सोमबार, माघ ७ गते २०८१    
सोमबार, माघ ७ २०८१
images
images

खराब कर्जाले थलिए वाणिज्य बैंक, कर्जा नोक्सानी व्यवस्था बढ्दा वितरणयोग्य घाटा र पुँजीकोषको उच्च दबाब

images
सोमबार, माघ ७ २०८१
images
images
खराब कर्जाले थलिए वाणिज्य बैंक, कर्जा नोक्सानी व्यवस्था बढ्दा वितरणयोग्य घाटा र पुँजीकोषको उच्च दबाब
images
images

काठमाडौं- वाणिज्य बैंकहरू खराब कर्जाले थिचिएका छन्। चालु आर्थिक वर्षको दोस्रो त्रैमासको प्रतिवेदनले बैंकहरूको खराब कर्जा उच्चरुपमा बढेको देखाएको छ।

images
images
images

कर्जा असुली बढाएर बैंकहरूले नाफामा सामान्य सुधार देखाएपनि नयाँ कर्जा विस्तार गर्न सकेका छैनन्। जसको असर बैंकहरुको वासलातमा परेको छ। अधिकांश बैंकहरुको खराब कर्जा बढेको छ। 

images

कतिपय बैंकहरुको खराब कर्जा बढेर ७ प्रतिशतको हाराहारीमा पुगेको छ। अघिल्लो त्रैमासमा ४ प्रतिशतभित्र सीमित रहेको बैंकहरूको खराब कर्जा बढेर ५ प्रतिशतमाथि पुगेको छ। 

images
images
images

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ५ प्रतिशत खराब कर्जा पुगेका बैंकहरूले दोस्रो त्रैमासको वित्तीय विवरणमा कुनै पनि सुधार गर्न सकेका छैनन्। बरु स्थिति थप खराब बन्दै गएको छ। 

खराब कर्जामा भएको वृद्धिले बैंकहरुको वितरणयोग्य घाटा बढेको छ। जसले सिधै पुँजीकोष प्रभावित भएको छ। कतिपय बैंकहरुको प्राथमिक पुँजीकोष घटेर ७.२३ प्रतिशतको हाराहारीमा आएको छ। 

खराब कर्जा नोक्सानी खर्च(इम्पियरमेन्ट चार्ज) घटाएर बैंकहरुले खुद नाफा देखाएपनि अधिकांश बैंकहरुको दोस्रो त्रैमासको वित्तीय विवतरण निराशाजनक देखिएको छ।

हिमालयन बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा १ अर्ब ५१ करोड ८७ लाख रुपैयाँ खुद गरेपनि बैंकको खराब कर्जा ४.९८ प्रतिशत पुगेको छ। गत वर्षको यसै अवधिमा बैंकको खराब कर्जा ४.९५ प्रतिशत रहेको थियो। यस अवधिमा बैंक  ३ अर्ब ९५ करोड वितरणयोग्य घाटा रुपैयाँ रहेको छ। गत वर्षको सोही अवधिमा बैंकको वितरणयोग्य घाटा ४ अर्ब ५२ करोड रुपैयाँ रहेको थियो।

विगत दुई वर्ष लाभांश नदिएको एनएमबि बैंकको वित्तीय सुचकमा केही सुधार देखिएको छ। दोस्रो त्रैमासमा बैंकले खुद नाफा ६८.६९ प्रतिशतले बढेको देखाएपनि खराब कर्जा भने बढेर ३.९६ प्रतिशत पुगेको छ।

तुलनात्मकरुपमा एभरेष्ट बैंकले आफ्नो राम्रो वित्तीय विवरणलाई यस त्रैमासमा पनि निरन्तरता दिएको छ।

एभरेष्ट बैंकले २१ प्रतिशतले खुद नाफा बढाउँदै २ अर्ब ७ करोड रुपैयाँ नाफा कमाउन मात्रै सफल भएको छैन वितरणयोग्य नाफा र खराब कर्जा समेत घटाएको छ। गत वर्ष राम्रै लाभांश दिएपनि बैंकको वितरणयोग्य नाफामा पनि बृद्धि देखिएको छ। गत वर्ष २ अर्ब ४० करोड रुपैयाँ रहेको बैंकको वितरणयोग्य नाफा बढेर २ अर्ब ७१ करोड रुपैयाँ पुगेको छ। 

यस अवधिमा बैंकको खराब कर्जा ०.७७ प्रतिशत बाट घटेर ०.६६ प्रतिशतमा आएको छ।

ग्लोबल आईएमई बैंकले असुली बढाएर आफ्नो वित्तीय विवरणमा केही सुधार गर्न खोजेको देखिएको छ। यस अवधिमा ग्लोबल आईएमई बैंकको खुद नाफा ४९.५ प्रतिशतले बढेको छ भने वितरणयोग्य नाफा २ अर्ब ६४ करोड कायम भएको छ।

बैंकको खराब कर्जा भने गत वर्षको तुलनामा सामान्यरुपमा बढेको छ। गत वर्षको दोस्रो त्रैमासमा ४.६८ प्रतिशत रहेको बैंकको खराब कर्जा समीक्षा अवधिमा बढेर ४.८६ प्रतिशत पुगेको छ।

प्रभु बैंकले गत वर्षको तुलनामा खुद नाफा बढाएपनि वितरणयोग्य घाटा र खराब कर्जाको चाप बढेको छ। बैंक ३ खर्ब ३३ अर्ब रुपैयाँ बराबरको वितरणयोग्य घाटामा रहेको छ भने बैंकको खराब कर्जा बढेर ५.०६ प्रतिशत पुगेको छ। 

कुमारी बैंकको स्थिति थप नाजुक बन्दै गएको छ। यस अवधिमा राष्ट्र बैंकले प्रोभिजनिङ बढाउँदा खराब कर्जा बढेर ६.९६ प्रतिशत पुगेको छ भने खुद नाफा करिब २८ करोडमा सीमित भएको छ। बैंकको वितरणयोग्य घाटा बढेर ६ अर्ब ४३ करोड रुपैयाँ पुगेको छ। जसले बैंकको प्राथमिक पुँजीकोष उच्च दबाबमा देखिएको छ। बैंकको टायरवान क्यापिटल घटेर ७.२३ प्रतिशतमा आएको छ। 

एनआईसी एसिया बैंकको अवस्था पनि कुमारी बैंकको भन्दा राम्रो छैन। बैंकले यस अवधिका करिब १५ करोड खुद नाफा गरेको छ भने खराब कर्जा ५ प्रतिशत नजिक पुगेको छ। बैंकको वितरणयोग्य घाटा बढेर २ अर्ब ६५ करोड रुपैयाँ पुगेको छ। 

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा २ अर्ब ८३ करोड खुद नाफा गरेपनि वितरणयोग्य घाटा बढेर २ अर्ब ८६ करोड रुपैयाँ पुगेको छ। गत वर्षको यसै अवधिमा बैंकले १ अर्ब ९९ करोड रुपैयाँ खुद नाफा गरेको थियो।

बैंकको खुद ब्याज आम्दानी सामान्यरुपमा घटेपनि इम्पियरमेन्ट चार्ज २ अर्ब ८६ करोडबाट घटाएर १ अर्ब ७७ करोड रुपैयाँ कायम गरेका बैंकको खुद नाफामा वृद्धि देखिएको हो। 

विगत दुई वर्षयता वितरणयोग्य घाटामा रहेकाले लाभांश वितरण गर्न नसकेको यस बैंकको खराब कर्जा पछिल्लो समय बढेर ५.८६ प्रतिशत पुगेको छ। चालु आर्थिक वर्षको पहिलो त्रैमासमा पनि यस बैंकको खराब कर्जा ५ प्रतिशतभन्दा माथि नै थियो। 

चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा नेपाल बैंक लिमिटेडले १० करोड रुपैयाँ खुद नाफा गरेको छ। गत वर्षको यसै अवधिको तुलनामा बैंकको नाफा उल्लेखीय रुपमा घटेको छ भने दोस्रो त्रैमासमा  बैंक १४ करोड ११ करोड रुपैयाँले खुद नोक्सानीमा गएको छ।

बैंकको खुद ब्याज आम्दानी बढ्न नसकेकाले बैंकको खुद नाफा घटेको हो। यस अवधिमा बैंकको खराब कर्जा बढेर ४.९९ प्रतिशत पुगेको छ। गत वर्षको यसै अवधिमा बैंकको खराब कर्जा ४.५० प्रतिशत रहेको थियो। 

चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा बैंकले ६० करोड ७१ लाख रुपैयाँ वितरणयोग्य नाफा गरेको छ। गत वर्षको यसै अवधिमा बैंक ५६ करोड ९० लाख रुपैयाँले वितरणयोग्य घाटामा रहेको थियो।


प्रकाशित : सोमबार, माघ ७ २०८१०८:२३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend