शुक्रबार, जेठ ४ गते २०८१    
images
images

अपि पावरले बोनस सेयरसँगै पुन हकप्रद सेयर दिने

images
बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, भदौ २७ २०७८
images
images
अपि पावरले बोनस सेयरसँगै पुन हकप्रद सेयर दिने

अपि पावर कम्पनी लिमिटेडले आफ्ना सेयरधनीहरूलाई १०.५० प्रतिशत बोनस सेयरसंगै पुन: हकप्रद सेयर पनि दिने भएको छ।

images
images

काठमाडौं- अपि पावर कम्पनी लिमिटेडले आफ्ना सेयरधनीहरूलाई १०.५० प्रतिशत बोनस सेयरसँगै पुन: हकप्रद सेयर पनि दिने भएको छ।

images
images
images

कम्पनीको भदौ २५ गते सम्पन्न १८औं वार्षिक साधारणसभाले आर्थिक वर्ष २०७७\७८ को मुनाफाबाट उक्त परिमाणको बोनस सेयर र ०.३९३६ प्रतिशत हकप्रद सेयर जारी गर्ने निर्णय गरेको छ।

images

कम्पनीले चालू आर्थिक वर्षबाट दार्चुलामा ४० मेगावाटको माथिल्लो चमेलिया जलविद्युत आयोजना निर्माण गरिरहेको छ। यस आयोजनाको निर्माण करिब ३५ प्रतिशत सम्पन्न भई सकेको कम्पनीले जानकारी दिएको छ । आयोजनाबाट आगामी वर्ष विद्युत उत्पादन गर्ने लक्ष्य राखिएको छ।

images
images

यसैगरी, चालू वर्षको मंसिरसम्म धनुषाको ढल्केबरमा १ मेगावाट र सिमरामा १ मेगावाटका सौर्य आयोजना सञ्चालनमा ल्याउने कम्पनीले जनाएको छ। यी सबै आयोजनाको निर्माणपछि अपि पावर ६२.५० मेगावाटका विद्युत आयोजना सञ्चालन गर्ने कम्पनी हुनेछ।

images
images


प्रकाशित : आइतबार, भदौ २७ २०७८०६:१३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend