शुक्रबार, जेठ २९ गते २०८३    
शुक्रबार, जेठ २९ २०८३

कर्णाली प्रदेशमा सय नेपालीलाई रोजगारी दिने कम्पनीलाई १५ वर्षसम्म आयकर छुट 

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, भदौ २५ २०७८
कर्णाली प्रदेशमा सय नेपालीलाई रोजगारी दिने कम्पनीलाई १५ वर्षसम्म आयकर छुट 

आज अर्थमन्त्री जनार्दन शर्माले प्रतिनिधिसभामा प्रस्तुत गरेको प्रतिस्थापन आर्थिक विधेयक मार्फत सो छुट दिने प्रस्ताव गरेका हुन्। 

काठमाडौं- कर्णाली प्रदेशमा स्थापना भएर एक सय नेपाली नागरिकलाई प्रत्यक्ष रोजगारी दिने कम्पनीलाई १५ वर्षसम्म आयकर छुट पाउने भएका छन्। 

आज अर्थमन्त्री जनार्दन शर्माले प्रतिनिधिसभामा प्रस्तुत गरेको प्रतिस्थापन आर्थिक विधेयक मार्फत सो छुट दिने प्रस्ताव गरेका हुन्। 

आयकर ऐनको दफा ११ को उपदफा ३ को खण्ड ख मा थप व्यवस्था गर्दै यो सुविधा दिने प्रस्ताव गरिएको हो। 

प्रकाशित : शुक्रबार, भदौ २५ २०७८१२:४९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend