शुक्रबार, असार २६ गते २०८३    
शुक्रबार, असार २६ २०८३

जेठ महिनामा भित्रियो १ खर्ब २९ अर्ब रेमिट्यान्स

बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, असार २६ २०८१
जेठ महिनामा भित्रियो १ खर्ब २९ अर्ब रेमिट्यान्स

काठमाडौं- चालु आर्थिक वर्षको ११ महिनासम्ममा १३ खर्ब २७ अर्ब ५१ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ। बैशाख मसान्तसम्ममा ११ खर्ब ९८ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएकोमा जेठ महिनामा थप १ खर्ब २९ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ। 

गतवर्ष तुलनामा रेमिट्यान्स १९.३ प्रतिशतले वृद्धि भएको छ। राष्ट्र बैंकको तथ्यांकअनुसार ११ महिनामा १३ खर्ब २७ अर्ब ५१ करोड पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २२.७ प्रतिशतले बढेको थियो।

अमेरिकी डलरमा विप्रेषण आप्रवाह १७.३ प्रतिशतले वृद्धि भइ ९ अर्ब ९८ करोड पुगेको छ। अघिल्लो वर्ष यस्तो आप्रवाह १३.० प्रतिशतले बढेको थियो।

तथ्यांकअनुसार ११ महिनामा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत-नयाँ) लिने नेपालीको संख्या ४ लाख २२ हजार ९३६ र पुनः श्रम स्वीकृति लिनेको संख्या २ लाख ६२ हजार ७०५ रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः ४ लाख ५९ हजार ४ सय १५ र २ लाख ६० हजार २ सय ६२ रहेको थियो।

समीक्षा अवधिमा खुद ट्रान्सफर १७.३ प्रतिशतले वृद्धि भइ १४ खर्ब ४३ अर्ब ६ करोड पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर २१.९ प्रतिशतले बढेको थियो। 


प्रकाशित : बुधबार, असार २६ २०८११७:०९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend