शुक्रबार, असार २६ गते २०८३    
शुक्रबार, असार २६ २०८३

विद्युतीय कारको भन्सार ५ देखि २० प्रतिशतसम्म बढ्यो

मंगलबार, जेठ १५ २०८१
विद्युतीय कारको भन्सार ५ देखि २० प्रतिशतसम्म बढ्यो

काठमाडौं- सरकारले विद्युतीय सवारीमा लाग्दै आएको भन्सार दर बढाएको छ। आगामी आर्थिक वर्ष २०८१/८२ का लागि ल्याइएको बजेटमार्फत अर्थमन्त्री वर्षमान पुनले विद्युतीय सवारीमा लाग्दै आएको भन्सार दर बढाएका हुन्। 

विद्युतीय सवारीको मोटर क्षमताका आधारमा ५ देखि २० प्रतिशतसम्म भन्सार बढाइएको छ। ५० किलोवाटसम्मको विद्युतीय कारमा १० प्रतिशत रहको भन्सार दरलाई १५ प्रतिशत बनाइएको छ। 

५१ देखि १ सय किलोवाटसम्मको विद्युतीय सवारीमा १५ प्रतिशत रहेको भन्सार दरलाई २० प्रतिशत बनाइएको छ। १ सयदेखि २ सय किलोवाटसम्म मोटर क्षमता भएका विद्युतीय कारमा २० प्रतिशत रहेको भन्सार दरलाई ३० प्रतिशत बनाइएको छ। 

२ सयदेखि ३ सय किलोवाट मोटर क्षमता भएकोमा ४० प्रतिशत रहेको भन्सार दर ६० प्रतिशत बनाइएको छ। ३ सयभन्दा बढी मोटर क्षमता भएका विद्युतीय कारको करमा ६० प्रतिशतलाई ८० प्रतिशत बनाइएको छ। 

विद्युतीय कारको अन्तःशुल्क सानोमा बढाइयो, ठूलोमा घटाइयो विद्युतीय कारको अन्तःशुल्क सानोमा बढाइयो, ठूलोमा घटाइयो


प्रकाशित : मंगलबार, जेठ १५ २०८११७:५५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend