शुक्रबार, जेठ २९ गते २०८३    
शुक्रबार, जेठ २९ २०८३

एमसीसी उपाध्यक्ष फातिमालाई देउवाले भने - अहिले नै एमसीसीको विषयमा अन्तिम धारणा नबनाउनुस्

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, भदौ २५ २०७८
एमसीसी उपाध्यक्ष फातिमालाई देउवाले भने - अहिले नै एमसीसीको विषयमा अन्तिम धारणा नबनाउनुस्

प्रधानमन्त्री देउवाले आर्थिक रूपान्तरणसहितको नेपाल र अमेरिका सहयोगबारे विचार आदान प्रदान गरेको पनि बताएका थिए।

काठमाडौं- अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) की उपाध्यक्ष फातिमा सुमारले प्रधानमन्त्री शेर बहादुर देउवालाई बालुवाटारमा भेट गरेकी छन्।  

एमसीसी परियोजना स्वीकृत गर्ने या नगर्ने विषयमा विवाद भइरहेको एमसीसीको टोलीबीच प्रधानमन्त्री निवास बालुवाटारमा भेट गरेकी छन्। बालुवाटार स्रोतले दिएको जानकारी अनुसार उपाध्यक्ष सुमारले एमसीसीको विषयमा चासो राख्दै नेपालको धारणा सोधेको जानकारी दिएको छ।

प्रधानमन्त्री देउवाले आर्थिक रूपान्तरणसहितको नेपाल र अमेरिका सहयोगबारे विचार आदान प्रदान गरेको पनि बताएका थिए।

देउवाले सुमारलाई छिट्टै संसदमा एमसीसी सम्झौताको प्रस्ताव पेश गर्नका लागि राजनीतिक दलहरूसँग छलफल चलिरहेकोले अहिलेनै अन्तिम धारणा नबनाउन आग्रह गरेको समेत बालुवाटार स्रोतले जानकारी दिएको।

‘हामी एमसीसीकै पक्षमा छौ, नेपालका लागि आवश्यक परियोजना हो, सहमतिमा छिट्टै निर्णय लिने छौ,’ प्रधानमन्त्रीको धारणा उदृत गर्दै बालुवाटार स्रोतले भन्यो। उपाध्यक्ष फातिमाले नेपालको संविधान भन्दा माथि एमसीसी नरहेकोले गलत धारणालाई चिर्दै परियोजना अगाडि बढाउन प्रधानमन्त्रीलाई आग्रह गरेकी थिइन।


प्रकाशित : शुक्रबार, भदौ २५ २०७८१३:४४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend