बिहीबार , जेठ ३ गते २०८१    
images
images

यी हुन कर बढेसँगै मूल्य बढ्ने मोटरसाइकल

images
शनिबार, भदौ २६ २०७८
images
images
यी हुन कर बढेसँगै मूल्य बढ्ने मोटरसाइकल

जसका कारण नेपाली बजारमा बिक्री भइरहेका दर्जन भन्दा बढी मोडलका मोटरसाइकल÷स्कुटरको मूल्यमा बढ्ने भएको छ। तर, नेपालमै एसेम्बल हुने दुई वटा कम्पनी बजाज र टीभीएसको मोटरसाइकको मूल्यमा भने बढेको अन्तःशुल्कको असर पदैन्।

images
images

काठमाडौं- सरकारले ल्याएको प्रतिस्थापन विधेयकमार्फत आयात गरिने तयारी मोटरसाइकल/स्कुटरमा अन्तःशुल्क बढेको छ। जसका कारण नेपाली बजारमा बिक्री भइरहेका दर्जनभन्दा बढी मोडलका मोटरसाइकल/स्कुटरको मूल्य बढ्ने भएको छ। तर, नेपालमै एसेम्बल हुने दुई वटा कम्पनी बजाज र टीभीएसको मोटरसाइकलको मूल्यमा भने बढेको अन्तःशुल्कको असर पदैन।

images
images
images

सरकारले लिएको नीतिका कारण विषेश गरि १२५ सीसी नाघेका तर १ सय ५५ सीसी ननाघेका आयात गरिने तयारी मोटरसाइकलको मूल्यमा भने प्रत्यक्ष असर पर्दछ।

images

१२५ सीसी नाघेका तर १५५ सीसी ननाघेको आयात गरिने तयारी र नेपालमै एसेम्बल हुने बाहेकको मोटरसाइकल/स्कुटरको सडक सम्भार शुल्क पनि प्रतिगोटा ३ हजार रुपैयाँ नै बढेको छ। यसबाट नेपालमै एसेम्बल हुने मोटरसाइकलको मूल्य पनि केही मात्रामा बढ्न सक्छ।

images
images

कर बढेपछि बजारमा बजाज र टीभीएससँग प्रतिस्पर्धामा रहेको यामाहालाई सबैभन्दा ठूलो असर गरेको छ। बजाज र टीभीएस नेपालमै एसेम्बल हुने हुँदा अन्तशूल्कमा ५० प्रतिशत छुट व्यवस्था गरिएको छ।

images
images

जसबाट उनीहरूलाई कुनै असर नगरे पनि उनीहरूसँगै बजारमा प्रतिस्पर्धा गरिरहेका यामाहा, अप्रिलिया, भेष्पा, सुजुकी, हिरो, होण्डा लगायत ब्रान्डका विभिन्न मोडलमा बढेका अन्तःशुल्कले असर गर्नेछ।

१२५ सीसी नाघेका तर १५५ सीसी ननाघेका यामाहाका एफजेड सिरिजका मोटरसाइकल बजारमा लोकप्रिय नै छ। यही क्षमताको मोटरसाइकमा यामाहासहित अन्यलाई प्रतिस्पर्धा गर्न असहज हुने भएको छ।

यी हुन् कर बढेसँगै मूल्य बढ्ने मोटरसाइकल/स्कुटर

- अप्रिलिया एसआर-१५४.८ सीसी

- भेस्पा भीएक्सएल-१४९ सीसी

- बेनेली जेन जेरो-१५० सीसी 

- यामाहा एन म्याक्स-१५५ सीसी

- यामाहा एसजेड-१५० सीसी

- यामाहा एफजेड १६ एफआई-१५० सीसी

- यामाहा एफजेड एफआई भीथ्री-१५० सीसी

- यामाहा एफजेडएस एफआई डीडी-१५० सीसी

- यामाहा एफजेडएस एफआई भीथ्री-१५० सीसी

- यामाहा एमटी १५-१५५ सीसी

- यामाहा आर१५-१५५ सीसी

- सुजुकी जिक्सर एसएफ १५०-१५४.९ सीसी

- जिक्सर १५०-१५४.९ सीसी

- जिक्सर डीटीडीडी-१५४.९ सीसी

- हिरो हंक १५० आर-१५० सीसी

- होन्डा सीबी युनिकर्न-१५० सीसी

यसकारण बढ्छ मूल्य

सरकारले यसअघि १५५ सीसी ननाघेको मोटरसाइकलमा ४० प्रतिशत अन्तशुल्क लगाएको थियो भने १५५ सीसीदेखि २५० सीसीसम्मका मोटरसाइलमा ४० प्रतिशत नै अन्तशुल्क थियो।

तर प्रतिस्थापन विधेयमा मोटरसाइकलको वर्गीकरण नै परिवर्त गरिएको छ। १२५ सीसी ननाघेका मोटरलाइलमा ४० प्रतिशत, १२५ सीसी नाघेका तर, २ सय सीसी ननाघेकाको हकमा ५० प्रतिशत र २ सय सीसी नाघेको तर, २५० सीसी ननाघेका मोटरसाइलकमा ६० प्रतिशत अन्तशुल्क लाग्ने व्यवस्था गरेको छ।

यसैगरि ५ सयदेखि ८ सय सीसीसम्मका मोटरसाइलमा ८० प्रतिशत अन्तशुल्क थियो। अहिले यो वर्गका मोटरसाइकलमा १०० प्रतिशत अन्तशुल्क लाग्ने व्यवस्था गरिएको छ। 

निर्माण दस्तुरसमेत वृद्धि

सरकारले ल्याएको प्रतिस्थापन विधेयकबाट सडक निर्माण दस्तुर समेत बढाएको छ। सरकारले कर उठाउनकै लागि मोटरसाइकलको वर्गीकरण थप गरेको छ।

यसअघि १ सय ५५ सीसीसम्मका मोटरसाइकमा १५ हजार रुपैयाँ, १५५-२५० सीसीसम्मका मोटरसाइकलमा १८ हजार रुपैयाँ, २५०-४०० सीसीससम्मका मोटरसाइकलमा ५० हजार रुपैयाँ र ४ सय सीसीभन्दा माथिका मोटरसाइकलमा  १ लाख रुपैयाँ सडक निर्माण दस्तुर लाग्थ्यो। 

तर प्रतिस्थापन विधेयकमा वर्गीकरण थप गरि सडक निर्माण दस्तुर बढाइएको छ। नयाँ व्यवस्था अनुसार १२५ सीसीसम्मका मोटरसाइकल तथा स्कुटरमा १५ हजार रुपैयाँ, १२५-२५० सीसीसम्मका मोटरसाइकलमा १८ हजार रुपैयाँ, २५०-४०० सीसीसम्मका मोटरसाइकलमा ५० हजार रुपैयाँ र ४०० सीसीमाथिका मोटरसाइकलमा १ लाख रुपैयाँ सडक निर्माण दस्तुर लाग्ने व्यवस्था गरिएको छ।


प्रकाशित : शनिबार, भदौ २६ २०७८१२:०४
  • सम्बन्धित विषय:

  • # माेटरसाइकल
  • # माेटरसाइकलकाे कर
  • # माेटरसाइकलकाे मूल्य


  • प्रतिक्रिया दिनुहोस
    कार्यकारी सम्पादक

    केदार दाहाल

    सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

    २८३८/०७८-७९

    © 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend