शुक्रबार, जेठ ४ गते २०८१    
images
images

बीमा संस्थानले दुई अर्ब चुक्ता पुँजी पुर्‍याउने

images
बिजनेस न्युज
बिजनेस न्युज
शनिबार, भदौ २६ २०७८
images
images
बीमा संस्थानले दुई अर्ब चुक्ता पुँजी पुर्‍याउने

जीवन बीमा प्रदायक कम्पनी राष्ट्रिय बीमा संस्थानले आगामी असार मसान्तसम्म दुई अर्ब रुपैयाँ चुक्ता पूँजी पुर्याउने भएको छ।

images
images

काठमाडौं- जीवन बीमा प्रदायक कम्पनी राष्ट्रिय बीमा संस्थानले आगामी असार मसान्तसम्म दुई अर्ब रुपैयाँ चुक्ता पूँजी पुर्‍याउने भएको छ।

images
images
images

संस्थानको शनिबार संस्थान परिसरमा सम्पन्न ३१ औं साधारणसभामा बोल्दै सञ्चालक समितिका अध्यक्ष गंगाराम कँडेलले दुई अर्ब चुक्ता पूँजी पुर्याउने घोषणा गरेका हुन्। संस्थानले पूँजी योजना तयार गरी अर्थमन्त्रालयमा स्वीकृतिमा लागि पठाइएको समेत कँडेलले जानकारी दिए।
 
कोरोना प्रभावका बाबजुद पनि संस्थानले गत आर्थिक वर्ष २०७७\७८ मा सात अर्ब ५७ करोड १३ लाख रुपैयाँ खुद प्रिमियम संकलन गरेको बताए। सोही अवधिमा तीन अर्ब १९ करोड ८७ लाख दाबी भुक्तानी गर्नुका साथै आर्थिक वर्षको अन्त्यमा जीवन बीमा कोषमा ३२ अर्ब ९३ करोड ६१ लख रहेको अध्यक्ष कँडेलले जानकारी दिए।

images

संस्थानको लामो समयदेखि बाँकी रहेको आ.व. २०६६\६७, २०६७\६८ र २०६८\६९ को लेखा परीक्षण तथा साधारणसभा गरिएको हो । संस्थानले आ.व. २०६६\६७ मा तीन अर्ब चार करोड चार लाख १६ अजार ८२३ आम्दानी गरेको छ भने  २०६७\६८ मा तीन अर्ब ७८ करोड ७० लाख ७४ हजार ३१७ रुपियाँ आम्दानी गरको छ । यस्तै २०६८\६९ मा तीन अर्ब ९० करोड ५७ लाख ८४ हजार २२७ आम्दानी गरेको छ।

images
images

संस्थानले विगतमा ‘डस’ प्रविधिमा आधारित काम गरेकोमा अब डिजिटल प्रविधिबाट काम गर्न सक्ने भएको भन्दै संस्थानका प्रशासक कवि प्रसाद पाठकले आ.व. २०६६\६७ को तुलनामा पछिल्ला वर्षहरुमा बीमा क्षेत्रमा रहेका विविध चुनौतिहरुको सामना गर्दै संस्थानले व्यवसायमा उल्लेख्य बृद्धि गर्दै गएको बताए।

images
images

बीमा समितिले आर्थिक वर्ष २०६६\६७, २०६७\६८ र २०६८\६९ को लेखापरिक्षण प्रतिवेदन स्वीकृत गरे सँगै साधारणसभा सम्पन्न गरेको हो। संस्थान, बीमा समिति, महालेखा परिक्षकको कार्यालय र अर्थमन्त्रालयको समन्वयमा उक्त तीन आर्थिक वर्षको लेखापरिक्षण सम्पन्न गर्ने सहमति भएको थियो।

कतिपय पुराना हिसाव नभेटिएको तथा हिसाव कितावको रेकर्ड नै नष्ट गरेका कारण पनि लेखापरीक्षण हुन सकेको थिएन। महालेखा परीक्षणकको कार्यालय तथा अर्थमन्त्रालयले पटक पटक हिसाब मिलाउन तथा लेखापरीक्षण गर्न निर्देशन दिए पनि काम पुरा हुन सकेको थिएन। यसले गर्दा तीन वटै निकायको रोहवरमा उक्त लेखापरिक्षण सम्पन्नका लागि बाटो खुलाइएको हो।

आर्थिक वर्ष २०६६\६७, २०६७\६८ र २०६८\६९ को साधारणसभा सम्पन्न भएसँगै अर्को तीन आर्थिक वर्ष २०६९\७०, २०७०\७१, २०७१\७२ को पनि लेखापरीक्षकबाट प्रतिवेदन प्राप्त भई गत असार ३१ गते स्विकृतिको लागि बीमा समितिमा पठाइ सकिएको संस्थानले जनाएको छ।

महालेखापरीक्षकको कार्यालयबाट परामर्श प्राप्त भई आ.व. २०७२\७३, २०७३\७४ र २०७४\७५ को लेखापरीक्षण समयमा सम्पन्न गर्नका लागि पनि साधारणसभाले दुई जना लेखापरीक्षक नियुक्त गरेको छ।


प्रकाशित : शनिबार, भदौ २६ २०७८०१:०८
  • सम्बन्धित विषय:

  • # बीमा
  • # बित्त
  • प्रतिक्रिया दिनुहोस
    कार्यकारी सम्पादक

    केदार दाहाल

    सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

    २८३८/०७८-७९

    © 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend