बुधबार, असार २४ गते २०८३    
बुधबार, असार २४ २०८३

सेयर बजारमा उच्च अंककाे वृद्धिसँगै लगानीकर्ताको सम्पत्तिमा नयाँ रेकर्ड, बजार पुँजीकरण ४५ खर्ब ४१ अर्ब रूपैयाँ कायम

आइतबार, साउन २७ २०८१
सेयर बजारमा उच्च अंककाे वृद्धिसँगै लगानीकर्ताको सम्पत्तिमा नयाँ रेकर्ड, बजार पुँजीकरण ४५ खर्ब ४१ अर्ब रूपैयाँ कायम

बजार पुँजीकरण यसअघि सबैभन्दा बढी २०७८ भदौ २ गते ४४ खर्ब ६८ अर्ब ५० करोड ५२ लाख रूपैयाँ पुगेको थियो।

काठमाडौं- सेयर बजारमा उच्च अंकको वृद्धिसँगै लगानीकर्ताको सम्पत्तिमा पनि नयाँ रेकर्ड कायम भएको छ।

आइतबार सेयर बजारमा २५ अर्ब ७७ करोड ९४ लाख रुपयाँको कीर्तिमानी कारोबार भएर ९४.४६ अंकले बढ्दा बजार पुँजीकरणमा पनि नयाँ रेकर्ड कायम भएको हो। जुन लगानीकर्ताको सम्पत्ति हो।

आइतबार नेप्से २८६०.८४ बिन्दुमा पुग्दा बजार पुँजीकरण ४५ खर्ब ४१ अर्ब ३ करोड ३२ लाख रूपैयाँ पुगेको छ।

यसअघि सबैभन्दा बढी २०७८ भदौ २ गते ४४ खर्ब ६८ अर्ब ५० करोड ५२ लाख रूपैयाँ पुगेको थियो। उक्त पुँजीकरण २०७८ भदौ २ गते सबैभन्दा उच्च बिन्दु ३१९९ पुगेपछि भएको थियो।

त्यसयता घट्दै गएको बजार गतवर्ष कात्तिक २७ गतेसम्म आइपुग्दा सम्पत्ति घटेर २८ खर्ब १३ अर्ब १९ करोड २७ लाख रूपैयाँ कायम भएको थियो। जुन पछिल्लो चार वर्षयताकै न्यून सम्पत्ति हो।

त्यसपछि केही बढ्दै र घट्दै गरेको बजार गतवर्ष साउन २८ गते ३१ खर्ब १६ अर्ब १ करोड १९ लाख रूपैयाँ बजार पुँजीकरण पुगेको थियो। कात्तिकमा पुग्दा घटेर २८ खर्ब १३ अर्ब पुगेपछि केही सुधार सुरु भएको थियो।

जुन रकम ३ वर्षअघिको भन्दा १६ खर्ब ५५ अर्ब रूपैयाँले कमी हो।

अहिले पछिल्लो महिनायता बजार बढ्न थालेपछि सबै रकम रिकभर गर्दै नयाँ रेकर्ड कायम भएको छ। 

सेयर बजारमा व्यापक हरियाली, ९४ अंकले बढ्दा २५ अर्ब ७७ करोडको कीर्तिमानी कारोबार सेयर बजारमा व्यापक हरियाली, ९४ अंकले बढ्दा २५ अर्ब ७७ करोडको कीर्तिमानी कारोबार


प्रकाशित : आइतबार, साउन २७ २०८११७:०७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend