सोमबार, वैशाख १७ गते २०८१    
images
images

आर्थिक संकटमा सौर्य एयरलाइन्स, कर्मचारी कटौतीदेखि सीआरजे जहाज नउडाउने घोषणा

जुन-जुलाईमा जहाजको सी-चेक नहुने, ३ सय घण्टा पनि बाँकी छैन २ जहाजको उडान समय

images
images
images
आर्थिक संकटमा सौर्य एयरलाइन्स, कर्मचारी कटौतीदेखि सीआरजे जहाज नउडाउने घोषणा
images
images

काठमाडौं- निजी हवाई सेवाप्रदायक कम्पनी सौर्य एयरलाइन्स आर्थिक संकटमा परेको छ। उडान सुरू गरेदेखि नै पूर्ण क्षमतामा उडान गर्न नसकेको एयरलाइन्स अन्तत: बन्द हुने अवस्थामा नै पुग्नेगरी संकटमा परेको छ। एयरलाइन्ससँग तीनवटा सीआरजे-२०० जहाज छन्। तर दुईवटा जहाजमात्रै उडानयोग्य छन्।

images
images
images

लामो समयदेखि ग्राउन्डेड सौर्यको एउटा जहाजको बाहिरी भागमात्रै बाँकी रहेको छ। त्यसको काम लाग्ने पार्टपुर्जा अन्य जहाजमा प्रयोग भइसकेको छ। संटकमा परेपछि एयरलाइन्सले कर्मचारी कटौती गरिरहेको छ भने सीआरजे जहाज उडान नगर्ने घोषणा गरिसकेको छ। घोषणासँगै जुन महिनामै जहाज सी-चेक गराउनुपर्ने काम पनि रोकिएको छ।

images

एयरलाइन्सले कर्मचारी कटौतीका लागि जारी गरेको सूचनामै कम्पनी गम्भीर आर्थिक संकटमा परेको प्रष्ट हुन्छ। एयरलाइन्सका महाप्रबन्धक गोपाल भट्टराईले जेठ १० गते  कर्मचारी कटौती गर्ने सम्बन्धमा सूचना जारी गरेका थिए। उक्त सूचनमा ८ वर्षभन्दा बढी समयदेखि देशको विभिन्न क्षेत्रहरूमा सीआरजे-२०० जहाजबाट हवाई उडान सेवा गर्दै आएको तर कोभिडका कारण एयरलाइन्सले आर्थिक समस्या भोग्नु परेको सूचनामा उल्लेख छ।

images

युक्रेन-रुस युद्धले इन्धनको मूल्य बढाएको छ। जसको कारण सीआरजे जहाजको अपरेसनमा इन्धनको खर्च बढी भएका कारण साढे १ वर्षदेखि एयरलाइन्स नोक्सानीमा सञ्चालन भएको भट्टराइले जारी गरेको सूचनामा उल्लेख छ।

images
images

एयरलाइन्स कम्पनी वित्तीय संकटतर्फ, उडान सुरक्षामा थपिँदै चुनौती एयरलाइन्स कम्पनी वित्तीय संकटतर्फ, उडान सुरक्षामा थपिँदै चुनौती

 

उक्त सूचनामा नै एटीआर ७२-५०० जहाज ल्याएर उडान गर्ने र उक्त जहाज नआउँदासम्म र अहिले सञ्चालनमा रहेका जहाज बिक्री गर्न केही समय लाग्ने हुँदा नागरिक उड्डयन ऐन २०५३ को अधिनमा रही सेफ्टी स्टान्डर्डलाई बरकरार राख्दै कम्पनी मितव्ययी ढंगबाट सञ्चालन गर्ने निर्णय भएको उल्लेख छ। 

सूचनामा नै कम्पनीको उडान तालिका एकै सिफ्टका कर्मचारीले भ्याउने गरी बनाइ आंशिक कर्मचारीहरूलाई प्रचलित श्रम ऐन २०७४ को दफा १४५ लाई टेकी कटौती गर्नका लागि सूचना प्रकाशित गरिएको उल्लेख छ।

saurya karmachari.jpg
कर्मचारी कटौती गर्ने सम्बन्धमा सौर्य एयरलाइन्सको सूचना।

सौर्य एयरलाइन्सले उडानका लागि अनुमति पाएको गन्तव्यका नियमित उडान गर्ने हो भने दुई देखि तीन महिनामा भन्दा बढी जहाज उडान गर्न मिल्दैन। सौर्य एयरले उडान गरिरहेको दुईवटा जहाज अब बढीमा प्रति जहाज तीनसय घण्टाभन्दा बढी उडान हुन सक्दैन। किनकि एयरलाइन्सले जहाज जुनमा सी-चेकका लागि पठाएको छैन। यसको अर्थ अब जहाज दुईदेखि तीन महिनाभन्दा बढी लामो समय उडान गर्न सक्दैन। तीन महिनाभित्रै एटीआर जहाज ल्याएर पनि उडान सम्भव छैन।

अर्कोतिर सौर्य एयरलाइन्सले तिर्नुपर्ने विमानस्थलको बक्यौता रकम पनि बढ्दो छ। 

कम्पनीले भनेजस्तो एटीआर जहाज ल्याएर फेरि उडान सुरु गर्न पनि सजिलो छैन। एयरलाइन्स कम्पनीले भनेजस्तो अहिले एटीआर ७२-५०० मोडलको जहाज पाउन मुस्किल नै छ। एटीआर-७२-५०० जहाजको नयाँ उत्पादन बन्द भएको १० वर्ष भइसकेको छ। सौर्यले कि त नयाँ जहाज खरिद गर्नुपर्छ जुन नेपालमा निकै महँगोमात्र होइन व्यावसायिक रुपमा करिब असफल भइसकेको अरु एयरलाइन्सहरूले बताउने गरेका छन्। 

अहिले अन्य एयरलाइन्सले जस्तै पुराना जहाज ल्याउने हो भने पाउन कठीन छ। उत्पादन बन्द भएको १० वर्ष भएको र सन् २००८ भन्दा अघि निर्माण भएका जहाज ल्याउन पाइँदैन। यसको अर्थ सन् २००८ पछि २०१२ को बीचमा उत्पादन भएका सीमित जहाज सौर्यले पाउन कठीन छ। 

यस हिसाबले २००८ अगाडिका जहाज नेपाल आउन पाउँदैन। अहिले एटीआर जहाज उडान गरिरहेका एयरलाइन्सले पनि नयाँ हुँदा नै जहाज बिक्री गर्दैनन्। वित्तीय अवस्था नै नाजुक भएका एयरलाइन्सले एटीआर ७२-६०० जहाज नेपाल तत्काल आउन सक्ने अवस्था देखिँदैन।

अर्को त सौर्य एयरलाइन्सले एटीआर जहाज ल्याउँदा उडानका लागि प्राधिकरणको अनुमति लिनु पर्छ। प्राधिकरण प्रवक्ता जगन्नाथ निरौलाका अनुसार सौर्य एयरलाइन्सले सीआरजे उडान बन्द गरेर एटीआर उडानका लागि जहाज ल्याउन कुनै निवेदन दिएको छैन। यसकारण पनि कुनै पनि दिन सौर्यको उडान बन्द हुन सक्छ। 

एक एयरलाइन्सका अनुसार एटीआर जहाज ल्याउनका लागि सुरुमा सबै प्रक्रिया पूरा गर्दा एकदेखि दुई वर्षसम्म लाग्छ। जहाजमात्रै ल्याएर हुँदैन, जहाज उडानका लागि सबै मापदण्ड पूरा गर्नुपर्छ। अहिलेको अवस्थामा सौर्यका लागि त्यो पनि सम्भव छैन। स्रोतकै अनुसार भारतीय लगानिकर्ता कुबेर ग्रुपले समेत लामो समयदेखि लगानी रोकेर बसेको छ।

स्थापना भएदेखि नै राम्रोसँग चल्न नसकेको सौर्यले विभिन्न पटक खरिद बिक्रीको चक्र पार गरिसकेको छ। आर्थिक रुपमा सक्षम नभएपछि सौर्यमा लगानीकर्ता भित्रिने र बाहिरिने क्रम निरन्तर चलेको छ। व्यवस्थापकीय अस्थिरताको मार पनि सौर्यले खेपेको थियो। 

विभिन्न पेसा तथा व्यवसायमा रहेका करिब दर्जन व्यवसायीहरूले २०७१ सालमा संयुक्त रूपमा स्थापना गरेको सौर्य एयरलाइन्सको पहिलो जहाजबाट चार्टर्ड उडान गर्नेबेलासम्म आर्थिक अवस्था राम्रै थियो। जब उसले दोस्रो जहाज ल्याएर 'सेड्युल' उडान थाल्यो, आर्थिक अवस्था खराब हुन थाल्यो।  

अवस्था खराब भएपछि विमानस्थल पार्किङ शुल्कको बक्यौतासमेत थपिँदै गयो। एयरलाइन्सले कालान्तरमा सञ्चालन लागतमा पनि अभाव झेल्न थाल्यो। त्यही बेला भएका लगानीकर्ता पनि बाहिँरिदै थिए।

त्यही बीचमा विभिन्न व्यवसायीहरू नयाँ लगानीकर्ताका रूपमा भित्रिने र बाहिरिने क्रम चलिरह्यो। तर एयरलाइन्सको अवस्थामा खास सुधार आएन। कोरोनाअघि भएका दुवै जहाज प्राविधिक रूपमा उडान गर्न नमिल्ने अवस्था भएपछि उडान स्थगन गर्ने अवस्थामा पुगेको थियो।

उडान स्थगित भएसँगै सौर्यमा भारतीय लगानीकर्ता कुबेर ग्रुपको प्रवेश भयो। उक्त ग्रुपको प्रवेशसँगै सौर्यले पुन: उडान सुरू गरेको थियो। सौर्यको पछिल्लो इनिङ पनि सफल नभएको प्रष्ट देखिन्छ। 

images

प्रकाशित : आइतबार, असार १० २०८००९:५९

प्रतिक्रिया दिनुहोस