शुक्रबार, जेठ २९ गते २०८३    
शुक्रबार, जेठ २९ २०८३

जर्जर अवस्थाका सार्वजनिक संस्थानको संरचनागत परिवर्तन हुन्छ तर स्वामित्व निजीलाई दिइँदैन : अर्थमन्त्री 

बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, भदौ २७ २०७८
जर्जर अवस्थाका सार्वजनिक संस्थानको संरचनागत परिवर्तन हुन्छ तर स्वामित्व निजीलाई दिइँदैन : अर्थमन्त्री 

अर्थमन्त्री जनार्दन शर्माले बजेटमा केही आवश्यक महत्त्वपूर्ण क्षेत्रमा मात्र संशोधन गरिएको बताएका छन्।  शुक्रबार ल्याइएको प्रतिस्थापन विधेयकबारे जानकारी दिँदै उनले अध्यादेशले गरेका धेरै व्यवस्थालाई निरन्तरता दिएर अघि बढिएको बताएका छन्। 

काठमाडौं- अर्थमन्त्री जनार्दन शर्माले बजेटमा केही आवश्यक महत्त्वपूर्ण क्षेत्रमा मात्र संशोधन गरिएको बताएका छन्।   

शुक्रबार ल्याइएको प्रतिस्थापन विधेयकबारे आइतबार मन्त्रालयमा बोल्दै अध्यादेशले गरेका धेरै व्यवस्थालाई निरन्तरता दिएर अघि बढिएकोसमेत उनले बताएका छन्। 

उनले वित्तीय अनुशासन कायम गर्ने गरी बजेटको पुनर्संरचना गरिएको जानकारी दिए। बजेटलाई केही घटाएर राजस्वको बृद्धि गरिएको उनको भनाइ छ। नाम मात्रका योजनाहरु खारेज गरिएको र जनताले प्रतिफल नपाउने साथै राज्यलाई पनि केही नहुने आयोजनालाई अहिले स्थगित गरिएको उनले बताए। ऋणको लक्ष्य घटाएर पुँजीगत विनियोजन बढाइएको उनले बताए। 

हरेक योजनाले प्रतिफल दिनुपर्छ भन्ने मान्यताबाट कार्ययोजना बन्ने साथै संविधानले निर्दिष्ट गरेअनुसारको अर्थतन्त्र निर्माणका लागि बजेटको रुपरेखा तयार भएको उनको भनाइ छ।

सार्वजनिक संस्थानहरु अहिले नाफामा चलेका, आफै बाँचेका र चल्नै नसकेकाहरुलाई संरचनागत परिवर्तन गर्ने उनले बताएका छन्। संस्थानबाट सरकारी स्वामित्व गुम्न नदिने साथै सार्वजनिक संस्थानहरुलाई वर्गीकरण गरेर जिर्ण अवस्थामा रहेकालाई संरचनागत परिवर्तन गरिने उनले बताए।


प्रकाशित : आइतबार, भदौ २७ २०७८१०:१०
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend