शुक्रबार, जेठ २९ गते २०८३    
शुक्रबार, जेठ २९ २०८३

प्रमुख भन्सार बिन्दुहरूमा 'भेइकल स्क्यानर' छिटो जडान गर्न निर्देशन

बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, भदौ २७ २०७८
प्रमुख भन्सार बिन्दुहरूमा  'भेइकल स्क्यानर'  छिटो जडान गर्न निर्देशन

अर्थमन्त्री जनार्दन शर्माले प्रमुख भन्सार बिन्दुहरूमा यथाशिघ्र 'भेइकल स्क्यानर' जडान गर्न निर्देशन दिएका छन्।

काठमाडौं- अर्थमन्त्री जनार्दन शर्माले प्रमुख भन्सार बिन्दुहरूमा यथाशिघ्र 'भेइकल स्क्यानर' जडान गर्न निर्देशन दिएका छन्।

भन्सार विभागले आयोजना गरेको दुई दिने भन्सार व्यवस्थापन गोष्ठीलाई सम्बोधन गर्दै मन्त्री शर्माले भेइकल स्क्यानर जडानको प्रक्रिया तत्काल अघि बढाउन निर्देशन दिएका हुन्।

भेइकल स्क्यानर जडान भएपछि भन्सार विन्दुमा आउजाउ गर्ने सवारी साधनमा लोड भएका मालवस्तु ‘म्यानुअल्ली’ चेकजाँच गर्नुपर्दैन । उनले मालवस्तुको वर्गिकरण र मूल्याङ्कनमा इमान्दारिता कायम गरी राजश्व संकलन बृद्धि गर्न कर्मचारीहरुलाई आग्रह गरेका छन्।

कार्यक्रममा अर्थसचिव मधु कुमार मरासिनीले भन्सार प्रशासनले तीन ‘स’ को अवधारणामा काम गर्न आग्रह गरे। सुधार, सहजीकरण र सुशासनको अवधारणालाई आत्मसात गरी काम गर्नुपर्नेमा जोड दिए। उनले सरुवाको लागि कुनै पनि दल, नेता वा संगठनको फोन लगाउने कार्य तत्काल बन्द गर्न निर्देशन दिए।

सरुवाको लागि फोन गराई दवाव सृजना गर्ने कर्मचारीहरुको माग सुनुवाई नहुने स्पष्ट पारे ।राजश्व सचिव कृष्णहरि पुष्करले सेवाग्राहीले कर्मचारीको इमान्दारितामाथि कुनै पनि प्रकारका प्रश्न उठाउन नसक्ने गरी काम गर्न निर्देशन दिए । उनले सेवाग्राहीका गुनासाहरुलाई तत्काल सम्बोधन गर्नेगरी काम गर्नुपर्नेमा जोड दिए । 

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले प्रतिस्थापन विधेयकमार्फत स्वदेशी उद्योगहरुको संरक्षण र प्रोत्साहन गर्नेगरी नीति आएकोमा सरकारलाई धन्यबाद दिएका थिए।

उनले करको दर हेरफेरमा निजी क्षेत्रको सुझाव समेटिएको बताए। स्वदेशी उद्योगलाई प्रोत्साहन गर्नको लागि कच्चा पदार्थ आयातमा तयारी वस्तुको तुलनामा दुई तह कम दरको कर लगाउनुपर्नेमा जोड दिए। भन्सार विभागका महानिर्देशक नारायण प्रसाद सापकोटाले लक्ष्यअनुसारको राजश्व संकलन गरिने प्रतिवद्धता गरे।


प्रकाशित : आइतबार, भदौ २७ २०७८०८:२८
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend