शुक्रबार, जेठ २९ गते २०८३    
शुक्रबार, जेठ २९ २०८३

आर्थिक वृद्धिदरको लक्ष्य बढायो सरकारले, ७ प्रतिशत हुने अनुमान 

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, भदौ २५ २०७८
आर्थिक वृद्धिदरको लक्ष्य बढायो सरकारले, ७ प्रतिशत हुने अनुमान 
फाइल तस्बिर

चालु वर्ष ७ प्रतिशतको आर्थिक वृद्धि हुने सरकारले लक्ष्य राखेको छ। यसअघि ६.५ प्रतिशतले अर्थतन्त्र विस्तार हुने अनुमान गरिएको थियो। 

काठमाडौं- सरकारले प्रतिस्थापन विधेयक मार्फत चालु वर्षका लागि आर्थिक वृद्धिदरको लक्ष्य परिमार्जन गरेको छ। 

चालु वर्ष ७ प्रतिशतको आर्थिक वृद्धि हुने सरकारले लक्ष्य राखेको छ। यसअघि ६.५ प्रतिशतले अर्थतन्त्र विस्तार हुने अनुमान गरिएको थियो। 

मूल्यवृद्धिको लक्ष्य भने सरकारले थपघट गरेको छैन। चालु वर्ष ६.५ प्रतिशतभित्र मूल्यवृद्धि नियन्त्रण गर्ने सरकारले अनुमान गरेको  छ। 

प्रकाशित : शुक्रबार, भदौ २५ २०७८११:०३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend