बिहीबार , कात्तिक ८ गते २०८१    
images
images

भदौ अन्तिम सातादेखि पाइपलाइनबाटै पेट्रोलियम पदार्थ ल्याउने तयारी

images
बिहीबार , साउन १७ २०८१
images
images
भदौ अन्तिम सातादेखि पाइपलाइनबाटै पेट्रोलियम पदार्थ ल्याउने तयारी

हाल पेट्रोलियम भण्डारण ट्यांक निर्माण, अटोमेटिक रिफ्युलिङ मेसिन जडानलगायतका संरचना निर्माण भइसकेका छन्।

images
images

पर्सा- नेपाल आयल निगम प्रादेशिक डिपो अमलेखगञ्जमा भदौ अन्तिम सातादेखि पाइपलाइनबाट पेट्रोलियम पदार्थ भित्र्याउने तयारी गरिएको छ।

images
images
images

मोतिहारी-अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन परियोजनाअन्तर्गत हाल पेट्रोलियम भण्डारण ट्यांक निर्माण, अटोमेटिक रिफ्युलिङ मेसिन जडानलगायतका संरचना निर्माण भइसकेका छन्।

समग्रमा आयोजनाको ७५ प्रतिशत काम सकिएको नेपाल आयल निगम प्रदेशिक डिपो अमलेखगञ्जका प्रमुख विनितमणी उपाध्यायले जानकारी दिए। ‘सिभिल संरचनाका अधिकांश काम सकिएका छन्,’ उनले भने, ‘मेकानिकल र इलेक्ट्रिकल संरचनाका काम पनि अन्तिम चरणमा छन्।’

images

भर्टिकल ट्यांक तयार भइसकेको र कन्ट्रोल रुम संरचना निर्माणका अधिकांश काम पूरा भइसकेको उनले जानकारी दिए। चाँडै नै बाँकी रहेको २५ प्रतिशत काम सकेर विधिवतरुपले पट्रोल भित्र्याउने काम सुरु हुने अपेक्षा राखिएको उनले बताए। भदौ महिनाको अन्तिम सातासम्म सबै काम पूरा गर्न द्रुत गतिमा प्रविधिकहरु खटिइरहेको उनको भनाइ छ।

images

उनका अनुसार डिपोमा हालसम्म १ हजार ९ सय केएल पेट्रोल भण्डारण गर्ने क्षमता थियो। यो संरचना निर्माण भएसँगै १३ हजार केएल भण्डारण क्षमता बढेको छ। ४१/४१ सय केएलको दुईवटा भर्टिकल ट्यांक इण्डियन आयल कर्पोरेशन कम्पनी र ५ हजार केएल भण्डारण क्षमता भएको एउटा भर्टिकल ट्यांक नेपाल आयल निगमको क्यापेसिटी इन्भेष्टमेन्ट प्रोजेक्टबाट निर्माण गरिएको डिपो प्रमुख उपाध्यायले बताए।

अहिले निर्माण भएको र पहिलादेखि निर्माण भएको भर्टिकल ट्यांकको भण्डारण क्षतमा जोड्ने हो भने अब कुल १५ हजार किलोलिटर पेट्रोल भण्डारण गर्न सकिने उनले बताए। ‘हालसम्म सिंगल प्रोडक्ट पाइपलाइनबाट हामीले डिजेल भित्र्याइरहेका छौँ', उनले भने, ‘अब प्रयोग गरिने पाइपलाइनको नाम मल्टिप्रोडक्ट पाइपलाइन हुनेछ। यसले एउटै पाइपलाइनबाट डिजेल, पेट्रोल र मट्टीतेलजस्ता पेट्रोलियम पदार्थ भित्र्याउने काम गर्छ।'

अब तीनै प्रकारका इन्धनको उपलब्धता अमलेखगञ्ज डिपोमा हुने र देशभरको ७० प्रतिशत पेट्रोलियम पदार्थको माग अब यही डिपोले धान्ने अमलेखगञ्जका प्रमुख विनितमणीले जानकारी दिए।

बरौनीदेखि काठमाडौंसम्म ढुवानी गर्दा एक लिटर पेट्रोलमा ६ रूपैयाँ ढुवानी खर्च हुँदै आएको छ। अब यहाँबाट पेट्रोल ढुवानी गरियो भने प्रतिलिटर ३ रूपैयाँ बचत हुन्छ। समग्रमा निगमको ढुवानी खर्च ५० प्रतिशत जोगिने उनले बताए।

विगतमा इन्धन ढुवानी गर्ने ट्यांकरकै कारण जाम हुने समस्या वीरगञ्जमा थियो। त्यो पूर्णरुपमा हटेर जाने उनको भनाइ छ।


प्रकाशित : बिहीबार , साउन १७ २०८११२:३५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend