शनिबार, फागुन १० गते २०८१    
शनिबार, फागुन १० २०८१
images
images

निक्षेपको ब्याजदर घट्ने क्रम रोकियो, अधिकांश बैंकको पुसकै ब्याजलाई माघमा पनि निरन्तरता

images
सोमबार, पुस २९ २०८१
images
images
निक्षेपको ब्याजदर घट्ने क्रम रोकियो, अधिकांश बैंकको पुसकै ब्याजलाई माघमा पनि निरन्तरता

राष्ट्र बैंकले मौद्रिक नीतिको पहिलो समीक्षामार्फत ब्याजदर कोरिडोर अन्तर्गतको नीतिगत दरमा कुनै पनि हेरफेर नगरी ५ प्रतिशतमा नै स्थिर राखेकाले बैंकहरु ब्याजदर स्थिर बनाउने मनोवैज्ञानिक दबाबमा परेका हुन्।

images
images

काठमाडौं- बैंक वित्तीय संस्थाहरुले माघका लागि निक्षेपको ब्याजदर सार्वजनिक गरेका छन्। अधिकांश बैंक वित्तीय संस्थाहरुले मंसिरदेखि नै ब्याजदरलाई स्थिरता दिइरहेका छन्। केही बैंकहरुले भने ३ महिनादेखि २ वर्ष अवधिको ब्याजदरमा सामान्य वृद्धि गरेका छन्।

images
images
images

एभरेष्ट, एनआईसी एसिया बैंकले छोटो अवधिको मुद्दती ब्याजदर सामान्यरुपमा बढाए पनि अन्य बैंकहरुले मंसिर तथा पुसकै दरलाई निरन्तरता दिएका छन्। 

images
images

बैंक वित्तीय संस्थाहरुको निक्षेप तथा कर्जाको ब्याजदर न्युनतम बिन्दुमा आएको भन्दै धेरै बैंकहरुले ब्याजदरलाई स्थिर बनाएका हुन्। राष्ट्र बैंकले ब्याजदर कोरिडोरको तल्लो सीमा निक्षेप संकलन दर ३ प्रतिशत कायम गरेर बैंकहरुको निक्षेप खरिद गरिरहेकाले पनि निक्षेपको ब्याजदर स्थिर बन्दै गएको हो। 

images
images
images

राष्ट्र बैंकले मौद्रिक नीतिको पहिलो समीक्षामार्फत ब्याजदर कोरिडोर अन्तर्गतको नीतिगत दरमा कुनै पनि हेरफेर नगरी ५ प्रतिशतमा नै स्थिर राखेकाले बैंकहरु ब्याजदर स्थिर बनाउने मनोवैज्ञानिक दबाबमा परेका हुन्। 

निक्षेपसँगै कर्जाको ब्याजदर पनि स्थिर हुन थालेको छ। बैंकहरुले यतिबेला न्युन बिन्दुमा रहेर कर्जा लगानी गरिरहेका छन्। व्यक्तिगत आवास निर्माण कर्जाको ब्याजदर यतिवेला ७ प्रतिशतभन्दा तल आइसकेको छ। अधिकांश बैंकहरुले ८ प्रतिशतभित्र रहेर ७ वर्षभन्दा बढी अवधिका लागि स्थिर ब्याजमा कर्जा प्रवाह गर्ने सूचना जारी गरिरहेका छन्। 

यस्तै सवारी खरिद कर्जा, व्यवसायिक कर्जा, चालु पुँजी कर्जाको ब्याजदर न्युन बिन्दुमा आएको छ। कर्जाको ब्याजदर निरन्तररुपमा घटेपनि बैंकहरुबाट व्यक्तिगत कर्जा प्रवाह भइरहेको छ भने व्यवसायीक कर्जाको माग बढ्न सकेको छैन।

पुसमा भने केही सकरात्मक संकेत देखिएको छ। यस अवधिमा करिब ६५ अर्बको हाराहारीमा कर्जा लगानी भएको राष्ट्र बैंकको तथ्याङ्कले देखाएको छ। 

माघ महिनामा वाणिज्य बैंकहरुतर्फ एनआईसी एसिया बैंकले ३ महिनासम्मको मुद्दती बचतमा ३.५० प्रतिशत र १ वर्षसम्मको अवधिको मुद्दती निक्षेपमा ४ प्रतिशत ब्याजलाई माघ पनि निरन्तरता दिएको छ। तर १ वर्षभन्दा बढी  ५ वर्षभन्दा कमको मुद्दती निक्षेपको ब्याजदर ४.६५ प्रतिशतबाट बढाएर ५ प्रतिशत पुर्याएको छ।

लक्ष्मी सनराइज बैंकले पुस महिनाकै निक्षेपको ब्याजदरलाई माघ पनि निरन्तरता दिएको छ। यस बैंकले ३ महिनादेखि ६ महिनासम्मको व्यक्तिगत मुद्दती बचतमा ४ प्रतिशत ब्याज दिइरहेको छ। यस बैंकले अधिकतम ५ वर्षभन्दा बढी अवधिको मुद्दती बचतमा ५.७५ प्रतिशत ब्याज माघमा पनि दिने भएको छ।

एभरेष्ट बैंकले ३ महिनादेखि २ वर्षसम्म अवधिको मुद्दती निक्षेपको ब्याजदर ०.२५ प्रतिशत आधार बिन्दुले बढाएको छ। पुसमा यस्तो निक्षेपमा ४ प्रतिशत ब्याजदर दिइरहेकोमा माघबाट ४.२५ प्रतिशत दिने भएको छ। यस बैंकले २ वर्षभन्दा बढी ५ वर्ष अवधिको मुद्दती निक्षेपमा ४.५ प्रतिशत र ५ वर्षभन्दा बढी अवधिको व्यक्तिगत मुद्दतीमा ६ प्रतिशत पुसकै ब्याजदरलाई माघमा  निरन्तरता दिएको छ।

प्रभु बैंकले यस महिना व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदरमा कुनै पनि हेरफेर गरेको छैन। पुसकै ब्याजदरलाई यस बैंकले माघ पनि निरन्तरता दिएको छ। बैंकले ६ महिनादेखि १ वर्ष अवधिको मुद्दतीमा ३.१ प्रतिशत, १ वर्षदेखि ५ वर्षसम्मको मुद्दती निक्षेपमा ४.१ प्रतिशत र ५ वर्षभन्दा बढी अवधिको मुद्दती बचतमा ५.१० प्रतिशत ब्याज माघ पनि दिने भएको छ।

नबिल बैंकले पनि मुद्दती निक्षेपमा पुस महिनाकै ब्याजदरलाई माघमा पनि निरन्तरता दिएको छ। यस बैंकले माघमा व्यक्तिगततर्फ मुद्दती निक्षेपतर्फ औषतमा ५ प्रतिशत र अधिकतम ५.७५ प्रतिशत ब्याजदर दिने भएको छ।

यस्तै नेपाल बैंक लिमिटेडले पनि २ वर्ष अवधिसम्मको मुद्दती निक्षेपमा ४.२०, २ वर्षभन्दा बढी ५ वर्षसम्म अवधिको मुद्दती निक्षेपमा ४.९ र ५ वर्षभन्दा बढी अवधिको मुद्दती निक्षेपमा ५.६० प्रतिशतको ब्याजदरलाई माघमा पनि निरन्तरता दिएको छ।

कुमारी बैंकले पनि माघमा कुनै पनि ब्याजदर परिवर्तन गरेको छैन। यस बैंकले मंसिरकै मुद्दती निक्षेपको ब्याजदरलाई माघमा निरन्तरता दिएको जनाएको छ।ग्लोबल आइएमई बैंक र सानिमा बैंकले पनि पुसकै निक्षेपको ब्याजदरलाई माघ पनि कायम राखेका छन्।


प्रकाशित : सोमबार, पुस २९ २०८१०७:४७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend