शुक्रबार, जेठ २९ गते २०८३    
शुक्रबार, जेठ २९ २०८३

५ करोड रुपैयाँ खर्चेर देशभरका विमानस्थलमा क्यालिब्रेसन फ्लाइट

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, भदौ २५ २०७८
५ करोड रुपैयाँ खर्चेर देशभरका विमानस्थलमा क्यालिब्रेसन फ्लाइट

नेपाल नागरिक उड्डयन प्राधिकरणले झन्डै ५ करोड रुपैयाँ खर्चेर देशभरमा नेभिगेसन उपकरण जडान भएको विमानस्थलमा क्यालिब्रेसन फ्लाइट गर्ने भएको छ।

काठमाडौं- नेपाल नागरिक उड्डयन प्राधिकरणले झन्डै ५ करोड रुपैयाँ खर्चेर देशभरमा नेभिगेसन उपकरण जडान भएको विमानस्थलमा क्यालिब्रेसन फ्लाइट गर्ने भएको छ।

प्राधिकरणले भैरहवामा निर्माण भइरहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा क्यालिब्रेसन फ्लाइट गर्दा देशभरका अन्य विमानस्थलको पनि एकै पटक गर्न लागेको हो।

तर, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री नहुँदा क्यालिब्रेसन उडानको लागि ‘इन्डियन एयरपोर्ट अथोरिटीसँगको सम्झौता भने हुन सकेको छैन। हरेक २/२ वर्षमा विमानस्थलमा क्यालिब्रेसन उडान हुन पर्छ। सोही अनुसार पूर्वको भद्रपुर विमानस्थलदेखि पश्चिमको धनगढी विमानस्थलमा क्यालिब्रेसन फ्लाइट गर्न लागेको प्राधिकरण महानिर्देशक राजन पोखरेलले जानकारी दिए।

प्राधिकरणले भद्रपुर, विराटनगर, सिमरा, राजविराज, भरतपुर, भैरहवा, पोखरा, नेपालगञ्ज, सुर्खेत, धनगढी लगायतका नेभिगेसन उपकरण जडान भएका सबै विमानस्थलमा क्यालिब्रेसन फ्लाइट गर्न लागेको हो। क्यालिब्रेसन  फ्लाइट भनेको विमानस्थलमा जडान भएका नेभिगेसन  (सञ्चार उपकरण तथा सर्भिलेन्स जडान) काम गरे नगरेको परीक्षण हुन्छ।


प्रकाशित : शुक्रबार, भदौ २५ २०७८०६:५२
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend