बुधबार, असार २४ गते २०८३    
बुधबार, असार २४ २०८३

साताको अन्तिम कारोबारमा स्थिर देखियो सेयर बजार, २० अर्बको कारोबार

बिहीबार , साउन २४ २०८१
साताको अन्तिम कारोबारमा स्थिर देखियो सेयर बजार, २० अर्बको कारोबार

काठमाडौं- यो साता चार दिन भएको कारोबारमा एकदिन गिरावट देखिएको सेयर बजार समग्रमा १०.७६ अंकको वृद्धि देखिएको छ। 

यो साता पहिलो कारोबारमा सोमबार बढेर मंगलबारको दोस्रो कारोबार व्यापक उतारचढावबीच ओरालो लागेको सेयर बजारमा बुधबारको कारोबारमा पुन: उछाल देखिएको थियो। बिहीबार भने बजार सामान्य हरियालीमा बन्द भएको छ।

बिहीबार ६.७० अंकले बढेर बजार २७६६.३८ बिन्दुमा पुगेको छ। ७९ कम्पनीको सेयर मूल्य बढेको बजारमा २० अर्ब ७ करोड रुपैयाँको कारोबार भएको छ। १५९ कम्पनीको सेयर मूल्य घटेको छ भने ४ कम्पनीको मूल्यमा परिवर्तन भएको छैन। 

यो साता पहिलो कारोबारमा सोमबार ४०.७६ अंकले बढेर बजार २७९६.३८ बिन्दुमा पुगेको थियो। मंगलबार १४५.०५ अंकले घटेको बजारमा २३ अर्ब ७१ करोड ६७ लाख रुपैयाँको कीर्तिमानी कारोबार भएको थियो। बुधबार १०८.३५ अंकले बढेर बजार २७५९.६७ बिन्दुमा पुगेको थियो। 

कारोबार रकममा भइरहेको वृद्धि हेर्दा कुनै दिन ओरालो लागे पनि बजार कीर्तिमानी उचाइतर्फ नै बढ्ने विश्लेषकहरू बताउँछन्। मंगलबारको बजार वृद्धितर्फ जानुअघिको विश्रामको रुपमा अर्थ्याएका विश्लेषकहरूले बुधबार र बिहीबार पुन: बजारले उचाइ लिएकाले अब नयाँ बिन्दु भेट्ने बताएका छन्। 

१८ सयदेखि २ हजारको बिन्दुमा लामो समय बजार घुमेर बस्दै अहिले निरन्तर उचाइतर्फ लागेको छ। २०७८ भदौ २ गते कीर्तिमान बनेको हालसम्मकै उच्च बिन्दु ३१९९ लाई अहिले वृद्धितर्फ लागेर नै पार हुने विश्लेषकहरूले बताइरहेका छन्। 

सेयर बजार गणितमात्र होइन मनोविज्ञान पनि : बुलतर्फ लागेको हो? कसरी लिने फाइदा? सेयर बजार गणितमात्र होइन मनोविज्ञान पनि : बुलतर्फ लागेको हो? कसरी लिने फाइदा?


प्रकाशित : बिहीबार , साउन २४ २०८११५:०५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend