मंगलबार, वैशाख ११ गते २०८१    
images
images

एमसीसी उपाध्यक्ष फातिमालाई देउवाले भने - अहिले नै एमसीसीको विषयमा अन्तिम धारणा नबनाउनुस्

images
बिजनेस न्युज
images
images
एमसीसी उपाध्यक्ष फातिमालाई देउवाले भने - अहिले नै एमसीसीको विषयमा अन्तिम धारणा नबनाउनुस्

प्रधानमन्त्री देउवाले आर्थिक रूपान्तरणसहितको नेपाल र अमेरिका सहयोगबारे विचार आदान प्रदान गरेको पनि बताएका थिए।

images
images

काठमाडौं- अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) की उपाध्यक्ष फातिमा सुमारले प्रधानमन्त्री शेर बहादुर देउवालाई बालुवाटारमा भेट गरेकी छन्।  

images
images
images

एमसीसी परियोजना स्वीकृत गर्ने या नगर्ने विषयमा विवाद भइरहेको एमसीसीको टोलीबीच प्रधानमन्त्री निवास बालुवाटारमा भेट गरेकी छन्। बालुवाटार स्रोतले दिएको जानकारी अनुसार उपाध्यक्ष सुमारले एमसीसीको विषयमा चासो राख्दै नेपालको धारणा सोधेको जानकारी दिएको छ।

images

प्रधानमन्त्री देउवाले आर्थिक रूपान्तरणसहितको नेपाल र अमेरिका सहयोगबारे विचार आदान प्रदान गरेको पनि बताएका थिए।

images

देउवाले सुमारलाई छिट्टै संसदमा एमसीसी सम्झौताको प्रस्ताव पेश गर्नका लागि राजनीतिक दलहरूसँग छलफल चलिरहेकोले अहिलेनै अन्तिम धारणा नबनाउन आग्रह गरेको समेत बालुवाटार स्रोतले जानकारी दिएको।

images
images

‘हामी एमसीसीकै पक्षमा छौ, नेपालका लागि आवश्यक परियोजना हो, सहमतिमा छिट्टै निर्णय लिने छौ,’ प्रधानमन्त्रीको धारणा उदृत गर्दै बालुवाटार स्रोतले भन्यो। उपाध्यक्ष फातिमाले नेपालको संविधान भन्दा माथि एमसीसी नरहेकोले गलत धारणालाई चिर्दै परियोजना अगाडि बढाउन प्रधानमन्त्रीलाई आग्रह गरेकी थिइन।

images

प्रकाशित : शुक्रबार, भदौ २५ २०७८०१:४४
प्रतिक्रिया दिनुहोस