शुक्रबार, जेठ २९ गते २०८३    
शुक्रबार, जेठ २९ २०८३

हानको पहलमा पर्यटन श्रमिक लक्षित कार्यक्रम सुरु

बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, भदौ २७ २०७८
हानको पहलमा पर्यटन श्रमिक लक्षित कार्यक्रम सुरु

नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्र संघीय विकास कार्यक्रमबीच श्रमिक लक्षित कार्यक्रम सुरु गरिएको छ।

काठमाडौं- नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्र संघीय विकास कार्यक्रमबीच श्रमिक लक्षित कार्यक्रम सुरु गरिएको छ। 

दिगो पर्यटन परियोजना अन्तर्गत कोभिड–१९ का बाट अतिप्रभावित होटल उद्योगबाट रोजगारी गुमाएका श्रमिकहरुलाई लक्षित गरी ल्याइएको कार्यक्रमको कार्यान्वयका लागि होटल संघ नेपाल र नेपाल पर्यटन बोर्डबीच सम्झौता भएको थियो। 

सोही अनुसार काठमाडौं महानगरपालिकासँगको समन्वयमा आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रवेशद्वार अगाडि होटल संघका प्रथम उपाध्यक्ष विनायक शाहको अध्यक्षतामा कार्यक्रम सुरुवात गरिएको हो। 

श्रमिकहरुलाई दशैं अगाडि केही राहत पुग्ने र काठमाडौं उपत्यकाका पर्यटकीय स्थल, मठमन्दिर तथा बाटो घाटो सरसफाई र हरियाली गर्ने कार्यक्रमबाट काठमाडौं महानगरपालिकालाई पनि सहयोग पुग्ने बताइएको छ। 

यस कार्यक्रमको श्रम दिन पाँच हजार रहेको र एउटा श्रमिकले बढीमा ४० दिन काम गर्न सक्ने गरी योजना बनाइएको पनि होटल संघ नेपालमा उपाध्यक्ष शाहले बताए। 


प्रकाशित : आइतबार, भदौ २७ २०७८०८:३४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend