शुक्रबार, असार २६ गते २०८३    
शुक्रबार, असार २६ २०८३

विदेशी मुद्राको सञ्चिति १४ अर्ब ७२ करोड डलर, शोधनान्तर स्थिति ४ खर्ब २५ अर्बले बचतमा

बुधबार, असार २६ २०८१
विदेशी मुद्राको सञ्चिति १४ अर्ब ७२ करोड डलर, शोधनान्तर स्थिति ४ खर्ब २५ अर्बले बचतमा

काठमाडौं- नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको ११ महिनामा कुल विदेशी विनिमय सञ्चिति १९ खर्ब ६७ अर्ब १९ करोड र अमेरिकी डलरमा १४ अर्ब ७२ करोड पुगेको छ। 

आर्थिक वर्ष २०८०/८१ को ११ महिनाको आयातलाई आधार मान्दा बैकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १५.१ महिनाको वस्तु आयात र १२.६ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिएको राष्ट्र बैंकले जनाएको छ। 

वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति ४.१७ प्रतिशत रहेको रहेको छ। आयात १.८ प्रतिशत, निर्यात ३.० प्रतिशत र कुल वस्तु व्यापार घाटा १.७ प्रतिशतले घटेको छ।

विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा १९.३ प्रतिशतले र अमेरिकी डलरमा १७.३ प्रतिशतले बढेको छ। शोधनान्तर स्थिति ४ खर्ब २५ अर्ब ६७ करोडले बचतमा रहेको छ।

नेपाल सरकारको खर्च ११ खर्ब ८१ अर्ब ३० करोड र राजस्व परिचालन ९ खर्ब १९ अर्ब १९ करोड रहेको छ। समीक्षा अवधिमा चालु खाता २०० अर्ब ३९ करोडले बचतमा रहेको छ।

अघिल्लो वर्षको सोही अवधिमा चालु खाता ७९ अर्ब ५३ करोडले घाटामा रहेको थियो। अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ६१ करोड ३२ लाखले घाटामा रहेको चालु खाता समीक्षा अवधिमा १ अर्ब ५१ करोडले बचतमा रहेको छ।

जेठ महिनामा भित्रियो १ खर्ब २८ अर्ब रेमिट्यान्स जेठ महिनामा भित्रियो १ खर्ब २८ अर्ब रेमिट्यान्स


प्रकाशित : बुधबार, असार २६ २०८११७:०१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend