शुक्रबार, असार २६ गते २०८३    
शुक्रबार, असार २६ २०८३

विद्युतीय कारको अन्तःशुल्क सानोमा बढाइयो, ठूलोमा घटाइयो

मंगलबार, जेठ १५ २०८१
विद्युतीय कारको अन्तःशुल्क सानोमा बढाइयो, ठूलोमा घटाइयो

काठमाडौं- सरकारले विद्युतीय सवारीमा लाग्दै आएको अन्तःशुल्क दर सानो मोटर क्षमतामा बढाएर ठूलामा घटाएको छ। 

आगामी आर्थिक वर्षका लागि ल्याइएको बजेटमार्फत अर्थमन्त्री वर्षमान पुनले विद्युतीय सवारीमा लाग्दै आएको अन्तःशुल्क केहीमा बढाएर केहीमा घटाएका हुन्। 

५० किलोवाटसम्मको विद्युतीय कारमा शून्य प्रतिशत रहको अन्तःशुल्क दरलाई ५ प्रतिशत बनाइएको छ। ५१ देखि १ सय किलोवाटसम्मको विद्युतीय सवारीमा १० प्रतिशत रहेको अन्तःशुल्क दरलाई १५ प्रतिशत बनाइएको छ। 

१ सय देखि २ सय किलोवाटसम्म मोटर क्षमता भएका विद्युतीय कारमा २० प्रतिशत रहेको अन्तःशुल्क दरलाई यथावत राखिएको छ।  

२ सयदेखि ३ सय किलोवाट मोटर भएकोमा ४५ प्रतिशत रहेको अन्तःशुल्क दर ३५ प्रतिशत बनाइएको छ। ३ सयभन्दा बढी मोटर क्षमता भएका विद्युतीय कारको करमा ६० प्रतिशत अन्तःशुल्कलाई ५० प्रतिशत बनाइएको छ।

विद्युतीय कारको भन्सार ५ देखि २० प्रतिशतसम्म बढ्यो विद्युतीय कारको भन्सार ५ देखि २० प्रतिशतसम्म बढ्यो


प्रकाशित : मंगलबार, जेठ १५ २०८११८:०४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend