काठमाडौं- बीवाईडीको विद्युतीय कार मर्मतमा आधिकारिक बिक्रेता र सर्भिस सेन्टरले मिलेर चर्को शुल्क असुलेको पाइएको छ। सामान्य दुर्घटनामा परेको बीवाईडी एटो थ्रीको मर्मत लागत ५० लाख ५८ हजार रुपैयाँभन्दा धेरै लगाइएको छ।
दुर्घटनामा परेको बागमती प्रदेश ०१-०३० च ०८४२ नम्बरमा दर्ता भएको बीवाईडी एटो थ्री जोकोहीले हेर्दा पनि सामान्य मर्मत गर्दा हुने देखिन्छ। प्राविधिकरुपमै पनि उक्त एटो थ्री बनाउन ५० लाख रुपैयाँभन्दा धेरै पैसा नलाग्ने मेकानिकल इन्जिनियरहरू बताउँछन्।
विराटनगरमा गएको असोज ४ गते शुक्रबार दुर्घटनामा परेको बीवाईडी एटो थ्रीको मर्मत खर्चको कोटेसन दिइएको थियो। उक्त कोटेसनमा भ्याटसहित ५० लाख ५८ हजार ८ सय २३ रुपैयाँ १० पैसा मर्मत शुल्क बीवाईडीको आधिकारिक सर्भिस सेन्टर सुपेरियर मोटर्सले बनाएको हो।
१ सय ४२ वटा शीर्षकमा रकमसहित फेर्नुपर्ने पार्ट्स र शुल्क लाग्ने भनिएको दुर्घटनामा परेको बीवाईडी एटो थ्रीको मर्मतका लागि भ्याटबाहेक ४४ लाख ७६ हजार ८ सय ३४ रुपैयाँ ६० पैसा छ भने उक्त रकममा १३ प्रतिशत अर्थात ५ लाख ८१ हजार ९ सय ८८ रुपैयाँ ५० पैसा भ्याट लाग्ने छ। सबै गरेर सामान्य ठोक्किएको एटो थ्री बनाउन कुल ५० लाख ५८ हजार ८ सय २३ रुपैयाँ १० पैसा लागत लाग्नेगरी उपभोक्ताको नाममा बिल दिइएको छ।
ठोक्किएको बीवाईडी एटो थ्रीको अगाडि र पछाडिको बम्पर, हेडलाइट, सेन्सरलगायत फेर्नु पर्ने अवस्था आउनु त सामान्य हो। तर अनौठो कुरा के छ भने सामान्य ठोक्किएको एटो थ्रीको हाइ भोल्टेज ब्याट्री सिस्टम नै फेर्नुपर्ने भनिएको छ। यो निकै गम्भीर विषय हो। सरासर हेर्दा दुर्घटनामा परेको उक्त एटो थ्रीको ब्याट्री सिस्टम नै फेर्न लगाउनु अकल्पनीय भएको एक मेकानिकल इन्जिनियरले बताए।
‘ठोक्किएको गाडीको तस्बिर हेर्दा कुनै पनि कोणबाट हाइ भोल्टेज ब्याट्री फेर्नुपर्ने गरी सर्भिस सेन्टरले उपभोक्तालाई कोटेसन दिनु पर्ने देखिँदैन,’ ती मेकानिकल इन्जिनियरले भने, ‘त्यो ग्र्याबिटीको चोट(कुच्चिएको गाडी)मै यति ठूलो मर्मत खर्च आयो भने कालान्तरमा बीवाईडीका गाडी त उपभोक्ता कोहीले पनि बनाउन सक्ने अवस्था आउँदैन।’ संसारको जहाँ लगेर मर्मत गर्ने हो भने पनि विराटनगरमा ठोक्किएको ५६ लाख ९० हजारको बीवाईडी एटो थ्री मर्मतका लागि ५० लाख ५८ हजार रुपैयाँ खर्च नलाग्ने ती इन्जिनियरको जिकिर छ।
दुर्घटनामा परेको एटो थ्रीमा सबैभन्दा कम लागतको पार्ट्स ५ सय ७७ रुपैयाँ ५० पैसादेखि सबैभन्दा महँगोमा २१ लाख ९५ हजार रुपैयाँसम्म लगाइएको छ। बीवाईडीले सबैभन्दा महँगो मूल्य लगाएको पार्ट्स हाइ भोल्टेज ब्याट्री सिस्टम हो। सामान्य दुर्घटनामा परेको एटो थ्रीमा यसरी हाइ भोल्टेज ब्याट्री नै फेर्नुपर्ने भनिएकाले यसमा दुई वटा पक्ष हुन सक्ने अर्का एक इन्जिनियरले बताए।
मर्मतमा धेरै पैसा देखाएर इन्स्योरेन्स कम्पनीलाई झुक्याएर पैसा कमाउन खोजिएको एउटा पक्ष र अर्को भने यति सानो दुर्घटनामा हाइ भोल्टेज ब्याट्री फेर्नु नै पर्ने अवस्था हो भने त्यो सवारीको ‘बिउल्ड क्वालिटी’मै प्रश्न उठ्ने ती इन्जिनियरको भनाइ छ।
बीवाईडीको नेपालका लागि आधिकारिक बिक्रेता साइमेक्स इंकको आधिकारिक सर्भिस सेन्टर सुपेरियर मोटर्सले २०८१ असोज ४ गते शुक्रबार बागमती प्रदेश ०१-०३० च ०८४२ नम्बरमा दर्ता भएको बीवाईडी एटो थ्रीलाई दिएको कोटेसनमा के-के फेर्नुपर्ने र तिनका लागि तोकेको शुल्कको विवरण यस्तो रहेको छ :
१) फ्रन्ट बम्पर बडी एसेम्ब्ली - ३९ हजार ५ सय ३० रुपैयाँ ४० पैसा
२) अप्पर माउन्टिङ ब्राकेट अफ फ्रन्ट बम्पर - ५ हजार २ सय २७ रुपैयाँ २५ पैसा
३) फ्रन्ट बम्पर लोअर बडी - १८ हजार १ सय २३ रुपैयाँ
४) लोअर सराउन्ड ट्रिम अफ फ्रन्ट बम्पर - २ हजार ७ सय ६ रुपैयाँ ९० पैसा
५) लोअर ट्रिम अफ फ्रन्ट बम्पर - ५ हजार २ सय ७६ रुपैयाँ २५ पैसा
६) मिडल ट्रिम अफ फ्रन्ट बम्पर - १ हजार ९ सय २६ रुपैयाँ ७५ पैसा
७) लेफ्ट ट्रिम कभर अफ फ्रन्ट बम्पर - ३ हजार ७ सय ३८ रुपैयाँ
८) राइट ट्रिम कभर अफ फ्रन्ट बम्पर - ३ हजार ७ सय ३८ रुपैयाँ
९) राइट ब्राकेट अफ फ्रन्ट बम्पर - ५ सय ५५ रुपैयाँ ४५ पैसा
१०) लेफ्ट ब्राकेट अफ फ्रन्ट बम्पर - ५ सय ५५ रुपैयाँ ४५ पैसा
११) फ्रन्ट लाइसेन्स प्लेट ब्राकेट - ३ सय ७८ रुपैयाँ
१२) फ्रन्ट बम्पर ग्रिल ट्रिम - १ हजार ८ सय ८१ रुपैयाँ ६० पैसा
१३) उपर लोगो ट्रिम अफ फ्रन्ट बम्पर - १६ हजार २ सय ८७ रुपैयाँ ६० पैसा
१४) एसीसी प्लग क्याप - ३ सय ३६ रुपैयाँ
१५) फ्रन्ट टावरिङ हुक प्लग - २ सय ६२ रुपैयाँ ५० पैसा
१६) क्यामेरा कभर - ३ सय ७२ रुपैयाँ ७५ पैसा
१७) राइट एयर इन्लेट वन अफ फ्रन्ट बम्पर - ८ सय ३४ रुपैयाँ ७५ पैसा
१८) राइट एयर इन्लेट टू अफ फ्रन्ट बम्पर - ८ सय ३४ रुपैयाँ ७५ पैसा
१९) लेफ्ट एयर इन्लेट वान अफ फ्रन्ट बम्पर - ८ सय ३४ रुपैयाँ ७५ पैसा
२०) लेफ्ट एयर इन्लेट टू अफ फ्रन्ट बम्पर - ८ सय ३४ रुपैयाँ ७५ पैसा
२१) फ्रन्ट लेफ्ट ह्विल आर्क ट्रिम प्यानल एसेम्ब्ली - ५ हजार ७ सय ३५ रुपैयाँ १० पैसा
२२) फुल्ली इन्क्लोज्ड डिफ्लेक्टर एसेम्ब्ली - ९ हजार ८ सय ६४ रुपैयाँ ७५ पैसा
२३) उपर कभर एसेम्ब्ली अफ ग्रिल - ४ हजार ५ सय ४२ रुपैयाँ ३० पैसा
२४) फ्रन्ट राइट ह्विल आर्क ट्रिम प्यानल एसेम्ब्ली - ५ हजार ७ सय ३५ रुपैयाँ १० पैसा
२५) रियर राइट ह्विल आर्क ट्रिम प्यानल एसेम्ब्ली - ५ हजार ७ सय ३५ रुपैयाँ १० पैसा
२६) रियर लेफ्ट ह्विल आर्क ट्रिम प्यानल एसेम्ब्ली - ५ हजार ७ सय ३५ रुपैयाँ १० पैसा
२७) फ्रन्ट लेफ्ट ह्विल मडगार्ड एसेम्ब्ली - ८ हजार २ सय ५८ रुपैयाँ २५ पैसा
२८) फ्रन्ट राइट ह्विल मडगार्ड एसेम्ब्ली - ८ हजार २ सय ५८ रुपैयाँ २५ पैसा
२९) रियर लेफ्ट ह्विल मडगार्ड एसेम्ब्ली - ८ हजार २ सय ५८ रुपैयाँ २५ पैसा
३०) रियर राइट ह्विल मडगार्ड एसेम्ब्ली - ८ हजार २ सय ५८ रुपैयाँ २५ पैसा
३१) हुड हिट इन्सुलेटर - ४ हजार ८ सय ७१ रुपैयाँ ४० पैसा
३२) हेडलाइट लेफ्ट - ९० हजार ९ सय ५२ रुपैयाँ ५ पैसा
३३) हेडलाइट राइट - ९० हजार ९ सय ५२ रुपैयाँ ५ पैसा
३४) लेफ्ट टेललाइट क्लस्टर एसेम्ब्ली - २४ हजार ७ रुपैयाँ २० पैसा
३५) राइट टेललाइट क्लस्टर एसेम्ब्ली - २४ हजार ७ रुपैयाँ २० पैसा
३६) मिडल टेललाइट - ४७ हजार २ सय ५० रुपैयाँ
३७) रियर फग लाइट - ४ हजार २ सय २६ रुपैयाँ २५ पैसा
३८) रियर लेफ्ट रेट्रो रिफ्लेक्टर - ६ सय ५६ रुपैयाँ २५ पैसा
३९) रियर राइट रेट्रो रिफ्लेक्टर - ६ सय ५६ रुपैयाँ २५ पैसा
४०) लेफ्ट बाफल अफ मिडल टेललाइट - ५ सय ८८ रुपैयाँ
४१) राइट बाफल अफ मिडल टेललाइट - ५ सय ८८ रुपैयाँ
४२) हुड एसेम्ब्ली - ८१ हजार २ सय १२ रुपैयाँ २५ पैसा
४३) लेफ्ट फेन्डर एसेम्ब्ली - २० हजार ८ सय ७६ रुपैयाँ १० पैसा
४४) राइट फेन्डर एसेम्ब्ली - २० हजार ८ सय ७६ रुपैयाँ १० पैसा
४५) हुड राइट हिन्ज एसेम्ब्ली - १ हजार ४ सय ९१ रुपैयाँ
४६) हुड लेफ्ट हिन्ज एसेम्ब्ली - १ हजार ४ सय ९१ रुपैयाँ
४७) रियर लेफ्ट डोर एसेम्ब्ली - ७३ हजार ५ सय रुपैयाँ
४८) रियर राइट डोर एसेम्ब्ली - ६८ हजार २ सय ५० रुपैयाँ
४९) रियर सेक्सन अफ लेफ्ट साइड वाल आउटर प्यानल - ९४ हजार ५ सय रुपैयाँ
५०) रियर सेक्सन अफ राइट साइड वाल आउटर प्यानल - ९४ हजार ५ सय रुपैयाँ
५१) ट्रन्क लिड एसेम्ब्ली - १ लाख २ हजार ३ सय ७५ रुपैयाँ
५२) रियर लेफ्ट साइड वाल ग्लास - १४ हजार ७ सय रुपैयाँ
५३) रियर लेफ्ट डोर ग्लास एसेम्ब्ली - ६ हजार ७ सय ८८ रुपैयाँ २५ पैसा
५४) रियर वाइपर आर्म एन्ड ब्लेड एसेम्ब्ली - २ हजार ६ सय २५ रुपैयाँ
५५) फ्रन्ट बम्पर बिम एसेम्ब्ली - २२ हजार ४ सय ८२ रुपैयाँ ६० पैसा
५६) फ्रन्ट इन्ड मोडुल एसेम्ब्ली - १८ हजार ८ सय १६ रुपैयाँ
५७) राइट कनेक्टिङ प्लेट एसेम्ब्ली अफ रेडिएटर उपर क्रस बिम - ४ हजार ४२ रुपैयाँ ५० पैसा
५८) लेफ्ट कनेक्टिङ प्लेट एसेम्ब्ली अफ रेडिएटर उपर क्रस बिम - ४ हजार ४२ रुपैयाँ ५० पैसा
५९) लेफ्ट फ्रन्ट डोर लक एसेम्ब्ली - ४ हजार ६२ रुपैयाँ ५० पैसा
६०) राइट फ्रन्ट डोर लक एसेम्ब्ली - ४ हजार ६२ रुपैयाँ ५० पैसा
६१) रियर लेफ्ट डोर लक बडी एसेम्ब्ली - ३ हजार ७ सय ८० रुपैयाँ
६२) रियर राइट डोर लक बडी एसेम्ब्ली - ३ हजार ७ सय ८० रुपैयाँ
६३) ट्रन्क लिड लोअर शिल्ड एसेम्ब्ली - ११ हजार ५ सय ५० रुपैयाँ
६४) ट्रन्क लिड उपर शिल्ड एसेम्ब्ली - ६ हजार ३ सय रुपैयाँ
६५) ट्रन्क लिड लेफ्ट शिल्ड एसेम्ब्ली - ६ हजार ३ सय रुपैयाँ
६६) ट्रन्क लिड राइट शिल्ड एसेम्ब्ली - १ हजार २ सय ६० रुपैयाँ
६७) रियर लाइसेन्स प्लेट ट्रिम प्यानल बडी एसेम्ब्ली - २ हजार ३ सय १० रुपैयाँ
६८) रियर वाल पेडल एसेम्ब्ली - ४ हजार १६ रुपैयाँ २५ पैसा
६९) ट्रन्क फ्लोर एनभीएच प्याड - ६ हजार ८ सय २५ रुपैयाँ
७०) ट्रन्क कभर बोर्ड एसेम्ब्ली - ९ हजार ३ सय ४५ रुपैयाँ
७१) सेल्फ र्याक एसेम्ब्ली - ६ हजार ५ सय १० रुपैयाँ
७२) रियर लेफ्ट साइड वाल शिल्ड एसेम्ब्ली - २३ हजार १ सय रुपैयाँ
७३) रियर राइट साइड वाल शिल्ड एसेम्ब्ली - २३ हजार १ सय रुपैयाँ
७४) मोटर रेडिएटर एसेम्ब्ली - ७ हजार ३ सय ५० रुपैयाँ
७५) इलेक्ट्रोनिक फ्यान एसेम्ब्ली - २९ हजार ४ सय रुपैयाँ
७६) दुईवटा इलोक्ट्रोनिक फ्यान लोअर माउन्ट बसिङ - ५ सय २५ रुपैयाँ
७७) दुईवटा इलोक्ट्रोनिक फ्यान उपर माउन्ट बसिङ - ५ सय २५ रुपैयाँ
७८) इलेक्ट्रोनिक फ्यान उपर माउन्ट ब्राकेट - १ सय ५७ रुपैयाँ ५० पैसा
७९) एक्सटेरियर हिट एक्सचेन्ज एसेम्ब्ली - १३ हजार ६ सय ५० रुपैयाँ
८०) फ्रन्ट बम्पर वायर - ९ हजार ३ सय ४५ रुपैयाँ
८१) रियर बम्पर वायर - १३ हजार १ सय २५ रुपैयाँ
८२) छ वटा स्मल प्रोब स्ट्यान्डर्ड ब्ल्याक - ११ हजार ३ सय ४० रुपैयाँ
८३) दुईवटा रियर लेफ्ट एमएमवेभ राडर - ५५ हजार ७ सय ५५ रुपैयाँ
८४) लोपिच हर्न - १ हजार २ सय ६० रुपैयाँ
८५) फ्रन्ड एमएमवेभ राडर - २७ हजार ८ सय ७७ रुपैयाँ ५० पैसा
८६) पानारोमिक फ्रन्ट भ्यू इमेज मोडुल - ९ हजार ९ सय ७५ रुपैयाँ
८७) इन्जिन साउन्ड सिमुलेटर - ७ हजार १ सय ४० रुपैयाँ
८८) एसी/डीसी चार्जिङ पोर्ट क्याप एसेम्ब्ली - ८ हजार १ सय ९० रुपैयाँ
८९) लेफ्ट फेन्डर ट्रिम स्ट्रिप एसेम्ब्ली - १ हजार ३ सय १२ रुपैयाँ ५० पैसा
९०) राइट फेन्डर ट्रिम स्ट्रिप एसेम्ब्ली - १ हजार ३ सय १२ रुपैयाँ ५० पैसा
९१) रियर बम्पर बडी एसेम्ब्ली - ५५ हजार ८६ रुपैयाँ १५ पैसा
९२) लोअर सराउन्ड ट्रिम अफ रियर बम्पर - ४ हजार ७ सय २५ रुपैयाँ
९३) रियर बम्पर ट्रिम - ५ हजार ५ सय ६५ रुपैयाँ
९४) रियर लाइसेन्स प्लेट ब्राकेट - १ हजार २ सय ६० रुपैयाँ
९५) राइट रिफ्लेक्टिभ ट्रिम अफ रियर बम्पर - ५ सय ७७ रुपैयाँ ५० पैसा
९६) लेफ्ट रिफ्लेक्टिभ ट्रिम अफ रियर बम्पर - ५ सय ७७ रुपैयाँ ५० पैसा
९७) राइट ट्रिम अफ रियर बम्पर - २ हजार २ सय ९९ रुपैयाँ ५० पैसा
९८) लेफ्ट ट्रिम अफ रियर बम्पर - २ हजार २ सय ९९ रुपैयाँ ५० पैसा
९९) लोअर लेफ्ट सपोर्ट ब्राकेट एसेम्ब्ली अफ रियर बम्पर - १ हजार ८ रुपैयाँ
१००) लोअर राइट सपोर्ट ब्राकेट एसेम्ब्ली अफ रियर बम्पर - १ हजार ८ रुपैयाँ
१०१) फ्रन्ट लेफ्ट ब्राकेट एसेम्ब्ली अफ रियर बम्पर - ८ सय ४० रुपैयाँ
१०२) फ्रन्ट राइट ब्राकेट एसेम्ब्ली अफ रियर बम्पर - ८ सय ४० रुपैयाँ
१०३) रियल भेन्ट एसेम्ब्ली - ६ सय १९ रुपैयाँ ५० पैसा
१०४) फ्रन्ट लेफ्ट लोअर कन्ट्रोल आर्म एसेम्ब्ली - १३ हजार ५ सय ३९ रुपैयाँ ७५ पैसा
१०५) फ्रन्ट राइट लोअर कन्ट्रोल आर्म एसेम्ब्ली - १३ हजार ५ सय ३९ रुपैयाँ ७५ पैसा
१०६) दुईवटा फ्रन्ट लोअर कन्ट्रोल आर्म बल जोइन्ट एसेम्ब्ली - ४ हजार २ सय रुपैयाँ
१०७) फ्रन्ट पेडेस्ट्रेन प्रोटेक्सन बिम एसेम्ब्ली - ४ हजार ७ सय ७५ रुपैयाँ
१०८) फ्रन्ट स्टेबलाइजर बार टाइरड एण्ड बल जोइन्ट एसेम्ब्ली - १ हजार ८ सय ९० रुपैयाँ
१०९) स्ट्रेरिङ रड आउटर बल जोइन्ट एसेम्ब्ली - ८ हजार १ सय ९० रुपैयाँ
११०) स्ट्रेरिङ रड आउटर बल जोइन्ट एसेम्ब्ली - ८ हजार १ सय ९० रुपैयाँ
१११) इन्टरमिडिएट साफ्ट - १८ हजार ९ सय रूपैयाँ
११२) दुईवटा आल्मुनियम एलो ह्विल - ५८ हजार ८ सय रुपैयाँ
११३) ट्रन्क लिड लक बडी एसेम्ब्ली - ९ हजार २ सय रुपैयाँ
११४) ट्रन्क लिड लक सेल - २ हजार १ सय रुपैयाँ
११५) ट्रन्क लिड लक रिङ - १ हजार ९ सय रुपैयाँ
११६) ट्रन्क लिड फ्रेम सिलिङ स्ट्रिप - ३ हजार ५ सय १० रुपैयाँ
११७) राइट पावर स्ट्रट अफ ट्रन्क लिड - १६ हजार ५ सय रुपैयाँ
११८) लेफ्ट ब्यालेन्स बार बडी अफ ट्रन्क लिड - ६ हजार ८ सय ३० रुपैयाँ
११९) फ्रन्ट राइट शक एब्जबर एसेम्ब्ली - १४ हजार रुपैयाँ
१२०) फ्रन्ट लेफ्ट शक एब्जबर एसेम्ब्ली - १४ हजार रुपैयाँ
१२१) रियर स्टेबलाइजर बार फिटिङ एसेम्ब्ली - १५ हजार रुपैयाँ
१२२) दुईवटा रियर स्टेबलाइजर बार टाइ रड एण्ड बल जोइन्ट एसेम्ब्ली - ३ हजार रुपैयाँ
१२३) दुईवटा रियर शक एब्जबर एसेम्ब्ली - १६ हजार रुपैयाँ
१२४) दुईवटा उपर सपोर्ट एसेम्लबी अफ रियर शक एब्जबर - ४ हजार ६ सय रुपैयाँ
१२५) दुईवटा रियर सस्पेन्सन लोअर आर्म एसेम्ब्ली - १८ हजार ४ सय रुपैयाँ
१२६) रियर सस्पेन्सन लेफ्ट ट्रेलिङ आर्म एसेम्ब्ली - ८ हजार ५ सय रुपैयाँ
१२७) रियर सस्पेन्सन राइट ट्रेलिङ आर्म एसेम्ब्ली - ८ हजार २ सय रुपैयाँ
१२८) दुईवटा रियर सस्पेन्सन उपर आर्म एसेम्ब्ली - १० हजार २० रुपैयाँ
१२९) रियर सस्पेन्सन कन्ट्रोल आर्म एसेम्ब्ली - ३ हजार ५० रुपैयाँ
१३०) रियर वाल प्यानल एसेम्ब्ली - ३१ हजार रुपैयाँ
१३१) रियर फ्लोर प्यानल एसेम्ब्ली - ५५ हजार ९ सय ८० रुपैयाँ
१३२) रियल लेफ्ट लङ्गीच्युडिनल बिम एसेम्ब्ली - ५४ हजार ७ सय रुपैयाँ
१३३) रियल राइट लङ्गीच्युडिनल बिम एसेम्ब्ली - ५४ हजार ७ सय रुपैयाँ
१३४) हाइ भोल्टेज ब्याट्री सिस्टम - २१ लाख ९५ हजार रुपैयाँ
१३५) र्याडियल टायर - १४ हजार ८ सय ९० रुपैयाँ
१३६) रियर साइड प्यानल डेन्टपेन्ट चार्ज - ३० हजार रुपैयाँ
१३७) रियर कम्पार्टमेन्ट बिल एण्ड प्यानल फिटिङ चार्ज - ५० हजार रुपैयाँ
१३८) फुल बडी पेन्ट चार्ज - १ लाख ५० हजार रुपैयाँ
१३९) एसीसी क्यालिब्रेसन चार्ज - ६ हजार ६ सय रुपैयाँ
१४०) रियर वाइन्टशिल्ड फिटिङ चार्ज - ६ हजार ६ सय रुपैयाँ
१४१) ओपन एण्ड फिटिङ चार्ज - ४८ हजार रुपैयाँ
१४२) एसी ग्यास रिफिलिङ चार्ज - ५ हजार ४ सय रुपैयाँ
लागत - ४४ लाख ७६ हजार ८ सय ३४ रुपैयाँ ६० पैसा
१३ प्रतिशत भ्याट - ५ लाख ८१ हजार ९ सय ८८ रुपैयाँ ५० पैसा
जम्मा - ५० लाख ५८ हजार ८ सय २३ रुपैयाँ १० पैसा
सर्भिसमा बीवाईडीको मनोमानी : ५६ लाख ९० हजारको एटो थ्री मर्मत गर्न ५० लाख ५८ हजार रुपैयाँ