सरकारले सन् २०३० देखि नेपालमा डिजेल तथा पेट्रोलबाट चल्ने नयाँ सवारीसाधनको बिक्रीमा प्रतिबन्ध लगाउने घोषणा गरिसकेको छ।
यसको प्रत्यक्ष प्रभाव हाम्रो देशमा रहेका ग्यारेज, वर्कशप र सर्भिस सेन्टरहरूमा पर्नेछ। सञ्चालनमा रहेका वर्कशपहरूले भविष्यका लागि सबैखाले उपकरण तथा मेसिनरीहरू परिवर्तन गर्नुपर्ने हुन्छ। आईसी इन्जिन सवारी मर्मत तथा सर्भिसिङ हुने वर्कशपहरूमा ईभी मर्मत तथा सर्भिसिङ गर्न कठीन हुन्छ। वा भनौँ प्राविधिक रुपमा गर्नु हुँदैन।
विद्युतीय कार अहिले पनि नयाँ प्रविधि नै हो तर यो वातावरणमैत्री, चलाउन सजिलो र धेरै कम्पनीहरूले बनाउन थालेकाले यो पछिल्लो समय उत्साहजनक रुपमा बढ्दै गएको छ। अर्को महत्वपूर्ण कुरा भनेको यी कारमा पेट्रोलियम पदार्थ प्रयोग हुँदैन। विद्युतीय कार चलाउनका लागि चार्ज भने गर्नुपर्छ।
विद्युतीय सवारीका लागि प्राविधिकलाई तालिम दिनु र उनीहरूमा ज्ञानको दायरा बढाउनु सर्वोपरि हुन्छ। त्यसैगरी ग्यारेज इक्युपमेन्ट परिमार्जन र नयाँ पुस्ताको विद्युतीय सवारीमैत्री हुनेगरी लगानी गर्ने विषयलाई अन्देखा गर्नै सकिँदैन।
अहिले लगानी गर्नु भनेको विद्युतीय सवारीको अपरिहार्यतालाई स्वीकार गर्नु हो। यतिमात्र होइन केही वर्षपछिका लागि यो आकर्षक अवसरका रुपमा उदाउँदा लाभ लिन सकिनेछ।
अहिलेको विद्युतीय सवारीको स्वीकार्यताको सिनारियो हेर्ने हो भने कुनैपनि स्वतन्त्र ग्यारेज, सर्भिस सेन्टर तथा अटो वर्कशपहरूले अहिलेबाट सुरु गरेको लगानी भविष्यका लागि ठूलो अवसरका रुपमा खडा हुनेछ। तर यसका लागि के भन्ने प्रश्न स्वाभाविक रुपमा आउँछ।
विद्युृतीय सवारीमैत्री वर्कशप बनाउन चाहिने र हुनुपर्ने चाहिँ के हो, अहिलेको वर्कशप डिजाइनभन्दा के फरक चाहिन्छ त? यसबारे केही तथ्यगत कुरा हेरौँ।
१. विशेष प्रकारका सकेट्स र प्लगहरू जडान गर्ने- भइरहेको वर्कशपमा स्ट्यान्डर्डअनुसारको ३२ एएमपी कमान्डो सकेटहरू प्रयोगमा ल्याउनुपर्छ। यसले निकट भविष्यमा विद्युतीय सवारीको सर्भिसका लागि थालिएको तयारीको रुपमा दर्साउँछ। यसो गर्दा ईभी चार्जिङ प्वाइन्ट राख्न पनि समस्या हुने छैन।
२. वर्कशप लिफ्टिङ उपकरण- वर्तमान समयमा विद्युतीय सवारीको तौल आईसी इन्जिनको तुलनामा करिब २० देखि ३० प्रतिशतले धेरै छ। ईभी बढी गह्रुँगो हुनुको कारण ब्याट्रीको तौल हो।
विद्युतीय सवारी बनाउँदा अहिले भएको उपकरणलाई अपग्रेड गर्नुपर्ने हुन्छ। लिफ्टिङले २० देखि ३० प्रतिशत तौल धेरै उठाउनु पर्ने भएकाले पुरानोले काम नगर्न सक्छ। कयौँ सवारी उत्पादकहरूले ईभीमैत्री उपकरणहरू विकास गरेर वर्कशपमा प्रयोगमा ल्याइसकेका छन्।
समान रुपमा तौल वितरण गर्नेगरि बनाइएको नयाँ उपकरण प्रयोग गर्दा विद्युतीय सवारीको मेन्टेनेन्स सजिलो हुन्छ। यसमा सुरक्षालाई विशेष जोड दिइएको हुन्छ विगतमा भन्दा।
३. आगलागी नियन्त्रणसम्बन्धी उपकरण राख्ने- अहिलेका विद्युतीय सवारी ६ सय ५० भोल्ट(डीसी)मा काम हुने गरेको छ। १ सय ५० भोल्टभन्दा बढी डीसी भोल्टेज हुने विद्युतीय उपकरण मर्मतका लागि जोखिमपूर्ण मानिन्छ।
६ सय ५० भोल्टभन्दा बढी डीसी करेन्ट फ्लो हुने भएकाले विद्युतीय सवारी इन्जिनियर कामदारकै लागि पनि संयमित हुनुपर्ने विषय हो।
यति धेरै विद्युत प्रवाह हुने भएकाले कथम् आगोलागी भए वा करेन्ट डिस्चार्ज भएमा वर्कशपबाट विद्युतीय सवारी बाहिर लगिहाल्न असम्भव जस्तै हुन्छ। सोहीकारण विद्युतीय सवारीको वर्कशपमा आगलागीको जोखिम कम गर्ने पर्याप्त उपायहरूको व्यवस्था गर्नुपर्छ।
४. स्पेसियालिस्ट ह्वील एलाइनमेन्ट- भविष्यका लागि ह्वील एलाइनमेन्ट अपरिहार्य हुनेछ। उपयुक्त ह्वील एलाइनमेन्टले रेन्ज तथा इफिसियन्सी बढाउन मद्दत गर्छ र यो आगामी दिनमा उपभोक्तामा बढेर जानेछन्। यसको सहायताले उपभोक्ताले थप १० किलोमिटर प्रतिचार्ज काठमाडौंको सडकमा पाउने छन्। यकिन र पुन:प्रयोग यसको महत्वपूर्ण पक्ष हो। ह्वील एलाइनमेन्ट अफर गर्नु विद्युतीय सवारीको व्यवसाय सुरक्षित गर्नुसरह नै हो।
५. हाइ भोल्टेज टुल्स र इक्युपमेन्ट- विद्युतीय उपकरण उद्योगमा प्रयोग हुने उपकरणहरू निश्चित मापदण्ड पूरा गरेर उत्पादन भएका नै प्रयोग हुँदै आएका छन्।
यस्ता मापदण्ड पूरा गरेका उपकरणहरू हाइ भोल्टेज वातावरणमा काम गर्न सक्नेगरि बनेका हुन्छन्। यस्ता उपकरणहरू सीएटी आईआईआई ६००भी वा सीएटी आईभी १०००भी सहरको हुनुपर्नेछ। यो मापदण्ड पूरा गरेका उपकरणको प्रयोग गरेर काम गर्दा हाइ भोल्टेज सिस्टममा सुरक्षित हुनेछ।
त्यस्तै हाते उपकरणहरू पनि परीक्षण र इन्सुलेटेड भएको आईईसी ६०९००ः२०१२ स्ट्यान्डर्ड र हाइ भोल्टेजको अन्तर्राष्ट्रिय संकेत हुनुपर्छ। विद्युतीय सवारीको मर्मत गर्ने वर्कशप सबै कुराबाट प्राविधिक, कामदार तथा उपभोक्ता सुरक्षित हुने बनाउनुपर्छ।
६. ब्याट्री लिफ्टिङ टेबल्स- विद्युतीय सवारीको बेमा लिफ्टिङ टेबल हुनु राम्रो हो। ब्याट्री मर्मत भोलिका दिनमा विद्युतीय सवारीका लागि महत्वपूर्ण हुनेछ। विद्युतीय सवारीको एउटा पार्टका रुपमा ब्याट्री सबैभन्दा ठूलो हो। एउटा मजबुत टेबल ब्याट्री मर्मतको व्यवस्थापनका लागि अपरिहार्य हुन्छ। यसरी हुने र गरिने काम म्यानुअल्लीभन्दा इलेक्ट्रिक अप्रेसनबाटै चल्ने बनाउनु पर्छ। यस्तो विषयमा स्वास्थ्य र सुरक्षमा कम्प्रमाइज गरिनु हुँदैन।
७. प्राविधिकहरूलाई दक्ष बनाऔँ- विद्युतीय सवारीको मर्मत मन लागेजसरी आईसी सवारी मर्मत गरेजसरी गर्नु सकिँदैन। सकेसम्म ईभी मर्मत बारे के गर्न सकिन्छ भनेर प्राविधिकले जान्न जरुरी छ। तर विद्युतीय सवारीको प्रविधि तीव्र गतिमा परिवर्तन भइरहेको छ। वर्कशप सञ्चालकहरूले यसरी भइरहेको परिपर्तित प्रविधिमा आफूलाई पोख्न बनाउँदै लैजानुपर्छ।
प्रविधिबारे अपडेट नभइ अनुमान गर्नु घातक हुनेछ। किनकि एक प्रकारको विद्युतीय सवारी वा हाइब्रिड सवारी मर्मत गरेकै आधारमा अर्को विद्युतीय सवारी सहजै मर्मत गर्न सकिने अवस्था हुँदैन।
विद्युतीय सवारीमा धेरै किसिमका प्रविधिहरू प्रयोग भएका हुन्छन्। प्योर विद्युतीय सवारी, रेन्ज एक्सटेन्डेड ईभी तथा ग्यास एन्ड विद्युतीय हाइब्रिडलगायत विभिन्न प्रकारमा बजारमा उपलब्ध छन्। यी सबै प्रकारका सवारीको मर्मत तरिका लगभग अलग अलग नै छ।
संयोग नै मान्नुपर्छ, यसरी विद्युतीय सवारी मर्मतका लागि किनिनुपर्ने उपकरणहरू त्यतिधेरै महँगा छैनन्। ‘विद्युतीय सवारी उद्योगले गर्नुपर्ने ठूलो लगानी चाहिँ तालिम, यसबारेको शिक्षा र सूचनामा हो।’
८. हाइवे र रोडसाइडको तयारी र ईभी टोइङ सेवा- विद्युतीय सवारीको संख्या बढ्दै गएपछि सहर बाहिर पनि पर्याप्त गुड्न थाल्छन्। योसँगै मर्मतका लागि सहरबाहिर पनि प्राविधिकहरू तयार पारिनुपर्छ।
हाइवे तथा रोडसाइडका वर्कशपहरूलाई ईभी मर्मत सम्बन्धमा तयार पारिएन भने समस्या आउनेछ। सबै हिसाबमा तयार पार्न नसकिए पनि मुख्यगरी डेड ब्याट्री, ब्रेकसँग सम्बन्धित समस्या, दुर्घटना, फ्ल्याट टायर, सामान्य मर्मत, विद्युतीय फेलियरलगायत विषयमा उनीहरूलाई तयार पार्नु अनिवार्य हुन्छ।
विद्युतीय सवारीका लागि रोडसाइड वा टोइङ सेवा विशिष्टीकृत प्रविधिमा आधारित भएको हुनुपर्छ। धेरैलाई लाग्ने गरेको छ टोइङ आउटडेटेड प्रविधिबाट दिइने सेवा हो।
नेपालमा केही टोइङ कम्पनीहरूले अत्याधुनिक प्रविधिमार्फत छिटो र सस्तोमा रोडसाइड सेवा दिइरहेका छन्। टोइङ नेपाल जस्ता कम्पनीहरूले प्रविधिलाई अवसरका रुपमा प्रयोग गरेर छिटो, छरितो र सुरक्षित तवरमा सेवा दिइरहेको छन्। रोडसाइडमा समस्यामा परेका सवारी मोडर्न वा जुन प्रविधिमा आधारित भएपनि सबै प्रकारको सेवा उपलब्ध रहेको छ।
(बिजनेस न्युजको 'बिजुली गाडी' विशेष अनलाइन म्यागजिनबाट)