शुक्रबार, जेठ २९ गते २०८३    
शुक्रबार, जेठ २९ २०८३

चितवन राष्ट्रिय निकुञ्जमा अर्ना मृत भेटियो, मृत्युको कारण खुलेन

बिजनेस न्युज
बिजनेस न्युज
शनिबार, भदौ २६ २०७८
चितवन राष्ट्रिय निकुञ्जमा अर्ना मृत भेटियो, मृत्युको कारण खुलेन

चितवन राष्ट्रिय निकुञ्जको पुरानो पदमपुरस्थित खुला खोरमा राखिएको एउटा अर्ना मृत अवस्थामा फेला परेको छ। मृत्युको कारण खुल्न सकेको छैन।

चितवन- चितवन राष्ट्रिय निकुञ्जको पुरानो पदमपुरस्थित खुला खोरमा राखिएको एउटा अर्ना मृत अवस्थामा फेला परेको छ। मृत्युको कारण खुल्न सकेको छैन।

निकुञ्जले शनिबार जारी गरेको सूचनामा शुक्रबार पोथी बयस्क अर्ना मृत फेला परेको उल्लेख छ। त्यही खोरमा अन्दाजी दुई दिन अगाडि जन्मिएको अर्नासमेत फेला परेको छ । 

खोरमा १२ अर्ना थिए। यस निकुञ्जमा १२ कोशी टप्पु वन्यजन्तु आरक्षबाट र ३ चिडियाखानाबाट स्थानान्तरण गरी जम्मा १५ वटा अर्ना ल्याइएको थियो। यहांँ ल्याएपछि ७ वटा बच्चा जन्मिएका छन्। विभिन्न कारणले १० अर्ना मरेका कारण १२ वटा अर्ना मात्र बांँकी छन्। रासस


प्रकाशित : शनिबार, भदौ २६ २०७८१२:१४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend