बुधबार, असार २४ गते २०८३    
बुधबार, असार २४ २०८३

लगातार कीर्तिमान बनाउँदै उच्च बिन्दुतर्फ सेयर बजार, २७ अर्ब २४ करोडको कारोबार

सोमबार, साउन २८ २०८१
लगातार कीर्तिमान बनाउँदै उच्च बिन्दुतर्फ सेयर बजार, २७ अर्ब २४ करोडको कारोबार

काठमाडौं- कारोबार रकममा लगातार कीर्तिमान बनाउँदै सेयर बजार उच्च बिन्दुतर्फको यात्रामा लागेको छ।

सोमबार ७०.८१ अंकले बढेर २९३१.६५ बिन्दुमा पुगेको बजारमा २७ अर्ब २४ करोड २० लाख रुपैयाँको कीर्तिमानी कारोबार भएको छ।

यो साता पहिलो कारोबारमा आइतबार ९४.४६ अं‌कले बढेर २८६०.८४ बिन्दुमा पुगेको बजारमा २५ अर्ब ७७ करोड ९४ लाख रुपयाँको कीर्तिमानी कारोबार भएको थियो। सोमबार उक्त कीर्तिमान तोडिएको हो। 

सोमबार १ सय ७१ कम्पनीको सेयर मूल्य बढेको छ भने ६८ कम्पनीको मूल्य घटेको छ। तीन कम्पनीको मूल्यमा परिवर्तन भएको छैन। 

गएको साता चार दिन भएको कारोबारमा समग्रमा १०.७६ अंकको मात्र वृद्धि देखिएको सेयर बजारमा यो साता पहिलो र दोस्रो कारोबारमा नै व्यापक उछाल देखिएको हो। 

गएको साता पहिलो कारोबारमा सोमबार बढेर मंगलबारको दोस्रो कारोबार व्यापक उतारचढावबीच ओरालो लागेको सेयर बजारमा बुधबारको कारोबारमा पुन: उछाल देखिएको थियो। बिहीबार भने बजार सामान्य हरियालीमा बन्द भएको थियो।

कारोबार रकममा भइरहेको वृद्धि हेर्दा कुनै दिन ओरालो लागे पनि बजार कीर्तिमानी उचाइतर्फ नै बढ्ने विश्लेषकहरू बताउँछन्। वृद्धितर्फ जानुअघिको कुनै दिन बजारको बढोत्तरीमा विश्राम देखिए पनि बजारले निरन्तर नै उचाइ लिएकाले अब नयाँ बिन्दु भेट्ने उनीहरूले बताएका छन्। 

१८ सयदेखि २ हजारको बिन्दुमा लामो समय बजार घुमेर बस्दै अहिले निरन्तर बजार उचाइतर्फ लागेको छ। २०७८ भदौ २ गते कीर्तिमान बनेको हालसम्मकै उच्च बिन्दु ३१९९ लाई अहिले वृद्धितर्फ लागेर नै पार हुने विश्लेषकहरूले बताइरहेका छन्। कारोबार रकममा लगातार देखिएको कीर्तिमानले पनि बजारले नयाँ उचाइ भेट्ने देखाइरहेको छ। 

लगातार बढिरहेको कारोबारले देखाउँछ सेयर बजारमा बुल, अब नयाँ उचाइको पर्खाइ लगातार बढिरहेको कारोबारले देखाउँछ सेयर बजारमा बुल, अब नयाँ उचाइको पर्खाइ  यी हुन् अहिलेसम्मका सर्वाधिक ११ कारोबार

२०८१ साउन २७ गते - २७ अर्ब २४ करोड २० लाख रुपैयाँ

२०८१ साउन २७ गते - २५ अर्ब ७७ करोड ९४ लाख रुपयाँ

२०८१ साउन २२ गते - २३ अर्ब ७१ करोड ६७ लाख रुपैयाँ

२०८१ साउन १६ गते - २१ अर्ब ९१ करोड १५ लाख रुपैयाँ

२०८१ साउन २१ गते - २१ अर्ब ८६ करोड ४९ लाख रुपैयाँ

२०८१ साउन १७ गते - २१ अर्ब ७१ करोड ३४ लाख रुपैयाँ

२०७८ साउन ३१ गते - २१ अर्ब ६४ कराेड ७६ लाख रुपैयाँ

२०७८ भदौ २ गते - २१ अर्ब ३१ करोड ३४ लाख रुपैयाँ

२०७८ भदौ ३ गते - २० अर्ब ४९ करोड ९२ लाख रुपैयाँ

२०८१ साउन २४ गते- २० अर्ब ७ करोड ४ लाख रुपैयाँ

२०८१ साउन १४ गते - १९ अर्ब ६० करोड ९१ लाख रुपैयाँ


प्रकाशित : सोमबार, साउन २८ २०८११५:०१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend