बुधबार, असोज ९ गते २०८१    
images
images

मर्मतका क्रममा सुरक्षामा गम्भीर लापरबाही गरेको सूचनापछि निगमको न्यारोबडी उडानमा रोक

images
मंगलबार, भदौ ११ २०८१
images
images
मर्मतका क्रममा सुरक्षामा गम्भीर लापरबाही गरेको सूचनापछि निगमको न्यारोबडी उडानमा रोक
images
images

काठमाडौं- मर्मतका क्रममा सुरक्षामा गम्भीर लापरबाही गरेको सूचना पाएपछि नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपाल वायुसेवा निगमको न्यारोबडी ए ३२० कलसाइन एकेडब्लू जहाज उडानमा रोक लगाएको छ। यो जहाज आइतबार राति मलेसिया उड्ने क्रममा हाइड्रोलिक स्टिममा समस्या देखिएपछि ग्राउन्डेड भएको थियो।

images
images
images

हाइड्रोलिक स्टिमको तीनवटा पार्टमध्ये 'एल्लो सेलेक्टर भल्व' मा समस्या देखिएको थियो। मर्मतका लागि काम गर्दैगर्दा प्राविधिक इन्जिनियरले सोही भल्व खोल्नुपर्नेमा ह्यान्ड पम्प भल्व खोलेका थिए। ह्यान्ड पम्प भल्व खुलेपछि त्यहाँ प्रयोग भएको रबर सिल ड्यामेज भएको थियो। जुन कुरा प्राविधिकले लक बुकमा समेत उल्लेख गर्दै  माग फारम भरेका  निगम स्रोले बताएको छ।

सिल ड्यामेज भएपछि लिक भएको थियो। यतिसम्म कि तत्कालका लागि लिकेज रोक्न सवारीसाधनको सामान जहाजमा प्रयोग गरिएको थियो। तर फेरि आज त्यही ड्यामेज सिललाई सुपर ग्लु लगाउँदै लिकेज रोकेर जहाज उडानका लागि रिलिज गरिएको सूचना प्राधिकरणमा आएको थियो। सूचना आएलगत्तै प्राधिकरणले आफ्नो प्राविधिलाई जहाज रि-चेक गर्न निर्देशन दिएको छ।

एकपटक सिल झिकेपछि पुन: प्रयोग गर्न पाइँदैन। त्यसमा पनि ड्यामेज सिललाई नै टाँसेर जहाज उडान गर्न लागेको सूचना प्राधिकरणले प्राप्त गरेको थियो। तर जहाज उडानका लागि रिलिज भएलगत्तै भर्‍याङले पछाडि भागमा छोएपछि पुन: मर्मत गरिरहेको बेला प्राधिकरणले जहाज उडानका रोक लगाएको हो।

images

प्राधिकरणका स्रोतका अनुसार जहाज मर्मतको विषयमा केही सूचना प्राप्त भएपछि प्राधिकरणले प्राविधिक जाँच नगरेसम्म जहाज नउडाउन निर्देशन दिइएको हो।

निगमले भने जहाज आज मंगलबार दिउँसो नै उडान गर्ने भन्दै हिजो सोम्बार नै सूचना जारी गरेको थियो। जहाज ग्राउन्डेड भएपछि अधिकारीको व्यवस्थापकीय भूमिकालाई लिएर विरोध भइरहेको थियो। अधिकारीले नै विरोध थेग्नका लागि सुरक्षामा गम्भीर असर गर्नेगरी अस्थायी सिल टाँसेर जहाज उडानमा लैजान दबाब दिएका थिए। सोहीअनुसार प्राविधिक कर्मचारीले काम गरिरहेका थिए।

न्यारोबडी सी-चेकको समय नजिकिँदै, कम्पनी छनोटमा ढिलासुस्तीसँगै सेटिङको खेल सुरु न्यारोबडी सी-चेकको समय नजिकिँदै, कम्पनी छनोटमा ढिलासुस्तीसँगै सेटिङको खेल सुरु


प्रकाशित : मंगलबार, भदौ ११ २०८११६:२३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend