शुक्रबार, जेठ २९ गते २०८३    
शुक्रबार, जेठ २९ २०८३

सिम्रिकको नाममा रहेको सवा २ करोड बक्यौता बुझाएपछि गुणले उडान गर्न पाउने

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, भदौ २५ २०७८
सिम्रिकको नाममा रहेको सवा २ करोड बक्यौता बुझाएपछि गुणले उडान गर्न पाउने

सिम्रिक एयरको नाममा बाँकी विमानस्थल सेवा शुल्क वापतको २ करोड २९ लाख रुपैयाँ बक्यौता रकम भुक्तानी नभएसम्म गुणले उडान भर्न नपाउने नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेलले बताए।

काठमाडौं- सिम्रिक एयरलाइन्सको नाममा रहेको  विमानस्थल सेवा शुल्क वापतको सवा २ करोड रुपैयाँ भुक्तानी भएपछि मात्रै गुण एयरलाइन्सले आन्तरिक उडान गर्न पाउने भएको छ।

२०७६ चैतको लकडाउनसँगै उडान बन्द भएको सिम्रिक एयरलाइन्सले अहिले नाम परिवर्तन गरेर गुण एयरलाइन्सको नामबाट आन्तरिक उडानमा फर्कन लागेको छ।

तर, सिम्रिक एयरको नाममा बाँकी विमानस्थल सेवा शुल्क वापतको २ करोड २९ लाख रुपैयाँ बक्यौता रकम भुक्तानी नभएसम्म गुणले उडान भर्न नपाउने नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेलले बताए। यो रकम २०७७ फागुनसम्मको हो। यो रकम अहिले बढी सकेको छ।

गुण एयरलाइन्सले भने भदौ अन्तिमबाट आन्तरिक उडानमा फर्कने तयारी गर्दै प्राधिकरणसँग अनुमति मागेको छ। सोही अनुसार एयरलाइन्सले पनि तयारी गरिरहेको छ। 

एयरलाइन्सका बजार व्यवस्थापक प्रज्वल थापाले विमानस्थल सेवा शुल्क वापतको पुरानो सबै रकम सके एकै पटकमा  र नसकेको अवस्थामा किस्ता बन्दीमा भुक्तानी गर्ने बताए।

गुणसँग अहिले ७ वटा जहाज भएको छ। जसमा २ वटा सिम्रिकमा नाममा रहेको विचक्राफ्ट जहाज र यती एयरसँग किनेको ५ वटा जेट स्ट्रिम जहाज रहेको छ।

प्राधिकरणबाट एओसी लिन काम अन्तिम चरणमा पुगेको एयरलाइन्सले जनाएको छ। अनुमति पाएसँगै नियमित आन्तरिक हवाइ सेवा सुरु गर्ने गरी तयारी पूरा भएको एयरलाइन्सले जनाएको छ।

उडान सञ्चालनको तयारीमा तीब्र रुपमा अगाडि बढेको गुण एयरलाइन्सका प्रवक्ता एवम् बजार तथा बिक्री प्रमुख थापाले बताए।
उडानको सुरुवातमा काठमाडौंबाट पोखरा, भरतपुर र तुम्लिङटार हुने एयरलाइन्सले जनाएको छ। दोस्रो चरणमा सिमरा, भैरहवा,  जनकपुर, नेपालगन्ज र विराटनगर को लागि उडान तयारी भएको थापाले बताए।


प्रकाशित : शुक्रबार, भदौ २५ २०७८०८:१०
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend