शुक्रबार, कात्तिक २ गते २०८१    
images
images

समयमा नै जहाज परीक्षण नगर्ने निगमको वाइडबडीलाई थप तीनसय घण्टा उडानको अनुमति

images
बुधबार, साउन ९ २०८१
images
images
समयमा नै जहाज परीक्षण नगर्ने निगमको वाइडबडीलाई थप तीनसय घण्टा उडानको अनुमति

प्राधिकरणले हवाई सुरक्षाको विषयलाई हेरेर उडानमा अनुमति दिएको बताए पनि यसमा निगम कार्यकारी अध्यक्ष युवराज अधिकारी र उनको टिमको चरम लापरबाही रहेको देखिएको छ।

images
images

काठमाडौं- वायुसेवा कम्पनीले उडान गरिरहेको वायुयानको नियमित हुनुपर्ने परीक्षणको तालिका मर्मतका लागि आवश्यक तयारी गर्न पाउनेगरी पहिले नै थाहा हुन्छ। त्यहीअनुसार वायुसेवा कम्पनीले जहाजको नियमित परीक्षण (सी-चेक) का लागि तयारी गर्नुपर्छ। 

images
images
images

यस्तोमा नेपाल वायुसेवा निगमले नियमित गर्नुपर्ने जहाजको सी-चेकसमेत नगरी थप तीनसय घण्टा उडानका लागि अनुमति लिएको छ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले निगम व्यवस्थापनको अनुरोधमा हवाई सुरक्षामा कुनै असर नगर्नेगरी जहाज तीनसय घण्टासम्म सी-चेक नै नगरी उडान गर्न अनुमित दिएको बताएको छ। 

images

प्राधिकरणले हवाई सुरक्षाको विषयलाई हेरेर उडानमा अनुमति दिएको बताए पनि यसमा निगम कार्यकारी अध्यक्ष युवराज अधिकारी र उनको टिमको समेत चरम लापरबाही रहेको देखिएको छ।

images

निगमले अन्तर्राष्ट्रिय उडानमा प्रयोग गर्दै आएको दुईवटा वाइडबडी जहाज २०२४ को जुन र जुलाईमा सी-चेक हुनुपर्ने तालिका २०२२ को जुन र जुलाईमा नै तय भएको विषय हो। तर सी-चेक गर्ने कम्पनी छनोटमा सेटिङका लागि ढिलासुस्ती गरिएको छ। ढिलासुस्तीका कारण समयमा नै वाइडबडी नाइन-एन एलजेट जहाज सी-चेकमा नपठाइ समय थपेर उडान अनुमति दिइएको छ। जुन सुरक्षाका हिसाबले गलत हो।  

निगमले २०२४ को जुलाई २३ पछि सी-चेक नगरी उडान गर्न नपाउने जहाजको समय प्राधिकरणले थपिदिएको हो। यसबाट के पुष्टि हुन्छ भने निगम व्यवस्थापनले जहाजको मर्मतमा समेत लापरबाही गरिरहेको छ। यो जहाज २०२४ को जुलाई २३ पछि सी-चेक नगरी नियमित उडानमा जान नपाउने विषय २०२२ को जुलाईमा थाहा भएको कुरा हो। 

यसअघि निगमले प्राधिकरणको अनुमतिबिना ३० दिनमा नाइन एन एलवाई कलसाइन भएको जहाज सी-चेक गर्न भनेर इटाली लगेको थियो। सी-चेक गर्ने कम्पनी प्राधिकरणबाट अनुमोदनसमेत भएको थिएन। जसका कारण २०२४ को जुन २४ भित्रै जहाज इटाली लगिएको थियो। कार्यकारी अध्यक्ष अधिकारीले हतारहतारमा जहाज इटाली लगेका थिए। 

उक्त विषयमा प्राधिकरणले अधिकारीलाई एकाउन्टेबल म्यानेजरबाट हटाएर छानबीन गरिरहेको छ। उक्त समय एक सातापछि मात्रै प्राधिकरणले जहाज सी-चेकका लागि अनुमति दिएको थियो। जहाज ३० दिनमा मर्मत गरेर दिने भनिए पनि निगम स्रोतका अनुसार जहाज अगष्ट १५ भन्दा अगाडि काठमाडौं आउने छैन। 

जहाज मर्मतको काम नै जुलाई १२ तारिखबाट मात्रै भएको छ। इटालीयन कम्पनीलाई जहाज मर्मतको जिम्मा दिन नै ३६ दिनको प्रस्तावलाई ३० दिन बनाएर काम लगाइएको थियो। अहिले भनिएकोभन्दा बढी काम गर्न परेका कारण केही दिन ढिला हुने तर्क निगम व्यवस्थापनबाट आइरहेको छ।

एकदिन मात्रै वाइडबडी जहाज नियमित उडानमा नहुँदा निगमको १ करोड ५० लाख रुपैयाँ आम्दानी गुम्छ। जहाज जुलाई २४ मा नेपाल नआउँदा दैनिक १ करोड ५० लाख आम्दानी गुमिरहेको छ।

अनुमति नलिइ सी-चेककाे लागि निगमले जहाज पठाएको खुलासा, शनिबारदेखि दुबईमा राेकियाे अनुमति नलिइ सी-चेककाे लागि निगमले जहाज पठाएको खुलासा, शनिबारदेखि दुबईमा राेकियाे वाइडबडी सी-चेक प्रकरण : कार्यकारी अध्यक्षकाे गलत नियत देखिएपछि बाेर्डबाट निर्णय गर्न हच्किए सञ्चालक वाइडबडी सी-चेक प्रकरण : कार्यकारी अध्यक्षकाे गलत नियत देखिएपछि बाेर्डबाट निर्णय गर्न हच्किए सञ्चालक


प्रकाशित : बुधबार, साउन ९ २०८११५:५९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend