शुक्रबार, जेठ २९ गते २०८३    
शुक्रबार, जेठ २९ २०८३

अपि पावरले बोनस सेयरसँगै पुन हकप्रद सेयर दिने

बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, भदौ २७ २०७८
अपि पावरले बोनस सेयरसँगै पुन हकप्रद सेयर दिने

अपि पावर कम्पनी लिमिटेडले आफ्ना सेयरधनीहरूलाई १०.५० प्रतिशत बोनस सेयरसंगै पुन: हकप्रद सेयर पनि दिने भएको छ।

काठमाडौं- अपि पावर कम्पनी लिमिटेडले आफ्ना सेयरधनीहरूलाई १०.५० प्रतिशत बोनस सेयरसँगै पुन: हकप्रद सेयर पनि दिने भएको छ।

कम्पनीको भदौ २५ गते सम्पन्न १८औं वार्षिक साधारणसभाले आर्थिक वर्ष २०७७\७८ को मुनाफाबाट उक्त परिमाणको बोनस सेयर र ०.३९३६ प्रतिशत हकप्रद सेयर जारी गर्ने निर्णय गरेको छ।

कम्पनीले चालू आर्थिक वर्षबाट दार्चुलामा ४० मेगावाटको माथिल्लो चमेलिया जलविद्युत आयोजना निर्माण गरिरहेको छ। यस आयोजनाको निर्माण करिब ३५ प्रतिशत सम्पन्न भई सकेको कम्पनीले जानकारी दिएको छ । आयोजनाबाट आगामी वर्ष विद्युत उत्पादन गर्ने लक्ष्य राखिएको छ।

यसैगरी, चालू वर्षको मंसिरसम्म धनुषाको ढल्केबरमा १ मेगावाट र सिमरामा १ मेगावाटका सौर्य आयोजना सञ्चालनमा ल्याउने कम्पनीले जनाएको छ। यी सबै आयोजनाको निर्माणपछि अपि पावर ६२.५० मेगावाटका विद्युत आयोजना सञ्चालन गर्ने कम्पनी हुनेछ।


प्रकाशित : आइतबार, भदौ २७ २०७८०६:१३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend