सोमबार, असोज १४ गते २०८१    
images
images

लगातार बढिरहेको कारोबारले देखाउँछ सेयर बजारमा बुल, अब नयाँ उचाइको पर्खाइ

images
सोमबार, साउन २८ २०८१
images
images
लगातार बढिरहेको कारोबारले देखाउँछ सेयर बजारमा बुल, अब नयाँ उचाइको पर्खाइ
images
images

काठमाडौं- सेयर बजारले अहिले बुलिसतर्फको यात्रा गरिरहेको छ। बुल मार्केट समयको एउटा यस्तो अवधि हो जसमा सेयर बजारका प्रमुख सूचकांकहरूमा निरन्तर सुधार देखिँदै जान थाल्छ। कारोबार रकममा उल्लेख्य वृद्धि देखिन्छ। सुधारको बाटो समातेको सूचकांकले अन्तत: नयाँ उचाइ लिन्छ।

images
images
images

यो साता पहिलो कारोबारमा आइतबार ९४.४६ अं‌कले बढेर बजार २८६०.८४ को बिन्दुमा पुगेको छ। जसमा मनोवैज्ञानिक आधार बिन्दु मानिएको २८०० पारमात्र भएन २५ अर्ब ७७ करोड ९४ लाख रुपयाँको कीर्तिमानी कारोबारसमेत भयो। 

बुल मार्केट सुरु भएको हो भन्ने यकीन गर्न भने त्यति सहज भने छैन। कतिपयले पछिल्लोपटकको तल्लो बिन्दुबाट २० प्रतिशतले बढेपछि नै त्यसलाई बुल मार्केटको रुपमा अर्थ्याउन थाल्छन् भने कतिपय विद्वानहरू त्यसलाई निश्चित सटिक अंकको सीमाभित्र राख्न चाहँदैनन्। उनीहरू वृद्धिको श्रृंखलालाई क्रमागत जोडेर हेर्छन्। 

बुल मार्केटको प्रमुख संकेत सूचक कारोबार रकममा भइरहेको वृद्धि पनि हो। पछिल्लो समय सेयर बजारमा लगातार ठूला कारोबारहरू भइरहेका छन्। गएको साता मंगलबार १४५.०५ अंकले बजार घटेपनि २३ अर्ब ७१ करोड ६७ लाख रुपैयाँको कीर्तिमानी कारोबार भएको थियो। जुन कीर्तिमान आइतबार तोडिएको हो। 

images

यही साउन महिनामा मात्र बजारले ठूला कारोबारहरू देखेको छ। साउन १४ गते १९ अर्ब ६० करोड ९१ लाख रुपैयाँ, १६ गते २१ अर्ब ९१ करोड १५ लाख रुपैयाँ, १७ गते २१ अर्ब ७१ करोड ३४ लाख रुपैयाँ, २१ गते २१ अर्ब ८६ करोड ४९ लाख रुपैयाँ, २२ गते २३ अर्ब ७१ करोड ६७ लाख रुपैयाँ, २४ गते २० अर्ब ७ करोड ४ लाख रुपैयाँ र साउन २७ गते आइतबार २५ अर्ब ७७ करोड ९४ लाख रुपयाँको कीर्तिमानी कारोबार भएको छ। बजारको अवस्था हेर्दा अब यो कीर्तिमान निरन्तर तोडिने नै देखिएको विश्लेषकहरू बताउँछन्। 

गएको साता चार दिन भएको कारोबारमा समग्रमा १०.७६ अंकको मात्र वृद्धि देखिएको सेयर बजारमा यो साता पहिलो कारोबारमा नै व्यापक उछाल देखिएको हो। त्यसअघिका केही साता भने बजारले निरन्तर राम्रो उचाइ नै समाउँदै आइरहेको थियो। 

कारोबार रकममा भइरहेको वृद्धि हेर्दा कुनै दिन ओरालो लागे पनि बजार कीर्तिमानी उचाइतर्फ नै बढ्ने विश्लेषकहरू बताउँछन्। वृद्धितर्फ जानुअघिको कुनै दिन बजारको बढोत्तरीमा विश्राम देखिए पनि बजारले निरन्तर नै उचाइ लिएकाले अब नयाँ बिन्दु भेट्ने उनीहरूले बताएका छन्। 

१८ सयदेखि २ हजारको बिन्दुमा लामो समय बजार घुमेर बस्दै अहिले निरन्तर बजार उचाइतर्फ लागेको छ। २०७८ भदौ २ गते कीर्तिमान बनेको हालसम्मकै उच्च बिन्दु ३१९९ लाई अहिले वृद्धितर्फ लागेर नै पार हुने विश्लेषकहरूले बताइरहेका छन्। कारोबार रकममा लगातार देखिएको कीर्तिमानले नै बजारले नयाँ उचाइ भेट्ने देखाइरहेको उनीहरू बताउँछन्। 

खासगरी नयाँ गठबन्धन सरकारले दिलाएको विश्वास र चालु आर्थिक वर्षको मौद्रिक नीतिले दिएको साथले संगठित लगानीकर्ता मात्र होइन नवप्रवेशी साना लगानीकर्ताहरू पनि उत्साहित देखिन्छन्। प्रधानमन्त्री केपी शर्मा ओली र अर्थमन्त्री विष्णु पौडेलले पनि आम लगानीकर्ताको हित हुनेगरी सरकार अघि बढ्ने आश्वासन दिँदै आइरहेका छन्। 

प्रायत: सेयर बजारमा उछाल आउँदा अर्थतन्त्रका अन्य अवयवहरूले पनि साथ दिइरहेको हुन्छ। अन्य आर्थिक सूचकहरूकै आधारमा पुँजी बजारको सूचक चल्ने अर्थशास्त्रीय परिघटना भने नेपाली सेयर बजारसँग ठ्याक्क नमिल्न पनि सक्छ। तर पनि बजारमा देखिएको खुलापन र केन्द्रीय बैंकको नीतिले यसलाई डोर्‍याउने गर्छ नै।

बुल मार्केट लगानीकर्ताहरूको आशा, लगानीप्रतिको विश्वास र विस्तारित समयसम्मका लागि बलियो परिणामको अपेक्षा रहन्छ। बजारको प्रवृत्ति कहिले परिवर्तन हुन्छ भनेर यकीन भविष्यवाणी गर्न त सकिँदैन तर यसमा गणितीय अनुमान गर्न भने सकिन्छ। त्यसमा अन्य अवयवले साथ दिँदा उचाइ निश्चित देखिन्छ। 

सेयर बजारलाई विगतदेखि हेर्दा २०५७ साल कात्तिकमा परिसूचक ५०२.८५ को बिन्दुमा रहेको थियो। २०६१ बैशाखमा १९५.१४ को बिन्दुमा झरेको बजार २०६५ को साउनमा कीर्तिमानी ११७५.३८ को बिन्दुमा पुगेको थियो। पुन: २०६९ बैशाखमा २९९.३४ को बिन्दुमा झरेको नेप्से २०७३ को साउनमा १८८०.७९ को उच्चतम बिन्दुमा पुग्यो। 

२०७६ कात्तिकमा १०८९.४४ मा झरेको बजार पुन: २०७८ भदौ २ गते अहिलेसम्मकै उच्च ३१९९ को बिन्दुसम्म पुग्यो। घटेर १८०० को बिन्दुतिर पुगेको बजारले अहिले पुन: उचाइको गति लिँदै छ। अबको उचाइले ४५०० को बिन्दुसम्म पुग्ने अनुमान संगठित लगानीकर्ताहरूले गर्न थालेका छन्। 

सेयर कारोबारमा कृत्रिम र अस्वभाविक भन्ने नहुने र त्यस्ता कुराहरू सबै भ्रम र हल्लामात्रै भएको विश्लेषकहरू बताउँछन्। तर हाम्रो कारोबार प्रणालीको कमजोरीका कारण माग र आपूर्ति भने गहिरिएर बुझ्नुपर्ने विश्लेषकहरू बताउँछन्। बुलतर्फ देखिएको बजारमा उत्साहसँगै सावधानी पनि आवश्यक हुने उनीहरूको सुझाव छ। 

सेयर बजार गणितमात्र होइन मनोविज्ञान पनि : बुलतर्फ लागेको हो? कसरी लिने फाइदा? सेयर बजार गणितमात्र होइन मनोविज्ञान पनि : बुलतर्फ लागेको हो? कसरी लिने फाइदा?


प्रकाशित : सोमबार, साउन २८ २०८१०७:०१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend