शुक्रबार, कात्तिक २ गते २०८१    
images
images

दुर्घटनाग्रस्त भएको सौर्यको जहाजले एक वर्षदेखि टार्दै आएको थियो नियमित परीक्षण

images
बुधबार, साउन ९ २०८१
images
images
दुर्घटनाग्रस्त भएको सौर्यको जहाजले एक वर्षदेखि टार्दै आएको थियो नियमित परीक्षण

दुर्घटनामा परेको जहाज 'नाइन एन-एएमई/सीआरजे-२००' जहाज हो। उक्त जहाज पछिल्लो एक वर्षदेखि नियमित परीक्षण नगरेको जहाज हो।

images
images

काठमाडौं- काठमाडौंबाट पोखराका लागि उड्ने क्रममा धावनमार्गबाट उड्नेवित्तिकै सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा परेको छ। एयरलाइन्सका व्यवस्थापक र कर्मचारी सवार भएको उक्त उडानमा रहेका एकजना क्यापेटनबाहेक सबैको निधन भएको छ।

images
images
images

जहाज दुर्घटनामा १८ जनाले ज्यान गुमाएका छन्। जसमध्ये एक जना विदेशी इन्जिनियर रहेका थिए।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको दुर्घटना प्रत्यक्ष देखेका नेपाल एयरलाइन्सका एक पाइलटका अनुसार जहाज टेकअफ लिनेवित्तिकै देब्रेतर्फ टर्न भएको थियो। जुन अस्वभाविक थियो। जहाज तत्काल नै फेरि दाहिनेतर्फ टर्न भयो। तर जहाजले त्यसपछि उचाइ लिन सकेन र जमिनमा बझारियो।

images

जहाज पहिले एयर डाइनेष्ट्रिको ह्याङगरमा रहेको कन्टेनरमा ठोक्कियो। उक्त कन्टेनरसमेत तल खाडलमा परेको छ। जहाज ठूलो आवाजमा पड्कियो। यो दुर्घटना मानवीय त्रुटीभन्दा पनि कम्पनीको लापरबाहीबाट भएको बुझिएको छ।

images

saurya accident (2).jpg

दुर्घटनामा परेको जहाज 'नाइन एन-एएमई/सीआरजे-२००' जहाज हो। उक्त जहाज पछिल्लो एक वर्षदेखि नियमित परीक्षण नगरेको जहाज हो।

कुनै पनि जहाजको निश्चित समयभित्र नियमित परीक्षण गरिनुपर्छ। जहाजका सबै पाटपुर्जा तथा इन्जिनको अवस्था ठीक छ कि छैन भनेर रुटिन परीक्षण गर्नुपर्छ।

'सी-चेक' भनिने यस्तो परीक्षण सौर्यले सन् २०२३ को जुलाईभित्रै दुईवटै जहाजको गर्नुपर्ने थियो। कम्पनीको दुईवटा जहाज सन् २०२३ को जुन र जुलाईमा सी-चेक हुनुपर्ने थियो। तर उक्त समयमा कम्पनीले जहाज सी-चेक गरेन।

जहाज सी-चेक नगरी जति घण्टा उडान हुन्छ त्यहीमात्रै उडान गर्ने भन्दै कम्पनीले सूचनासमेत जारी गरेको थियो। जेट जहाज बिक्री गर्ने र एटीआर जहाजबाट उडान गर्ने भन्दै कम्पनीले उक्त सूचना जारी गरेको थियो।

surya 9name accident.jpg
                                                                                    सौर्य एयरलाइन्सको सूचना।

सौर्यले त्यतिबेला यी कुनै पनि जहाज उडान नगर्ने र एटीआर ल्याएर उडान गर्ने सूचना नै निकालेको थियो। त्यसरी परीक्षण नगरी उडान गरिरहेको एउटा जहाजको भने केही महिना अगाडि परीक्षण भएको थियो। त्यसपछि अहिले दोस्रो जहाज सी-चेकका लागि पोखरा ह्याङगरमा लैजान लाग्दा दुर्घटना भएको हो।

पोखरा विमानस्थलको ह्याङगर सञ्चालनपछि पहिलोपटक सौर्यले नै उक्त स्थानमा सी-चेकको काम गरेको थियो। अहिले दुर्घटनामा परेको जहाजबाट उडान नगर्ने भन्दै सुरुमा सी-चेक नगरेपनि पछि गएर भने समयसीमा सारेर कम्पनीले जहाज भने उडाइरहेको थियो।

आर्थिक संकटमा सौर्य एयरलाइन्स, कर्मचारी कटौतीदेखि सीआरजे जहाज नउडाउने घोषणा आर्थिक संकटमा सौर्य एयरलाइन्स, कर्मचारी कटौतीदेखि सीआरजे जहाज नउडाउने घोषणा एयरलाइन्स कम्पनी वित्तीय संकटतर्फ, उडान सुरक्षामा थपिँदै चुनौती एयरलाइन्स कम्पनी वित्तीय संकटतर्फ, उडान सुरक्षामा थपिँदै चुनौती


प्रकाशित : बुधबार, साउन ९ २०८११४:५३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend