मंगलबार, जेठ २६ गते २०८३    
मंगलबार, जेठ २६ २०८३

धनुषामा गत आवमा ३७७ उद्योग बन्द, नौ हजारभन्दा बढी कामदार बेरोजगार

बुधबार, भदौ ५ २०८१
धनुषामा गत आवमा ३७७ उद्योग बन्द, नौ हजारभन्दा बढी कामदार बेरोजगार

गत आवमा उद्योग तथा वाणिज्य बन्द हुँदा जनकपुरका विभिन्न स्थानका करिब एकसय सटर बन्द भएको तथा उद्योगी व्यवसायी पलायन भएका थिए।

जनकपुरधाम- धनुषामा गत आर्थिक वर्ष २०८०/८१ मा तीन सय ७७ वटा उद्योग बन्द भएका छन्।

गत आवमा वाणिज्यतर्फ दुई सय ५९ तथा उद्योगतर्फ एक सय १८ उद्योग बन्द भएका घरेलु तथा साना उद्योग कार्यालय धनुषाका प्रमुख किशोरीशरण यादवले जानकारी दिए। उद्योग बन्द हुँदा त्यहाँ कार्यरत करिब नौ हजारभन्दा बढी कामदार बेरोजगार भएका छन्।

कार्यालयका अनुसार गत आर्थिक वर्षमा वाणिज्यतर्फ एक हजार १२ उद्योग दर्ता, दुई हजार ५९ उद्योग नविकरण, पुँजीवृद्धितर्फ एक सय ६४, नामसारीतर्फ १९, ठाउँसारीतर्फ २४, शाखा थप १३, प्रतिलिपी दुई सय २५, नामपरिर्वतन ६९ तथा आयात एवम् निर्याततर्फ ५४ व्यवसाय रहेका छन्। 

त्यसैगरी उद्योगतर्फ दर्ता आठ सय पाँच, नविकरणतर्फ नौ सय ७८, पुँजीवृद्धितर्फ ५९, नामसारी ५६, ठाउँसारी पाँच, प्रतिलिपीतर्फ एक सय ६, फर्मको नाम परिर्वतन ४३ तथा उद्देश्य थप १२ वटा रहेको सो कार्यालयले जनाएको छ।

सोही आर्थिक वर्षमा कार्यालयले उद्योग दर्ता तथा नविकरण बापत ५७ लाख २३ हजार रूपैयाँ राजस्व संकलन गरेको प्रमुख यादवले बताए। गत आर्थिक वर्षमा उद्योग तथा वाणिज्य बन्द हुँदा जनकपुरका विभिन्न स्थानका करिब एक सय सटर बन्द भएको तथा उद्योगी व्यवसायी पलायन भएका थिए।

हाल धनुषामा साना उद्योग पाँच सय ३६, लघु उद्योग पाँच सय ५१ तथा घरेलु उद्योग एक हजार ५८ सञ्चालनमा रहेका छन्। ती उद्योमा महिला र पुरुष गरी करीव सात हजार कामदार प्रत्यक्षरुपमा लाभान्वित हुँदै आएका कार्यालय प्रमुख यादवले बताए। रासस


प्रकाशित : बुधबार, भदौ ५ २०८११६:०४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend