शुक्रबार, जेठ २९ गते २०८३    
शुक्रबार, जेठ २९ २०८३

अर्थमन्त्रीको निशानामा सहसचिव – दीर्घ मैनालीलाई तालिम केन्द्र पुर्‍याइयो

बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, भदौ २७ २०७८
अर्थमन्त्रीको निशानामा सहसचिव – दीर्घ मैनालीलाई तालिम केन्द्र पुर्‍याइयो

अर्थमन्त्री जनार्दन शर्माले मन्त्रालयका पुराना सहसचिवहरूलाई एकपछि अर्को गर्दै बाहिर पठाएका छन्। अर्थ मन्त्रालयका क्याडरहरूलाई मन्त्रालयबाट बाहिर पठाउने क्रममा उनले पछिल्लोपटक सहसचिव दीर्घराज मैनालीको सरुवा गरेका छन्। 

काठमाडौं- अर्थमन्त्री जनार्दन शर्माले मन्त्रालयका पुराना सहसचिवहरूलाई एकपछि अर्को गर्दै बाहिर पठाएका छन्। अर्थ मन्त्रालयका क्याडरहरूलाई मन्त्रालयबाट बाहिर पठाउने क्रममा उनले पछिल्लोपटक सहसचिव दीर्घराज मैनालीको सरुवा गरेका हुन्। 

अर्थ मन्त्रालयको वित्तीय क्षेत्र एवं संस्थान समन्वय महाशाखा प्रमुखको रूपमा काम गरिरहेका उनलाई सार्वजनिक वित्त व्यवस्थापन तालिम केन्द्र पठाइएको छ। उनको ठाउँमा रमेश केसीलाई ल्याइएको छ। 

तालिम केन्द्रका तत्कालीन प्रमुख बाबुराम भण्डारीको ऊर्जा मन्त्रालयमा सरुवा भएपछि रिक्त स्थानमा मैनालीलाई पठाइएको हो। 

अर्थमन्त्री भएपछि शर्माले पुराना र क्याडर सहसचिवहरूलाई एकपछि अर्को गर्दै बाहिर पठाएका छन्। आन्तरिक राजस्व विभाग र भन्सार विभागका महानिर्देशकहरूलाई मन्त्रालय तानेर जिम्मेवार विहीन बनाइएको छ। 

'सबैभन्दा महत्त्वपूर्ण विभागका महानिर्देशकहरूलाई यसरी कामविहीन बनाइएको यो पहिलोपटक हो,' मन्त्रालय स्रोतले भन्यो।


प्रकाशित : आइतबार, भदौ २७ २०७८०९:३०
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend