आइतबार, भदौ २३ गते २०८१    
images
images

विद्युतीय सवारी मर्मतसम्भारका लागि विद्युतीकरण रुझान

images
शनिबार, असार २२ २०८१
images
images
विद्युतीय सवारी मर्मतसम्भारका लागि विद्युतीकरण रुझान

विद्युतीय सवारीको प्रयोग आम अटोमोबाइल बजारमा बढ्दै गइरहेको छ। यहीकारण हो विद्युतीय सवारी मर्मतका लागि दक्ष प्राविधिकको माग उल्लेख्य रुपमा बढ्ने।

images
images

विश्व हरित ऊर्जामार्फत दीर्घकालीन स्थायित्वतर्फ अघि बढिरहेको सन्दर्भमा अटोमोबाइल उद्योग पनि सोही बाटोमा छ। अर्थात अटोमोबाइल उद्योग पनि विद्युतीय सवारी (ईभी) को स्वीकार्यता बढेसँगै यतैतर्फ लम्किएको छ। 

images
images
images

अहिलेको विकास र आम बुझाइका आधारमा वातावारणमैत्री यातायाको रुपमा ईभी अघि बढेको छ। विद्युतीय सवारीको उत्पादनमा सबै अटोमोबाइल उत्पादकहरू केन्द्रित भएका छन्।

उत्पादन आएपछि त्यसको मर्मत सम्भारको माग उल्लेख्य रुपमा बढ्दै जान्छ। त्यसैगरी ईभी मर्मतका लागि मेकानिक्स तथा इन्जिनियरहरूसमेत समान रुपमा तयार हुनुपर्छ। यो ट्रेन्डले अटोमोबाइल उद्योगको परिदृश्यलाई नै नयाँ आकार दिनेछ। विद्युतीय सवारीको अत्याधुनिक प्रविधिले माग गरेअनुरुप प्राविधिकहरूले यसको तालिम तथा ज्ञान लिनु अनिवार्य छ। 

विगत तीन वर्षयताको नेपालको विद्युतीय सवारी बिक्रीको तथ्यांक हेर्ने हो भने अवस्था सुखद छ। निजी कारमात्र होइन सार्वजनिक यातायातमा पनि विद्युतीय सवारीको संख्या उल्लेख्य रुपमा बढिरहेको छ।

images

ठूला बसमा त्यति उत्साह नदेखिए पनि माइक्रो तथा भ्यानमा ईभीको हिस्सा बढ्दै गइरहेको छ। जसरी विद्युतीय सवारीको संख्या बढ्दै गइरहेको छ त्यो अनुपातमा बिक्री पछिको सेवा र सर्भिस उपलब्ध हुन नसकेकोबारे प्रश्न उठ्न थालिसकेको छ। 

बढ्दो ईभी मर्मतमा चुनौती 

विद्युतीय सवारीको प्रयोग र यसबारेको सञ्चार निर्विवाद छ। ब्याट्री प्रविधिमा आएको व्यापक सुधार, चार्जिङ पूर्वाधारमा हुँदै गएको सुधार र वातावरणीय चासोका कारण नेपालमा विद्युतीय सवारी मेनस्ट्रिम बन्दै गएको छ, यो विश्वभरको ट्रेन्ड हो। विद्युतीय सवारीको व्यापक स्वीकार्यताले मर्मत तथा सर्भिसका लागि विशेषज्ञताको जरुरी भएको र माग बढ्दै गएको छ। 

परम्परागत इन्टरनल कम्बस्चन इन्जिनको तुलनामा विद्युतीय सवारीको बनावट र प्रयोग हुने कम्पोनेन्टहरूमा धेरै नै भिन्नता पाइन्छ। विद्युतीय सवारीमा जटिल इलेक्ट्रिकल सिस्टम र हाइ भोल्टेज ब्याट्री प्रयोग भएको हुन्छ। यही जटिलता नै ईभी मर्मतको जटिलताका रुपमा रहेको छ।

प्राविधिक तथा मेकानिक्समा यही कुरा नयाँ चुनौतीका रुपमा अगाडि आएको छ। यी सबै कुरा अध्ययन वा तालिमको माध्यमबाट जानेपछि मात्र विद्युतीय सवारीमा के समस्या भएको हो पत्ता लगाउन सकिन्छ। ब्याट्री म्यानेजमेन्टदेखि रिजेनेरेटिभ ब्रेकिङ सिस्टमसम्म र पावर इलेक्ट्रोनिक्सदेखि ड्राइभ युनिटसम्मको जानकारी विद्युतीय सवारी मर्मतकर्ताले जान्नु अनिवार्य छ। त्यस्तै पावरट्रेन्स र परिष्कृत सफ्टवेरबीचको सन्तुलित जानकारी पनि प्राविधिकसँग हुनुपर्छ। 

यसका साथै आईसीई सवारीको तुलनामा विद्युतीय सवारीमा केही पार्टसहरू छन् जुन मर्मत थप चुनौतीपूर्ण रहेको छ।

हाल नेपालमा रहेको विद्युतीय सवारी मर्मत केन्द्रहरूले आफ्नो क्षमता वृद्धि गर्न सुरु गरेका छन्। त्यस्तै ईभीका लागि चाहिने स्पेयरको पर्याप्त सञ्चिति गर्न थालेका छन्। साथै ब्याट्री प्याक, बीएमएस, कन्ट्रोल सिस्टमसहितको ज्ञानबिना काम गर्न कठिन हुन्छ।

उद्योगको प्रक्रिया र तालिम कार्यक्रम

परिवर्तित परिदृश्यलाई स्वीकार गरेर सवारीसाधनको मर्मत केन्द्रहरूमा पर्याप्त लगानी गर्दै प्राविधिकहरूलाई विद्युतीय सवारी सम्बन्धमा यथेष्ट तालिमहरू दिनु आवश्यक हुन्छ। तालिमहरू पनि अबका दिनमा प्रतिस्पर्धी रुपमा उपलब्ध गराउनु पर्छ। 

सवारी उत्पादक संस्था तथा अन्य प्राविधिक शिक्षालय र संस्थाहरूले ईभी मर्मतका लागि निश्चित समयको कोर्ष नै डिजाइन गरेर पढाउँदै आएका छन्।

यी कोर्षमा ब्याट्री डाइग्नोस, इलेक्ट्रिक मोटर सर्भिसिङ र हाइ भोल्टेज ब्याट्रीबारेको सुरक्षालगायत विषय समेटिएका हुन्छन्। यसका अतिरिक्त निजी संघसंस्था र यस उद्योगसँग सम्बन्धितहरूले पनि ईभी सर्भिसलगायतका विषयमा तालिम दिइरहेको र तयारी गरिरहेका छन्। 

यस्ता तालिम र कोर्ष अध्ययन गर्ने हो भने दक्षताको असन्तुलन मिलाउन सहज हुनेछ। त्यस्तै ईभीको मर्मतका लागि माग भएअनुसार योग्य जनशक्ति पूरा गर्न केही हदसम्म सजिलो पक्कै हुन्छ। अवन्तिका कर्मशाला, ईभी गुरु तथा दिगोले संयुक्त रुपमा नेपालका इच्छुकहरूलाई प्राविधिक तालिम दिएका थिए। 

ईभी मर्मतमा प्रविधिको भूमिका 

विद्युतीय सवारीको मर्मत सम्भार प्रक्रियामा प्रविधिको सबैभन्दा बढी भूमिका रहेको हुन्छ भन्दा फरक पर्दैन। परीक्षण उपकरणहरू पनि सफ्टवेरसँग सम्बन्धित हुने भएकाले अल्गोरिदम आधारित भएर छिटो र सही तरिकाले समस्या पत्ता लगाउन सक्ने हुन्छ।

प्रविधिको प्रयोगले ईभी प्रयोगकर्ताहरूलाई सर्भिसिङ तथा मर्मतमा गएका सवारी छिटो उपलब्ध गराउन सहयोग गर्छ।

यसका साथै सवारी उत्पादकहरूले सवारीको स्वास्थ्य र तत्काल अपडेट हुनेगरी रिमोर्ट एक्सेससमेत दिएका हुन्छन्। यसले पनि सम्भावित समस्याको सक्रिय रुपमा निवारण गर्न सहयोग गर्छ।

योभन्दा अघि बढ्ने हो भने आर्टिफिसियल इन्टेलिजेन्स (एआई) र मेसिन लर्निङ अल्गोरिदममा आधारित सम्भावित मर्मतका कुराहरू विद्युतीय सवारीका सन्दर्भमा आइरहेका छन्। अनबोर्ड सेन्सर र भेहिकल मेलिमेट्रीको माध्यमबाट वृहत तथ्यांक विश्लेषण गरेर एआईले काम गर्छ। एआईले सम्भवित घटना हुनुपूर्व नै त्यसबारेमा जानकारी दिने क्षमता राख्छ। जसका कारण अप्रत्यासित दुर्घटनाबाट जोगिन सकिन्छ।

विद्युतीय सवारी सर्भिसिङको भविष्य 

विद्युतीय सवारीको प्रयोग आम अटोमोबाइल बजारमा बढ्दै गइरहेको छ। यहीकारण हो विद्युतीय सवारी मर्मतका लागि दक्ष प्राविधिकको माग उल्लेख्य रुपमा बढ्ने। विद्युतीय सवारीसँग जोडिएका साझेदारहरूले संयुक्त रुपमा स्तरीय तालिम, नियामकीय खाका र सुरक्षा मापदण्ड तयार पार्नुपर्छ। 

विश्वभर भइरहेको खोज तथा अनुसन्धानले विद्युतीय सवारीको मात्र नभइ मर्मत तथा सर्भिसको विषयमा पनि नयाँ प्रविधिमा खोज गरिरहेका छन्। यसले छिटो, तुलनात्मक रुपमा कम लागत र वातावरणमैत्री सर्भिसको ढोका पक्कै खोल्नेछ।

विद्युतीय सवारीको फारक किसिमकौ चुनौती सामना गर्दै सर्भिसिङ राम्रोसँग हुन सके यसले ईभीको विश्वसनियता बढाउन थप सहयोग गर्छ। यी सबै कुराले हरित परिवहनको इकोसिस्टममै राहत दिनेछ। 

विद्युतीय सवारीको बढ्दो उपस्थितिले यसको मर्मतका सन्दर्भमा चुनौती र अवसर दुवैलाई छर्लङ्‍ग बनाइदिएको छ। तालिममा लगानी, प्रविधिबाट लिन सकिने लाभ र सहयोगीहरूमा दिइरहेको बढावाबाटै दीगो मोबिलिटीलाई स्थायित्व दिन विद्युतीय सवारीले महत्वपूर्ण भूमिका खेल्ने छ। 

(बिजनेस न्युजको 'बिजुली गाडी' विशेष अनलाइन म्यागजिनबाट)


प्रकाशित : शनिबार, असार २२ २०८१०६:४४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend