर्दा निश्चित कम्पनीको मात्र होइन समग्र ईभी बिक्रीमै समस्या आउन सक्छ,’ एक ईभी सर्भिसका प्रमुखले भने, ‘अर्को महत्वपूर्ण कुरा सामान्य दुर्घटनामा परेर बम्पर कुच्चिएको गाडीमा हाइभोल्टेज ब्याट्री नै फेर्नु पर्नेगरी कोटेसन बनाउनु गम्भीर त्रुटी हो। यसबारेमा आधिकारिक बिक्रेता र ओईएमले नबोल्ने हो भने बीमाबाट पैसा कमाउने मक्सद वा गाडीको बिउल्ड क्यालिटीमा प्रश्न गर्ने आधारहरू खडा हुन्छन्।’ 

यसका साथै अधिकांश सवारी आयातकर्ताहरूले पनि सामान्य ठोक्किएको एटो थ्रीमा फेर्नुपर्ने पार्ट्सको लिस्ट हेर्दा हाइभोल्टेज ब्याट्री नै फेर्नुपर्छ भनेर कोटेसन बनाउनु आश्चर्यको विषय भएको बताएका छन्।

प्रतिस्पर्धी आयातकर्ता कम्पनीका सम्बन्धित व्यक्तिहरूको नाम उल्लेख गर्दा वायस देखिने भएकाले खुलाइएको छैन। नेपालमा विद्युतीय सवारी आयात गर्ने सबैजसो कम्पनीका सम्बन्धितले यसबारेमा प्रतिक्रिया दिएका थिए। एकजनाले पनि उक्त कोटेसनलाई स्वभाविक भनेनन् र प्रतिस्पर्धी ब्रान्ड भएकाले धेरै टिप्पणी पनि गरेनन्। उनीहरू सबैको चासो थियो, चल्तीको ब्रान्डबाट गरिएको यस्तो कदमले सबै ईभी ब्रान्डलाई असर पर्ने र उपभोक्तामा संशय पैदा गर्नेछ। 

रोकेर राखिएको ठाउँमा अर्को गाडी आएर सामान्य ठक्कर दिएको बीवाईडी एटो थ्रीमा १ सय ४२ वटा शीर्षकमा रकमसहित भ्याटबाहेक ४४ लाख ७६ हजार ८ सय ३४ रुपैयाँ ६० पैसा छ भने उक्त रकममा १३ प्रतिशत अर्थात ५ लाख ८१ हजार ९ सय ८८ रुपैयाँ ५० पैसा भ्याट लाग्ने छ। सबै गरेर सामान्य ठोक्किएको एटो थ्री बनाउन कुल ५० लाख ५८ हजार ८ सय २३ रुपैयाँ १० पैसा लागत लाग्नेगरी उपभोक्ताको नाममा बिल दिइएको छ। 

ठोक्किएको बीवाईडी एटो थ्रीको अगाडि र पछाडिको बम्पर, हेडलाइट, सेन्सरलगायत फेर्नु पर्ने अवस्था आउनु त सामान्य हो। तर अनौठो कुरा के छ भने सामान्य ठोक्किएको एटो थ्रीको हाइ भोल्टेज ब्याट्री सिस्टम नै फेर्नुपर्ने भनिएको छ। यो निक्कै गम्भीर विषय हो। सरासर हेर्दा दुर्घटनामा परेको उक्त एटो थ्रीको ब्याट्री सिस्टम नै फेर्न लगाउन अकल्पनीय जस्तै भएको मेकानिकल इन्जिनियरहरूले बताए। 

‘ठोक्किएको गाडीको तस्बिर हेर्दा कुनै पनि कोणबाट हाइ भोल्टेज ब्याट्री फेर्नुपर्ने गरी सर्भिस सेन्टरले उपभोक्तालाई कोटेसन दिनु पर्ने देखिँदैन,’ अर्का मेकानिकल इन्जिनियरले भने, ‘त्यो ग्र्याबिटीको चोट (कुच्चिएको गाडी)मै यति ठूलो मर्मत खर्च आयो भने कालान्तरमा बीवाईडीका गाडी त उपभोक्ता कसैले पनि बनाउन सक्ने अवस्था आउँदैन।’

संसारको जहाँ लगेर मर्मत गर्ने हो भने पनि विराटनगरमा ठोक्किएको ५६ लाख ९० हजारको बीवाईडी एटो थ्री मर्मतका लागि ५० लाख ५८ हजार रुपैयाँ खर्च नलाग्ने ती इन्जिनियरको भनाइ छ। दुर्घटनामा परेको एटो थ्रीमा सबैभन्दा कम लागतको पार्ट्स ५ सय ७७ रुपैयाँ ५० पैसादेखि सबैभन्दा महँगोमा २१ लाख ९५ हजार रुपैयाँसम्म लगाइएको छ। 

बीवाईडीले सबैभन्दा महँगो मूल्य लगाएको पार्ट्स हाइभोल्टेज ब्याट्री सिस्टम हो। सामान्य दुर्घटनामा परेको एटो थ्रीमा यसरी हाइ भोल्टेज ब्याट्री नै फेर्नुपर्ने भनिएकाले यसमा दुईवटा पक्ष हुनसक्ने अर्का इन्जिनियरले बताए। 

मर्मतमा धेरै पैसा देखाएर इन्स्योरेन्स कम्पनीलाई झुक्याएर पैसा कमाउन खोजिएको एउटा पक्ष र अर्को भने यति सानो दुर्घटनामा हाइ भोल्टेज ब्याट्री फेर्नु नै पर्ने अवस्था हो भने त्यो सवारीको ‘बिउल्ड क्यालिटी’मै प्रश्न उठ्ने ती इन्जिनियरको भनाइ छ। 

बीवाईडीको नेपालका लागि आधिकारिक बिक्रेता साइमेक्स इंक प्रालिले यसअघि पनि विद्युतीय सवारीमा करछली गरेको पुष्टि भइसकेको छ। कम्पनीले भन्सार जाँचपास परीक्षण कार्यालयले करछली गरेको निष्कर्ष निकालेर छली भएको कर र जरिवाना निर्धारण गरेर साइमेक्स इंकलाई पत्र पठाएको थियो। त्यसविरुद्ध प्रशासकीय पुनरावलोकन हुँदै साइमेक्स राजस्व न्यायाधीकरणसम्म पुगेको थियो। न्यायाधीरकणले साइमेक्सले ई सिक्स विद्युतीय कार आयात गर्दा करछली भएको फैसला गरिसकेको छ। 

साइमेक्सले १० हजार डलरमा आयात गरेको बीवाईडी ई सिक्स ५० लाख रुपैयाँमा बिक्री गरेर उपभोक्ताबाट चर्को नाफा असुलेको थियो। त्यस्तै अहिले सर्भिस तथा स्पेयर पार्ट्सबाट उपभोक्ताको ढाड सेक्नेगरी काम गरिरहेको छ।

सर्भिसमा बीवाईडीको मनोमानी : ५६ लाख ९० हजारको एटो थ्री मर्मत गर्न ५० लाख ५८ हजार रुपैयाँ सर्भिसमा बीवाईडीको मनोमानी : ५६ लाख ९० हजारको एटो थ्री मर्मत गर्न ५० लाख ५८ हजार रुपैयाँ  ५० लाख ५८ हजार मर्मत खर्च लागेको बीवाईडी एटो थ्रीमा के फेर्न कति पैसा लिइयो? पार्ट्सको नाम र मूल्यसहित ५० लाख ५८ हजार मर्मत खर्च लागेको बीवाईडी एटो थ्रीमा के फेर्न कति पैसा लिइयो? पार्ट्सको नाम र मूल्यसहित

बीवाईडीमा साइमेक्स इंकको बदमासीबारे अन्य सामग्री पढ्न यहाँ क्लिक गर्नुहोस्


प्रकाशित : मंगलबार, माघ २२ २०८११६:२०
  • सम्बन्धित विषय:

  • # बीवाईडीमा साइमेक्सको बदमासी


  • प्रतिक्रिया दिनुहोस
    कार्यकारी सम्पादक

    केदार दाहाल

    सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

    २८३८/०७८-७९

    © 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend