शुक्रबार, जेठ २९ गते २०८३    
शुक्रबार, जेठ २९ २०८३

ल्यूव आयलले ३० प्रतिशत बोनस सेयर दिने

बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, भदौ २७ २०७८
ल्यूव आयलले ३० प्रतिशत बोनस सेयर दिने

नेपाल ल्यूव आयल लिमिटेडले ३० प्रतिशत बोनस सेयर दिने भएको छ। कम्पनीले थप ५ प्रतिशत कर प्रयोजनका लागि नगद लाभांश समेत वितरण गर्ने प्रस्ताव आगामी साधारण सभामा पेश गर्ने भएको हो।

काठमाडौं- नेपाल ल्यूव आयल लिमिटेडले ३० प्रतिशत बोनस सेयर दिने भएको छ। कम्पनीले थप ५ प्रतिशत कर प्रयोजनका लागि नगद लाभांश समेत वितरण गर्ने प्रस्ताव आगामी साधारण सभामा पेश गर्ने भएको हो।

कम्पनीले असोज १८ गते ३० औं वार्षिक साधारण सभा कम्पनीको कार्यालय झम्सिखेलमा विहान ११ः३० बजे भर्चुअल माध्यमबाट गर्ने भएकोे छ । साथै सर्वसाधारण तर्फबाट सञ्चालक नियुक्ति गर्नेछ ।

सभाले गत आर्थिक वर्ष ०७७\७८ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्दै आर्थिक वर्ष ०७८\७९ का लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारणको विषयलाई अन्तिम रुप दिनेछ।

साधारण सभा प्रयोजनका लागि कम्पनीले असोज ५ गतेदेखि बुक क्लोज गर्दैछ । बुक क्लोजको आधारमा असोज ४ गतेसम्म कायम शेयरधनीहरु मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्नेछन्।

 


प्रकाशित : आइतबार, भदौ २७ २०७८०४:५०
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend