शुक्रबार, वैशाख २८ गते २०८१    
images
images

टेक्निकल समस्या जहाँ पनि आउँछ, अमेरिका र जापानमा पनि बत्ती जान्छ

images
images
images
टेक्निकल समस्या जहाँ पनि आउँछ, अमेरिका र जापानमा पनि बत्ती जान्छ

अरू समस्या होइन। ट्रान्सफर्मरको समस्या हो, त्यो थप्छौँ। दीर्घकालीन सोचले नै काम भइरहेको छ। टेक्निकल समस्या जहाँ पनि आउँछ, अमेरिका र जापानमा पनि बत्ती जान्छ।

images
images

तीन चार दिनदेखि विद्युत आपूर्तिमा समस्या देखिएको छ। यो समस्या काठमाडौंमा मात्र देखिएको हो। देशभर होइन। सप्लाइमा समस्या होइन।

images
images
images

बेलुका १७ सय मेगावाट र बिहान अलि कम छ। मागअनुसारको आपूर्ति छ। तामाकोशी आएपछि पिक टाइममा बिजुली पुगेको छ। पिक टाइममा भन्दा अरु समयमा माग कम छ।  

images

विद्युत आपूर्तिमा समस्या देखिएकाे हो। समस्या केही लिमिटेड ठाउँमा मात्रै समस्या आएकाे छ। बेलुकाकाे पिक लाेड १७०० र बिहान १५ सय मेगावाट रहेकाे छ। अहिले फिडरमा समस्या आएकाे हाेइन वितरण ट्रान्सफर्मरमा समस्या हाे।

images

अहिले बिजुली आयात दिउँसाे मात्रै गरिरहेका छाैँ। पिकिङकाे समयमा हाम्रै बिजुलीले धान्छ। अहिले पानी परेपछि लाेड नसाेचिएकाे बढ्याे। उपत्यकामा ३७ सय ट्रान्सफर्मर रहेकाे छ। अहिले फिडरमा समस्या आएकाे हाेइन वितरण ट्रान्सर्फमरमा समस्या हाे। १८० किलाेवाटभन्दा बढी वितरण ट्रान्सफर्मरले धान्दैन। त्यसलै अहिलेकाे समस्या आएकाे हाे। केही फिडरमा पनि आगलागी भएका छन्। त्याे हुँदा केही लामाे समय लाइन जाने समस्या आएको हो। 

images
images

पिक समयमा गत वर्षभन्दा ८० मेगावाट बढी माग छ। यो अचानक आएको पनि होइन। काठमाडौंभित्र थुप्रै सवस्टेशन छन्। ३७ देखि ३८ सय ट्रान्सफर्मर छन्। फिडरमा समस्या भयो भने १०/१५ वटा ट्रान्सफर्मरमा समस्या हुन्छ। अहिले हामीले करिब २ हजार ट्रान्सफर्मर थपेका छौँ, देशभर त्यहीअनुसार थपिएको छ।  

अहिलेको मुख्य समस्या पानी परेपछि लोड बढेको हो। माग बढी भयो भने ट्रान्सफर्मरमा समस्या हुन्छ। हामीले त्यसलाई समाधान गर्छौं। सिंहरदबारमा एउटा ट्रान्सफर्मर जलेको छ। केही घरमा लगिएको केवलमा समेत आगलागी भएको छ।

हामीले अहिले ट्रान्सफर्मर फेरिरहेका छौँ। १५० वटा जति फेरिसकेका छौँ। ट्रान्सफर्मर फेर्दा ४/५ घण्टा विद्युत आपूर्तिमा समस्या हुन्छ। बाहिर भनिए जस्तो २३ दिन बत्ती नआएको होइन, केही घण्टामात्र समस्या भएको हो। 

अहिले धेरै माग भएको क्षेत्रमा इमाडोल एरिया, वानेश्वर, रत्नपार्क, कालधारा, महाराजगञ्जमा धेरै समस्या आयो। हामीले त्यो समस्या समाधान गर्न लागि परेका थियौँ। पानी परेकाले केही ढिलाइ भएको हो। सम्भव भएसम्म हामीले काम गरेका छौँ। 

ट्रान्सफर्मर थप्ने काममा केही समस्या छ। त्यसमा स्थानीयले हाम्रो क्षेत्रमा नराख्नु भनेका छन्। हामीले वडा कार्यालयसँग समन्य गरेका छौँ। आम उपभोक्तालाई आग्रह छ ट्रान्सफर्मर राखेर केही हुन्न। त्यसका लागि सहयोग गर्न मेरो आग्रह छ। आज बेलुकासम्म सबै समस्या समाधान हुन्छ। 

विद्युत सप्लाइ नै नपुगेर यस्तो भएको हो किन्ने जिज्ञाशा आएको छ। त्यस्तो होइन। हामी जतिसुकै डिमान्ड आए पनि सप्लाइ गर्न सक्छौँ। दुई हजार मेगावाट डिमान्ड आए पनि सप्लाइ गर्न सक्नेगरि काम गरिरहेका छौँ। सब स्टेसन थप्दै छौँ। मातातीर्थमा, चोभारमा सबस्टेसन टेकु, फुटुङ, मुलपानी, चाँगुनारायण, बालकुमारीमा सबस्टेसन निर्माण गर्दैछौँ। यो टेन्डर भएर काम भइरहेको छ। 

त्यस्तै एडीबीको सहयोगमा तार भूमिगत गर्ने काम भइरहेको छ। त्यस्तै जाइकाको सहयोगमा पनि तार भूमिगत गर्ने काम भइरहेको छ। यो क्रममा केही फिडरहरूमा समस्या आएको हो। सडक, खानेपानीसँगको समन्वय हुन नसक्दा काम हामीले सोचेको गतीमा हुन सकेको छैन। 

कीर्तिपुर, ललितपुर र भक्तपुरमा काम भइरहेको छ। सबै कामले विश्वसनीयतामा सहयोग पुग्ने छ। ट्रान्सफर्मरमा समस्या आए ठूलो कुरा होइन, सबस्टेसन चाहिँ समस्या हो। सब स्टेसन बनाउन दुई वर्ष लाग्छ तर ट्रान्सफर्मर त एकै दिनमा समस्या समाधान हुन्छ। 

स्थानीय रूपमा अपर्झट आउने मागलाई सम्बोधन गर्ने गरि नै ट्रान्सफर्मर राखिएको हुन्छ। तर त्योभन्दा बढी पनि माग हुन सक्छ। यो समस्या होइन। माग आएपछि त्यहीअनुसार ट्रान्सफर्मर थप्दै जाने हो। बिहान १ घण्टा र बेलुका मात्र हो ५ सयको माग। राति त १ सय मेगावाट मात्र हो। 

पानी परेर हामीलाई समस्या भएकै हो। यो समाधान गर्दै छौँ। माग बढ्नु राम्रो कुरा हो। काठमाडौंमा आएको समस्याले हामीलाई केही सिकायो पनि। विस्तारको योजना थियो, अहिलेको अवस्थाले हामीलाई छिटो गर्नुपर्ने बनायो। ट्रान्सफर्मरका साथै तार पनि फेर्नुपर्ने भएको छ। त्यो हामीले गरिरहेका छौँ। यो समस्या मागले सिर्जना गरेको हो। 

आगामी वर्ष यस्तो समस्या हुने छैन। हामीलाई यो वर्ष आएको समस्याले पाठ सिकायो। काठमाडाैंमा देखिएको समस्या अब समाधान हुने क्रममा छ। अब अर्को वर्षका लागि हामी तराइमा केन्द्रित हुन्छाैँ। अरू समस्या होइन। ट्रान्सफर्मरको नै समस्या हो, त्यो थप्छौँ। दीर्घकालीन सोचले नै काम भइरहेको छ। टेक्निकल समस्या जहाँ पनि आउँछ, अमेरिका र जापानमा पनि बत्ती जान्छ।

(नेपाल विद्युत प्राधिकरणले गरेको पत्रकार सम्मेलनमा घिसिङले राखेको भनाइ)

images

प्रकाशित : शुक्रबार, पुस १६ २०७८०८:०५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend