शुक्रबार, जेठ २९ गते २०८३    
शुक्रबार, जेठ २९ २०८३

युटुबरलाई १ प्रतिशत कर लाग्‍ने 

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, भदौ २५ २०७८
युटुबरलाई १ प्रतिशत कर लाग्‍ने 

सरकारले शुक्रबार प्रतिनिधिसभामा प्रस्तुत गरेको प्रतिस्थापन विधेयक मार्फत विदेशबाट भएको आम्दानीको भुक्तानी दिने संस्थाले सुरुमै १ प्रतिशत अग्रिम कर उठाउनुपर्ने छ। 

काठमाडौं- नेपालमा सामाजिक सञ्जालमा कुनै पनि सामग्री अपलोड गरी विदेशबाट आम्दानी गर्नेहरूलाई १ प्रतिशत अग्रिम कर लाग्‍ने भएको छ। 

सरकारले शुक्रबार प्रतिनिधिसभामा प्रस्तुत गरेको प्रतिस्थापन विधेयकमार्फत विदेशबाट भएको आम्दानीको भुक्तानी दिने संस्थाले सुरुमै १ प्रतिशत अग्रिम कर उठाउनुपर्ने छ। 

सामाजिक सञ्जालमा श्रव्यदृश्य सामग्री अपलोड गरे बापत विदेशी मुद्रामा भुक्तानी प्राप्त गर्नेहरूलाई भुक्तानी दिने बैङ्क, वित्तीय संस्था तथा मनी ट्रान्सफर गर्ने संस्थाले त्यस्तो भुक्तानी प्रदान गर्दा प्राप्त रकमको एक प्रतिशतका दरले अग्रिम कर असुल गर्नुपर्ने छ। 

त्यस्तै नेपाल बाहिर सफ्टवेयर वा यस्तै प्रकृतिको अन्य काम गर्नेहरूले विदेशी मुद्रामा आम्दानी गरेमा त्यस्तो रकम भुक्तानीमा पनि १ प्रतिशत कर लाग्ने छ। 


प्रकाशित : शुक्रबार, भदौ २५ २०७८११:१७
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend