शनिबार, वैशाख २७ गते २०८२    
शनिबार, वैशाख २७ २०८२
images
images

सेयर बजारमा व्यापक हरियाली, ९४ अंकले बढ्दा २५ अर्ब ७७ करोडको कीर्तिमानी कारोबार

यी हुन् अहिलेसम्मका सर्वाधिक १० कारोबार

images
आइतबार, साउन २७ २०८१
images
सेयर बजारमा व्यापक हरियाली, ९४ अंकले बढ्दा २५ अर्ब ७७ करोडको कीर्तिमानी कारोबार
images
images

काठमाडौं- गएको साता चार दिन भएको कारोबारमा समग्रमा १०.७६ अंकको मात्र वृद्धि देखिएको सेयर बजारमा यो साता पहिलो कारोबारमा नै व्यापक उछाल देखिएको छ। 

images
images
images

२५ अर्ब ७७ करोड ९४ लाख रुपयाँको कीर्तिमानी कारोबार हुँदा आइतबार बजार ९४.४६ अं‌कले बढेर २८६०.८४ बिन्दुमा पुगेको छ।यसअघि गएको साता मंगलबार २३ अर्ब ७१ करोड ६७ लाख रुपैयाँको कीर्तिमानी कारोबार भएको थियो। 

images
images

आइतबार २ सय २५ कम्पनीको सेयर मूल्य बढेको छ भने १५ कम्पनीको मूल्य घटेको छ। चन्द्रागिरि हिल्स र मैलुङ खोला जलविद्युतको सेयर मूल्य भने परिवर्तन भएको छैन। 

images
images

गएको साता पहिलो कारोबारमा सोमबार बढेर मंगलबारको दोस्रो कारोबार व्यापक उतारचढावबीच ओरालो लागेको सेयर बजारमा बुधबारको कारोबारमा पुन: उछाल देखिएको थियो। बिहीबार भने बजार सामान्य हरियालीमा बन्द भएको थियो।

गएको साता पहिलो कारोबारमा सोमबार ४०.७६ अंकले बढेको बजार मंगलबार १४५.०५ अंकले घटेको थियो। मंगलबार बजार घटे पनि २३ अर्ब ७१ करोड ६७ लाख रुपैयाँको कीर्तिमानी कारोबार भएको थियो। बजार बुधबार १०८.३५ अंकले बढेको थियो भने बिहीबार ६.७० अंकले बढेर २७६६.३८ बिन्दुमा पुगेको थियो। 

कारोबार रकममा भइरहेको वृद्धि हेर्दा कुनै दिन ओरालो लागे पनि बजार कीर्तिमानी उचाइतर्फ नै बढ्ने विश्लेषकहरू बताउँछन्। वृद्धितर्फ जानुअघिको कुनै दिन बजारको बढोत्तरीमा विश्राम देखिए पनि बजारले निरन्तर नै उचाइ लिएकाले अब नयाँ बिन्दु भेट्ने उनीहरूले बताएका छन्। 

१८ सयदेखि २ हजारको बिन्दुमा लामो समय बजार घुमेर बस्दै अहिले निरन्तर बजार उचाइतर्फ लागेको छ। २०७८ भदौ २ गते कीर्तिमान बनेको हालसम्मकै उच्च बिन्दु ३१९९ लाई अहिले वृद्धितर्फ लागेर नै पार हुने विश्लेषकहरूले बताइरहेका छन्। कारोबार रकममा लगातार देखिएको कीर्तिमानले पनि बजारले नयाँ उचाइ भेट्ने देखाइरहेको छ। 

यी हुन् अहिलेसम्मका सर्वाधिक १० कारोबार

२०८१ साउन २७ गते - २५ अर्ब ७७ करोड ९४ लाख रुपयाँ

२०८१ साउन २२ गते - २३ अर्ब ७१ करोड ६७ लाख रुपैयाँ

२०८१ साउन १६ गते - २१ अर्ब ९१ करोड १५ लाख रुपैयाँ

२०८१ साउन २१ गते - २१ अर्ब ८६ करोड ४९ लाख रुपैयाँ

२०८१ साउन १७ गते - २१ अर्ब ७१ करोड ३४ लाख रुपैयाँ

२०७८ साउन ३१ गते - २१ अर्ब ६४ कराेड ७६ लाख रुपैयाँ

२०७८ भदौ २ गते - २१ अर्ब ३१ करोड ३४ लाख रुपैयाँ

२०७८ भदौ ३ गते - २० अर्ब ४९ करोड ९२ लाख रुपैयाँ

२०८१ साउन २४ गते- २० अर्ब ७ करोड ४ लाख रुपैयाँ

२०८१ साउन १४ गते - १९ अर्ब ६० करोड ९१ लाख रुपैयाँ


प्रकाशित : आइतबार, साउन २७ २०८११५:०१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend