शुक्रबार, जेठ २९ गते २०८३    
शुक्रबार, जेठ २९ २०८३

प्रतिनिधिसभाबाट तीन अध्यादेश स्वीकृत

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, भदौ २५ २०७८
प्रतिनिधिसभाबाट तीन अध्यादेश स्वीकृत

प्रतिनिधिसभाको शुक्रबारको बैठकले ‘आर्थिक अध्यादेश २०७८’, ‘राष्ट्र ऋण उठाउने अध्यादेश २०७८’ र ‘विनियोजन अध्यादेश २०७८’ लाई स्वीकृत गरेको छ। 

काठमाडौं- प्रतिनिधिसभाको शुक्रबारको बैठकले ‘आर्थिक अध्यादेश २०७८’, ‘राष्ट्र ऋण उठाउने अध्यादेश २०७८’ र ‘विनियोजन अध्यादेश २०७८’ लाई स्वीकृत गरेको छ। 

प्रतिनिधिसभाको शुक्रबारको दोस्रो बैठक प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको विरोध र नाराबाजीबीच अर्थमन्त्री जनार्दन शर्माले प्रस्तुत गरेका ती अध्यादेश सदनको बहुमतले स्वीकृत गरेको हो। 

यसअघि ती अध्यादेश अस्वीकृत गरियोस् भनी नेपाल मजदुर किसान पार्टीका प्रेम सुवालले प्रस्तुत गरेको सूचनालाई बहुमतले अस्वीकृत गरेको थियो।

samsad abarodh.jpg

नाराबाजीका कारण १५ मिनेट स्थगित भएर सुरु भएको दोस्रो बैठक सभामुख अग्निप्रसाद सापकोटाले प्रारम्भ भएको घोषणा गर्नासाथ प्रमुख प्रतिपक्ष दलका सांसदले रोष्टम घेराउ गर्दै निरन्तर नाराबाजी जारी राखेका थिए।

नाराबाजीका बीचमा सभामुख सापकोटाले आर्थिक अध्यादेश २०७८ लाई अस्वीकार गरियोस् भन्ने सूचना पेस गर्नुहुने नेपाल मजदुर किसान पार्टीका प्रेम सुवाललाई बोल्न समय प्रदान गरेसँगै सदनको काम कारबाही अघि बढेको थियो। 

सदनमा अध्यादेश पेस र स्वीकृतको क्रम चलिरहँदा प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) बाट निरन्तर नाराबाजी भइरहेको थियो। 


प्रकाशित : शुक्रबार, भदौ २५ २०७८०९:५७
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend