मंगलबार, जेठ ८ गते २०८१    
images
images

बिरामीलाई हेलिकप्टरकै भर

images
बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, भदौ २७ २०७८
images
images
बिरामीलाई हेलिकप्टरकै भर

महाभारत पर्वत शृङ्खला (डाँडापारि) अवस्थित महाभारत गाउँपालिका-५ बुढाखानीको २१ वर्षीया गर्भवती अनुशा तामाङका स्वास्थ्यमा समस्या देखिएपछि गत शुक्रबार उपचारार्थ हेलिकप्टरबाट काठमाडौं लगियो।

images
images

काभ्रेपलाञ्चोक- महाभारत पर्वत शृङ्खला (डाँडापारि) अवस्थित महाभारत गाउँपालिका-५ बुढाखानीको २१ वर्षीया गर्भवती अनुशा तामाङका स्वास्थ्यमा समस्या देखिएपछि गत शुक्रबार उपचारार्थ हेलिकप्टरबाट काठमाडौं लगियो।

images
images
images

लामो ‘ब्यथा’ लाग्नुका साथै दिसापिसाव रोकिएपछि स्थानीय स्वास्थ्य संस्थामा उपचार सम्भव नभएपछि उनीलाई तत्काल हेलिकप्टरको व्यवस्थापन गरी प्रसूतिगृह थापाथली लगिएको वडाध्यक्ष रविन मोक्तानले जानकारी दिए। उनका अनुसार वर्षाले कच्ची सडक विभिन्न स्थानमा क्षति पुर्‍याएपछि सदरमुकामस्थित अस्पतालमा ल्याउन सम्भव छैन।  

images

‘निःशुल्क हवाई उद्धार निर्देशिका-२०७७ अनुसार अनुशालाई सेवा दिइएको हो’, गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बाले भने। उनले हालसम्म ६ हवाई सेवा प्राप्त गरेको जानकारी दिए। ‘लामो कच्ची सडकमा वर्षायाममा बिरामीलाई लैजान कठिन हुने भएकाले डाँडापारिका जनताले हेलिकप्टरकै भर पर्नुपर्ने हुन्छ’ उनले भने। 

images
images

यसअघि गत साउन अन्तिम हप्ता डाँडापारिस्थित खानीखोला गाउँपालिका-४ डाँडागाउँका ७० वर्षीया सुन्तामाया जिम्बालाई उपचारका लागि हेलिकप्टरमार्फत धुलिखेल अस्पताल ल्याइएको थियो। टाउको दुख्ने र हात झम्झमाउने रोगबाट पीडित उनलाई पनि गाउँको कच्ची सडकबाट एम्बुलेन्समा ल्याउन सम्भव नहुँदा हवाई चार्टर्ड गर्नुपर्ने बाध्यता बनेको थियो। तत्कालीन समयमा उहाँका आफन्तले ७० हजार रूपैयाँ भाडा तिरेर धुलिखेल ल्याउनुपरेको थियो। 

images
images

गतवर्षको साउनमै सोही वडास्थित जगथलीको एक गर्भवतीको हेलिकप्टरमार्फत नै उद्धार गरिएको थियो। केही दिनदेखि ब्यथाले च्यापेपछि उनलाई अस्पताल लैजानुको विकल्प नभएपछि हेलिकप्टर मगाइएको गाउँपालिका अध्यक्ष कृष्णबहादुर खुलाल बताए। ‘गम्भीर प्रकृतिको बिरामी पर्दा वर्षायामका बेला हेलिकप्टरको विकल्प छैन’, उनले भने।

गतसाल नै तीन दिनदेखि झाडापखालाले ग्रस्त खानीखोला गाउँपालिका-६ को १७ वर्षीया रञ्जिता थोकरलाई उपचारार्थ अस्पताल लैजान हेलिकप्टर गाउँ पुर्‍याइयो। तर हेलिकप्टर रित्तै फर्कनुपर्‍यो। विडम्बना, हेलिकप्टर गाउँ पुग्दैगर्दा उहाँको स्थानीय स्वास्थ्य संस्थामा उपचारका क्रममै मृत्यु भइसकेको थियो। थप उपचारका लागि काठमाडौं लैजान परिवार र जनप्रतिनिधिले निर्णय गरे तर, उनको जीवन बच्न सकेन।

वर्षायाममा ग्रामीण भेगमा भएका सडक भत्किने र पहिराले अवरुद्ध पर्दा जिल्लाको दक्षिणी क्षेत्र महाभारत डाँडापारिका बासिन्दाले बिरामी पर्दा हेलिकप्टरको भर पर्नुपर्ने हुन्छ। हेलिकप्टरको भाडा तिर्न नसक्नेले उपचारबाट बञ्चित हुनुपर्ने बाध्यता पनि देखिएको छ। डाँडापारिस्थित टाढाको विकट क्षेत्रमा महङ्गो भए पनि सडक अवरुद्ध हुँदा हेलिकप्टर निकै सजिलो साधन मानिन्छ।

मनसुन सुरु भएसँगै बाढीपहिराले डाँडापारिका कच्ची सडक अवरुद्ध हुँदा गाउँपालिकामार्फत हेलिकप्टर ‘चार्टर्ड’ गर्नुपर्ने खुलालले बताए। ‘पहिले पनि समयमै उपचार नपाउँदा केही गर्भवती तथा सुत्केरी र बिरामीको गाउँमै मृत्यु हुन्थ्यो, अहिले स्थानीय तहको सहयोगमा स्वास्थ्य जोखिम भएकालाई केही सहजता भएको छ’ उनले भने। 

भौगोलिक विकटता तथा जारी अविरल वर्षाका कारण कच्ची सडक अवरुद्ध हुँदा काभ्रेका डाँडापारि क्षेत्रका दुई गाउँपालिका खानीखोला र महाभारतमा हवाई उद्धार गर्नुपर्ने बाध्यता रहँदै आएको छ। महाभारतका अध्यक्ष जिम्बाले वर्षायाममा डाँडापारि क्षेत्रमा बिरामीको उद्धारमा निकै कठिनाइ हुने गरेको दुःखेसो गर्छन्। 

हेलिकप्टरबाट बिरामी/गर्भवतीको उपचाररार्थ उद्धार गरिए पनि जिल्ला सदरमुकामका अस्पताल लैजान हवाई अवतरण गर्न अर्को व्यवस्थापन गर्नुपर्ने हुँदा काठमाडौं लैजानुपर्ने अर्को बाध्यता रहेको छ। रासस


प्रकाशित : आइतबार, भदौ २७ २०७८०५:५८
  • सम्बन्धित विषय:

  • # हेलिकोप्टर
  • # स्वास्थ्य
  • प्रतिक्रिया दिनुहोस
    कार्यकारी सम्पादक

    केदार दाहाल

    सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

    २८३८/०७८-७९

    © 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend