शुक्रबार, जेठ २९ गते २०८३    
शुक्रबार, जेठ २९ २०८३

कर्मचारीले पाउने भत्ता कटाएर कोभिड खोपलाई ५ अर्ब

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, भदौ २५ २०७८
कर्मचारीले पाउने भत्ता कटाएर कोभिड खोपलाई ५ अर्ब

सरकारले कर्मचारीले पाउने विभिन्न शीर्षकको खर्च कटाएर बच्ने ५ अर्ब रुपैयाँ कोभिड खोप खरिदमा लगाउने भएको छ।

काठमाडौं- सरकारले कर्मचारीले पाउने विभिन्न शीर्षकको खर्च कटाएर बच्ने ५ अर्ब रुपैयाँ कोभिड खोप खरिदमा लगाउने भएको छ।

प्रतिस्थापन विधेयकमार्फत सरकारले यस्तो घोषणा गरेको हो। कर्मचारीले पाउने बैठक भत्ता, इन्धन, मर्मत, कर्मचारी तालिम खर्च लगायतका सबै शीर्षकमा कम्तिमा १० प्रतिशत खर्च कटौति गर्ने अर्थमन्त्री शर्माले जानकारी दिए।  

जसबाट सरकारको ५ अर्ब रकम जोगिने घोषणा अर्थमन्त्री शर्माले संसदमा गरेका छन। उक्त रकम कोरोनाविरुद्धको खोप खरिदमा प्रयोग गर्ने समेत उनले जनाएका छन्।


प्रकाशित : शुक्रबार, भदौ २५ २०७८१०:५४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend