बुधबार, असार २४ गते २०८३    
बुधबार, असार २४ २०८३

१४५ अंकले घटेको सेयर बजारमा कारोबार रकममा कीर्तिमान, २३ अर्ब ७१ करोडको कारोबार

व्यापक खेलबाडबीच २८१५ को उचाइदेखि २६४४ को ओरालोसम्म, अत्तालिए साना लगानीकर्ता

मंगलबार, साउन २२ २०८१
१४५ अंकले घटेको सेयर बजारमा कारोबार रकममा कीर्तिमान, २३ अर्ब ७१ करोडको कारोबार

काठमाडौं- बढ्दो क्रममा रहेको सेयर बजारमा मंगलबारको कारोबार व्यापक उतारचढावबीच ओरालो लाग्दा कारोबार रकममा भने कीर्तिमान बनेको छ। १४५.०५ अंकले घटेको बजारमा २३ अर्ब ७१ करोड ६७ लाख रुपैयाँको कारोबार भएको छ। 

गएको १६ गते बुधबार २१ अर्ब ९१ करोड १५ लाख रुपैयाँको सर्वाधिक कारोबार भएकोमा आज मंगलबार २३ अर्ब ७१ करोड ६७ लाख रुपैयाँको कारोबार भएको हो। जुन अहिलेसम्मकै सर्वाधिक कारोबार हो।

मंगलबार व्यापक उतारचढावबीच बजार १४५.०५ अंकले घटेर २६५१.३२ बिन्दुमा झरेको छ। सेयर बजारमा व्यापक खेलबाडबीच मंगलबार २८१५ को उचाइदेखि २६४४ को ओरालोसम्म पुग्दा साना लगानीकर्ता अत्तालिएका छन्। ८ कम्पनीको मात्र सेयर मूल्य बढ्दा २ सय ३३ कम्पनीको सेयर मूल्य घटेको छ। एउटा कम्पनीको मूल्यमा परिवर्तन भएको छैन।

कारोबार रकममा भइरहेको वृद्धि हेर्दा कुनै दिन ओरालो लागे पनि बजार कीर्तिमानी उचाइतर्फ नै बढ्ने विश्लेषकहरू बताउँछन्। मंगलबारको बजार वृद्धितर्फ जानुअघिको विश्रामको रुपमा उनीहरूले अर्थ्याएका छन्। १८ सयदेखि २ हजारको बिन्दुमा लामो समय बजार घुमेर बस्दै अहिले निरन्तर उचाइतर्फ लागेको थियो। 

यो साता पहिलो कारोबारमा सोमबार ४०.७६ अंकले बढेर बजार २७९६.३८ बिन्दुमा पुगेको थियो। जहाँ २१ अर्ब ८६ करोड ४९ लाख रुपैयाँको कारोबार भएको थियो। 

मंगलबार बजार घटे पनि २०७८ भदौ २ गतेको कीर्तिमान बनेको हालसम्मकै उच्च बिन्दु ३१९९ लाई अहिले वृद्धितर्फ लागेर नै पार हुने संगठित लगानीकर्ताहरूले बताइरहेका छन्। उक्त दिन नेप्सेमा २१ अर्ब ३१ करोड ३४ लाख रुपैयाँमाथिको कारोबार भएको थियो।

यी हुन् अहिलेसम्मका सर्वाधिक ८ कारोबार

२०८१ साउन २२ गते - २३ अर्ब ७१ करोड ६७ लाख रुपैयाँ

२०८१ साउन १६ गते - २१ अर्ब ९१ करोड १५ लाख रुपैयाँ

२०८१ साउन २१ गते - २१ अर्ब ८६ करोड ४९ लाख रुपैयाँ

२०८१ साउन १७ गते - २१ अर्ब ७१ करोड ३४ लाख रुपैयाँ

२०७८ साउन ३१ गते - २१ अर्ब ६४ कराेड ७६ लाख रुपैयाँ

२०७८ भदौ २ गते - २१ अर्ब ३१ करोड ३४ लाख रुपैयाँ

२०७८ भदौ ३ गते - २० अर्ब ४९ करोड ९२ लाख रुपैयाँ

२०८१ साउन १४ गते - १९ अर्ब ६० करोड ९१ लाख रुपैयाँ

सेयर बजार गणितमात्र होइन मनोविज्ञान पनि : बुलतर्फ लागेको हो? कसरी लिने फाइदा? सेयर बजार गणितमात्र होइन मनोविज्ञान पनि : बुलतर्फ लागेको हो? कसरी लिने फाइदा?


प्रकाशित : मंगलबार, साउन २२ २०८११५:०३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend