काठमाडौं- सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेल भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुरक्षण मुद्रण केन्द्र स्थापनामा अनियमितता गरेको आरोपमा गत वर्ष बैशाखमा विकल पौडेलसहित ६ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो।
विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र सदस्य मुरारीबाबु श्रेष्ठको इजलासले उनलाई मंगलबार २ वर्ष कैद र २५ करोड ४७ लाख बिगो भराउने फैसला सुनाएको हो।
प्रविधिको खरिदमा सुनिल र विकल पौडेलको सेटिङ साम्राज्यको अवसान
सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक विकल पौडेलविरुद्ध भ्रष्टाचार मुद्दा दायर